आजको पञ्चाङ्ग एवम् राशिफल (१२ पुस २०७९ मंगलबार, २७ दिसम्बर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (१२ पुस २०७९ मंगलबार, २७ दिसम्बर २०२२)


अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ हेमन्त ऋतु वि.सं. २०७९ पौष १२ गते मंगलबार तद्अनुसार सन् २०२२ दिसम्बर २७ तारिख पौष शुक्ल पक्षको चतुर्थी तिथि ७:५ पर पञ्चमी तिथि धनिष्ठा नक्षत्र बज्र योग बब करण आनन्दादियोगमा उत्पात योग चन्द्रमा मकर राशिमा ९:११ बजेसम्म त्यसपछि कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडांैमा सूर्योदय बिहान ६:५४ बजे र सूर्यास्त साँझ १७:१५ बजे हुनेछ । मंगलचौथीव्रत ।

आजको राशिफल

मेष – आज सामर्थ्य बढ्नेछ भने लाभदायक कर्ममा आकर्षण रहला । सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत भएपनि त्यसबाट लाभ भने राम्रै हुनेछ । पढाइलेखाइ एवम् अनुसन्धानात्मक कार्यमा सुधार आउला । अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् । सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन् । इष्टमित्र एवम् सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । यात्रा सुखद रहनेछ ।

वृष – आजको दिन मनोकूलको काम बन्ने देखिए पनि स्वास्थ्यप्रति भने सजग रहनुपर्ला । खानपानमा ध्यान पुर्‍याउनु हितकर सावित हुनेछ । आज आर्थिक पक्ष सबल छ, आश मारेको फल पुन: प्राप्त हुन सक्छ । नसोचेको ठाउबाट धनलाभ भइ मन हर्षित हुने छ । तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला । कर्मबल बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । आशा उत्साह बढ्नेछ ।

मिथुन – साझेदारीको काममा सफलता मिल्ने र आरोग्यता वृद्धि हुने समय भए पनि दिन सोचेजस्तो आनन्ददायी नरहला । दाम्पत्य सम्बन्धमा सामान्य चिसोपन देखिन सक्छ । प्रेमी वा प्रमिकासँगको सम्बन्धमा दूरी बढेको आभास होला । कार्य व्यवहारमा चुनौती सामना गर्नुपर्ला । व्यावसाय विस्तारका लागि यात्राको सम्भावना छ ।

कर्कट – व्यस्तता र खर्च बढे पनि दिन मनोरञ्जनपूर्ण रहला । यात्रामा सफलता प्राप्त हुनेछ । रोकिएका काम बन्नेछन् । धनागमनको संकेत छ । शरीरमा स्फूर्ति बढ्नेछ । परिणाममुखी काममा लगानीको समय छ । दाम्पत्य सम्बन्ध सुमधुर रहनेछ । प्रेमको बन्धन कसिने बेला छ।

सिंह – आज आरोग्यता बढ्ने र नसोचेको आम्दानी हात पर्ने योग छ । प्रेमभाव वृद्धि होला । शुभ समाचार प्राप्त हुनेछ । प्रतिस्पर्धी परास्त हुनेछन् । नयाँ ज्ञान सिक्ने मौका छ । नयाँ सवारी साधन प्राप्तिको योगसमेत देखिन्छ । आतिथ्यपूर्ण सम्मान पाइएला । आफन्तसित भेटघाटले मन प्रफुल्ल होला । शत्रुप्रति विजय प्राप्त हुनेछ ।

कन्या – कार्यक्षमता वृद्धि हुने तथा परिवारिक सुख बढ्ने दिन छ । भाग्यबल बढ्नेछ । धैर्यले काम लिने प्रयत्न गरे दिन अझै शुभदायी सावित होला । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्नेछ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । शत्रुहरू किनारा लाग्नेछन् । रोकिएको काम बन्नुसँगै नयाँ काम पनि बन्नेछ । विलासमा रुची बढ्नेछ ।

तुला – प्रेमभाव बढ्नेछ । रोकिएको काम बन्नेछ । काममा सोचेजस्तै सफलता मिल्नेछ । इर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्, आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ । नयाँ कार्यमा पनि सफलता पाउनुहुनेछ । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।

वृश्चिक – मान महत्व बढ्ने दिन छ । आफन्तको सहयोग बढ्ला । बौद्धिक र रचनात्मक कार्यमा सफल हुनुसँगै गीतसंगीतमा पनि आकर्षण बढ्नेछ । बौद्धिक क्षेत्रको काममा लामो यात्राको सम्भावना पनि छ । विशिष्ट व्यक्तिसँग विवादको सम्भावना छ । पठनपाठनमा भने राम्रै प्रगति हुनेछ । व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। वादविवादको सामना गर्नुपर्ने योग पनि रहेकोले सचेत रहनुहोला । सन्तानसुख बढ्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

धनु – आरोग्यता बढ्नेछ । शत्रुहरूको चलखेल बढे पनि तिनले तपाईंलाई हानि पुर्‍याउन सक्ने छैनन् । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ । मनोकूलको काम बन्नेछ । शारीरिक र आर्थिक हित हुने काममा लाग्नु श्रेयष्कर होला ।

मकर – आजको दिन पारिवारिक सुख प्राप्त हुनेछ । आर्थिक पक्ष पनि सबल नै छ, तथापि समय बलियो छैन । गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा राम्ररी मोलतोल गर्नु हितकर होला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ । रसरागमा रुचि बढ्ला । लेखन प्रकाशनसित सम्बन्धित कार्य बौद्धिक र रचनात्मक कार्य आदि क्षेत्रमा सफलता पाउनुहुनेछ ।

कुम्भ – सामर्थ्य बढ्नेछ । रसरागको भाव वृद्धि हुनेछ । काममा सफलता मिल्नेछ । आज गरिएको प्रयास सफल हुनेछ । रमाइलो यात्राको सम्भावना पनि छ र, त्यसबाट दीर्घकालिक फाइदा पुग्ने देखिन्छ । विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला। घरपरिवारको स्थिति अनुकूल रहनेछ । कार्यव्यवस्था क्षेत्रमा सफलता मिल्नेछ । मनोकूलको काममा सफलता मिल्नेछ ।

मीन – आज शुभ समाचार प्राप्त हुनेछ, समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । आरोग्यता बढ्नेछ । पाहुनाको आगमनले अल्मल्याउन पनि सक्छ । भाग्यवर्द्धक काममा आकर्षण बढ्नेछ । सुखी र सफल रहनुहुनेछ । रोगबाट छुट्कारा मिल्नेछ ।