– अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४४ हेमन्त ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ पौष ११ गते सोमबार तद्अनुसार सन् २०२२ दिसेम्बर २६ तारिख पौष शुक्ल पक्षको तृतीया तिथि ९:२४ पर चतुर्थी तिथि श्रवण नक्षत्र हर्षण योग वणि करण आनन्दादिमा सिद्धि योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहला । काठमाडौमा सूर्योदय बिहान ६:५४ मा र सूर्यास्त साँझ १७:१४ बजे हुनेछ ।
आजको राशिफल
मेष – आज कार्यबल बढ्ने तथा काममा सफलता प्राप्त हुने योग भएपनि नयाँ कामको प्रस्तावमा हिम्मत गर्न नसक्दा केही पछि परिनेछ। दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय छ । भाग्यले सोचेभन्दा बढी नै फाइदा दिलाउन सक्छ। चुनौतीहरू स्वत: हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन्। जीवनमा सुख वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । मानसम्मान प्राप्त होला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
वृष – भाग्यले साथ दिनेछ । कार्यगति बढ्नेछ । मनोकुलको काम सफलतापूर्वक सम्पन्न हुने देखिन्छ । तर, नजिकका साथीभाइ टाढिन सक्छन् भने अरूको फाइदाका लागि उपयोग भइनेछ । आफ्ना लागि परिस्थिति प्रतिकूल रहने देखिन्छ। प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । बौद्धिक र रचनात्मक काममा भने सफलता मिल्नेछ । आशा उत्साह थपिनेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ ।
मिथुन – जोखिम बढ्नेछ तर कार्यक्षमता वृद्धि होला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । प्रेममा आकर्षण बढ्नेछ भने इष्टमित्र एवम् सन्तानबाट सुख प्राप्त हुनेछ । साथै, बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ । आज काम बिग्रने डरले पनि सताइरहनेछ । बेसुरमा वचन दिने बानीले दु:ख पाइएला । महत्वाकांक्षी योजना गोप्य राख्नु हितकर होला । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । मिठो भोजन प्राप्त हुनेछ । प्रयासरत काम बन्नेछ ।
कर्कट – आजको दिन रमाइलैसँग बित्नेछ । आरोग्यता र आनन्द बढ्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । आज धनलाभको सम्भावना छ , साथै टाढाको यात्राको पनि योग रहेको छ । परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ । कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । रसरागमा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त होला ।
सिंह – आरोग्यशक्तिका लागि आज खानपानमा विशेष ध्यान दिनुपर्ला । पराक्रम र शुभता बढ्नेछ । विशेष व्यक्तित्वलाई भेट्ने मौका मिल्न सक्छ भने ठूलै फाइदाको आश्वासन पनि पाइनेछ । विशेष योजनाहरू बन्नेछन्। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्ने तथा शत्रुमाथि विजय प्राप्त हुने योग छ । यात्रामा सफलता प्राप्त हुनेछ ।
कन्या – आज अस्थिर व्यवहारले सम्बन्ध बिगार्न सक्छ, सजग रहनुहोला । बलभन्दा बुद्धिको उपयोग गर्न सक्दा फाइदा हुनेछ । अनायसै धन खर्चनुपर्ने परिस्थिति पनि आइपर्न सक्छ। आम्दानीका काममा भाँजो हाल्नेहरु सक्रिय रहन सक्छन् । तथापि, प्रयासरत काममा सफलता प्राप्त हुनेछ । साझेदारीको काम बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ । आर्थिक कार्यमा सफलता मिल्नेछ ।
तुला – आजको दिन व्यस्तता बढ्नेछ भने काममा सफलता नै मिल्ने देखिन्छ । प्रतिस्पर्धी परास्त होलान् । सहयोगीहरूले राम्रै साथ दिनेछन् । तथापि, अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला । मान सम्मानमा भने निरन्तर वृद्धि भइरहनेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।
वृश्चिक – पराक्रम वृद्धि हुने र अवरसरको लागि विशेष प्रयत्न गर्नुपर्ने समय छ । कर्ममा सफल साबित हुनुहुनेछ, उत्साह बढ्नेछ । धन आर्जन गर्ने मौका छ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हेला । मित्रजनको सहयोगले हिम्मत दिलाउनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । कल्याणकारी कार्यमा आकर्षण बढ्नेछ ।
धनु – धनबल बढ्नेछ भने उन्नतिको योग छ । साझेदारीको काम बन्नेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । काममा विशिष्ट व्यक्तित्वको सहयोग प्राप्त होला । सहयोगीहरूबाट भने केही धोका पाइने सम्भावना छ । दैनिक काममा सफलता मिल्नेछ । सुख समृद्धि बढ्नेछ ।
मकर – आरोग्यता बढ्नेछ । भ्रमणप्रति रुचि बढ्ला । कामको राम्रै मूल्यांकन हुनेछ । साझेदारीमा पनि फाइदा हुनेछ। स्वादिष्ट भोजनको अवसर मिल्नेछ। स्वास्थ्यप्रिति भने सचेत रहनुपर्नेछ । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । रसराग प्रेममा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ । आयस्रोत बढ्ला ।
कुम्भ – कार्य क्षमता वृद्धि हुनेछ तर अध्ययनमा मन नजाने समय छ । प्रयासरत काम बन्नेछ र आत्मविश्वास बढ्नेछ । रोकिएका काम बिस्तारै बन्नेछन् भने नयाँ काम समेत पाइनेछ । विभिन्न अवसरले पछ्याउने योग छ । बोलीको प्रभाव बढ्नेछ । यसका बाबजुद अनावश्यक वादविवादमा परिने समय छ। सजग रहनुहोला । आरोग्यता वृद्धि होला ।
मीन – आजको दिन मिहेनतले रंग देखाउनेछ । आय वृद्धि हुनेछ । कार्यदक्षता वृद्धि होला । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ। व्यावसायिक काममा मनग्य फाइदा हुनेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । तथापि फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन्, ध्यान राख्नुहोला ।
प्रतिक्रिया