आजको पञ्चाङ्ग एवम् राशिफल (१० पौष २०७९ आइतबार, २५ डिसेम्बर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (१० पौष २०७९ आइतबार, २५ डिसेम्बर २०२२)


– अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ नलनामक संवत्सर हेमन्त ऋतु वि.सं. २०७९ पौष १० गते तद्अनुसार सन् २०२२ दिसम्बर २५ तारिख आइतबार पौष शुक्ल पक्षको द्वितीया तिथि उत्तराषाढ़ा नक्षत्र ध्रुव योग ५:८ पर व्याघात् योग तैतिल करण आनन्दादिमा अमृत योग चन्द्रमा धनु राशिमा ६:५४ बजेसम्म त्यसपछि मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६:५४ मा र सूर्यास्त साँझ १७:१४ बजे हुनेछ । क्रिसमस डे, त्रिपुष्कर योग ११:४५ बजेसम्म ।

आजको राशिफल

मेष – आज आफ्नो लागि भन्दा पनि अरुको निम्ति समय खर्चनु पर्ने हुन सक्छ । मुख्य काममा बाधा हुने देखिन्छ भने श्रम गरिकन मूल्य प्राप्त नहुने समय छ । सानातिना काममै अल्झनुपर्दा मन खिन्न रहला । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । तथापि, शत्रु पक्षमाथि विजय प्राप्त हुनेछ । सन्तानबाट सुख प्राप्त हुनेछ । आमोदप्रमोदमा रम्ने माहोल कायम रहला ।

वृष – सौभाग्य र आरोग्यता बढ्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । रसरागमा आकर्षण बढ्नेछ । आफन्तको साथ मिल्नेछ । यसका बाबजुद आश्वासन बाँड्नेहरूले झुक्याउन सक्नेछन्, होसियार रहनुहोला । परिस्थितिले अप्ठ्यारो मोडमा पुर्‍याउन सक्छ । आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । यात्रापरक काम बन्नेछ ।

मिथुन – दिन शुभदायी रहला । दौडधुप बढ्नेछ तर कुनै समस्याको समाधान पनि प्राप्त हुनेछ । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । यात्रा सुखद एवम् सफल रहला । आम्दानी बढ्नेछ । प्रेमको बन्धन कसिने बेला छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध होला । प्रतिस्पर्धीहरूले हार खानेछन् भने इर्ष्या गर्नेहरूलाई मेहनतको पाठ सिकाउन सकिनेछ । स्रोतसाधन जुट्नाले दिगो फाइदा हुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – आजको दिन मिश्रित फल दिने प्रकारको छ । दिन उत्साहपूर्ण नै रहनेछ। व्यावसायिक यात्राको सम्भावना छ । मेहनतीहरुका लागि आम्दानीप्रद समय छ । व्यवसायमा पनि फाइदै हुनेछ । यात्रा गर्दा धनमाल हराउन सक्छ, सचेत रहनुहोला । सवारी साधन उपयोग गर्दा विशेष सावधानी अपनाउनुपर्नेछ। रसरागमा आकर्षण बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । पारिवारिक सुख प्राप्त होला ।

सिंह – कार्यदक्षता बढ्नेछ । चिताएको काम सजिलै सम्पादन हुनेछ । तर कमजोरी तथा अस्वस्थताको आुभूति होला । मिठो भोजन प्राप्त हुनेछ, तथापि आज खानपानमा नियन्त्रण राख्ने हितकर हुनेछ । अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ । पढाइलेखाइमा पनि प्रगति नहोला । मित्रजनको साथ मिल्नेछ ।

कन्या – प्रेमभावका साथै सौभाग्य वृद्धि होला । पारिवारिक सुखशान्ति र पराक्रम बढ्नेछ । मान महत्वमा कमी आउने छैन । बाध्यताका काममा जुट्नुपर्ने योग पनि छ, ध्यान राख्नुहोला । विवादमा पर्नुबाट सकभर जोगिनुहोला । आलस्य गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति हुनेछ । प्रतिस्पर्धी परास्त होलान् । समस्याको समाधान मिल्नेछ । आफन्तजनको साथ प्राप्त हुनेछ ।

तुला – कार्यबोझ वृद्धि हुनेछ र पनि मनोकूलको काम बन्नेछ । रसरागमा रुचि बढ्ला । मुद्दा–मामिलामा विजयी भइनेछ। व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ । सोचेको फाइदा नउठ्ने देखिन्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मेहनत गर्नुपर्ला । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – आरोग्यता बढे पनि आज परिस्थिति अलि प्रतिकूल रहने देखिन्छ । सोचेको लाभ नउठ्न सक्छ । साझेदारीमा समस्या आउने देखिन्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन् । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।

धनु – मान-महत्वका साथै कार्यक्षमता वृद्धि हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रसन्नता पनि मिल्नेछ । तर आफन्तसँग असमझदारी बढ्न सक्छ । बाध्यताका काममा अलमलिनुपर्ला । पतिपत्नीमा पनि अविश्वास बढ्ने योग छ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ । सन्तानसुख बढ्ला ।

मकर – आरोग्यबल बढ्नेछ । बौद्धिक तथा रचनात्मक काममा सफलता मिल्नेछ । तर रमाइलो क्षणमा अचानक खिन्नता बढ्ने समय छ । सोचेको लाभ नमिल्न सक्छ । केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला । यसका बाबजुद प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ । परिवारिक सुख बढ्नेछ । शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ ।

कुम्भ – लगानी बढ्नेछ । परिवारिक सुख वृद्धि होला । बौद्धिक कार्यबाट धनलाभ हुनेछ । प्रतिभाको कदर हुने समय छ । अध्ययनमा प्रगति हुने समय छ । अरूको फाइदाका लागि उपयोग भइएला । सन्तानसुख मिल्नेछ । आरोग्यता र ऐश्वर्य वृद्धि होला । रसरागमा आकर्षण बढ्ला । यात्रामा सफलता प्राप्त होला ।

मीन – शुभता बढ्ने दिन भए पनि हातमा आएको अवसर जोगाउन विशेष प्रयत्न गर्नुपर्नेछ । प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर लाभ उठाउने बेला छ। आज गरेको कामले कीर्तिमानी दिलाउने सम्भावना छ । सवारीसाधनमा भने विशेष सावधानी अपनाउनुहोला । सहयोगीहरूको भरपर्दा चिताएको काम नबन्न सक्छ, सजग रहनुहोला । आफन्तको साथ कमै रहला र पनि समस्याको समाधान मिल्नेछ । शत्रु परास्त गर्ने सामर्थ्य बढ्ला ।