आजको पञ्चाङ्ग एवम् राशिफल (९ पुस २०७९ शनिबार, २४ दिसम्बर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (९ पुस २०७९ शनिबार, २४ दिसम्बर २०२२)


– अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ हेमन्त ऋतु वि.सं. २०७९ पौष ९ गते शनिबार तद्अनुसार सन् २०२२ दिसम्बर २४ तारिख पौष शुक्ल पक्षको प्रतिपदा तिथि पूर्वाषाढ़ा नक्षत्र वृद्धि योग बालव करण आनन्दादियोगमा मातङ्ग योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६:५३ बजे र सूर्यास्त साँझ १७:१३ बजे हुनेछ । तोलल्होसार ।

आजको राशिफल

मेष – आज धर्मकर्ममा आकर्षण बढ्ने र बौद्धिक तथा सृजनात्मक काममा सफलता मिल्ने भए पनि स्वास्थ्यप्रति सजग रहनुपर्ला । मेहनतअनुसारको फल नपाइने योग छ । गरेका काममा बाधा आउनुका साथै आर्थिक हानी हुनेछ । अस्वस्थताको कारणले धननाश हुन सक्छ । इष्टमित्र र सन्तान पक्षबाट सन्तोष प्राप्त होला । यात्राको कार्य सफल होला ।

वृष – ब्यस्तता बढ्नेछ, साथै जाँगर पनि वृद्धि हुनेछ । मिहिनेतअनुसार फल मिल्नेछ । आफन्तले पनि सहयोग गर्नाले सबै रोकिएका कामहरु बन्न थल्नेछन् । परिआएका समस्याको समाधान हुनेछ । आर्थिक पक्षमा सफलता मिल्नुका साथै हितैषी साथीसँगको भेटले मन रमाउने छ । सन्तानपक्षबाट सुख प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । घरपरिवारको स्थिति अनुकूल रहला ।

मिथुन – दिन राम्रो छ । आरोग्यता वृद्धि हुनेछ । साझेदारीको काममा सफलता मिल्नेछ भने आजको दिन उद्योगमा लगानी गरे दीर्घकालिक लाभ हुने योग छ । समस्याहरु आफै किनारा लाग्नेछन् धैर्यताको मात्रा बढाउन सके धेरै राम्रो समय छ । परिश्रम गर्न सके प्रगतिको प्रशस्त सम्भावना छ । कार्यशक्ति बढ्ला । रसरागमा रुचि रहला । दायित्व पूरा गर्नुहुनेछ ।

कर्कट – आरोग्यता बढ्नेछ । यात्राको लागि उचित समय रहेको देखिन्छ । लाभदायक यात्राको योग छ । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौती देखापर्नेछन् । बौद्धिक र रचनात्मक कामका साथै रोकिएका योजना अघि बढ्नेछन् । मिष्ठान्न भोजन मिल्नेछ ।

सिंह – आजको दिन विशेष सजगताका साथ व्यवहार गर्नुपर्ला । परिवारजनबाट सोचेअनुरुपको सहयोग नमिल्नाले व्यवहारिक काममा कठिनाइ हुने र सोचेआनुरुप काम नहुने देखिन्छ । ज्यादा खर्चका कारण मनमा शान्ति मिल्ने छैन । अस्वस्थताले पनि सताउला । आफन्तसित भेटघाट हुनेछ । सन्तानबाट सुख प्राप्त हुनेछ ।

कन्या – व्यस्तता बढ्नेछ । काममा जाँगर लाग्नेछैन तर आँटेका कामले पूर्णता पाउनेछ । समस्याको समाधान हुनेछ । परिवारबाट सुख मिल्ने दिन छ । प्रेम प्रसंगले सुखद मोड लिनेछ । भाग्यबल बढ्नेछ । सुखशान्ति ऐश्वर्य अभिवृद्धि हुनेछ । आशा उत्साह थपिनेछ । यात्रामा सफलता हासिल हुनेछ ।

तुला – दिन शुभदायी छ । पराक्रमका साथै धन मान वृद्धि हुनेछ । रोकिएको काम बन्नेछ । पारिवारिक सुख मिल्नुका साथै आत्माबल उच्च रहला । ब्यापारमा सोचेअनुरुपको फाइदा होला । आफन्तको सहयोग समर्थन मिल्नेछ । शत्रुसित लड्ने क्षमता बढ्नेछ । मनोकूलको काम बनेर मन प्रशन्न रहनेछ ।

वृश्चिक – मान महत्व र समृद्धि बढ्ने दिन छ । धैर्य र विवेकले काम गर्नु ज्यादा हितकर हुनेछ । अप्रत्यासित सफलता मिल्ने या अप्रत्यासित किसिमबाटै असफलता हात पर्न पनि सक्ने योग रहेकोले सजगतका साथ व्यवहार गर्नुहोला । अधुरा कामहरु बन्नेछन् । आफन्तको सहयोग बढ्ला । बौद्धिक र रचनात्मक कार्यमा सफल हुनुसँगै गीतसंगीतमा पनि आकर्षण बढ्नेछ । आमोदप्रमोदमा रमिरहनुहुनेछ ।

धनु – आजको दिन सफलताका लागि धैर्य र संयमको आवश्यकता छ । गरेका कामहरु अधुरा रहन सक्छन् भने स्वास्थ्यले पनि साथ नदिन सक्छ । कसैसँग सामान्य विवाद तथा झैझगडाको सम्भावना छ, सावधान रहनुहोला । मनमा डरले डेरा जमाउने छ तथापि देखिएको समस्याको समाधान गर्नुहुनेछ ।

मकर – समय त्यत्ति अनुकुल नरहला । लगानी तथा खर्च बढ्नेछ । व्यवारिक समस्याले सताउन सक्छ। कामहरु अधुरै रहनाले मन खिन्न होला । घरपरिवारबाट पनि त्यत्ति सहयोग पाइने छैन । रसरागमा भने रुचि बढ्ला । इष्टमित्रबाट सामान्य सहयोग मिल्ने छ ।

कुम्भ – दिन रमाइलोको साथ बित्नेछ । आज आयबल पनि बढ्नेछ । घर-परिवारमा रमाइलो माहोल बन्ला । रोकिएका अधुरा कामहरु पूरा हुनेछन भने व्यवहारिक समस्याको हल हुने छ । रसरागको भाव वृद्धि होला । काममा सफलता मिल्नेछ । मनोकूलको काममा सफलता मिल्नेछ । आनन्द बढ्नेछ ।

मीन – कर्मबल वृद्धि हुनेछ । आरोग्यता बढ्नेछ । व्यापारबाट राम्रो फाइदा हुने देखिन्छ । दान पुण्यका कार्यमा आकर्षण बढ्ने छ । सामाजिक कार्यमा संलग्न हुनुपर्ने योग छ । सोच्दै नसोचेको ठाउबाट आर्थिक लाभ हुने समय छ । सुख-सुविधा बढ्नेछ । भाग्यवर्द्धक काममा आकर्षण बढ्नेछ । रोगबाट छुट्कारा पाउनुहुनेछ । आशा उत्साह बढ्नेछ ।