आजको पञ्चाङ्ग एवम् राशिफल (१३ पुस २०७९ बुधबार, २८ दिसम्बर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (१३ पुस २०७९ बुधबार, २८ दिसम्बर २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ नलनामक संवत्सर हेमन्त ऋतु वि.सं. २०७९ पौष १३ गते तद्अनुसार सन् २०२२ दिसम्बर २८ तारिख बुधबार पौष शुक्ल पक्षको षष्ठी तिथि शतभिषा नक्षत्र सिद्ध योग कौलब करण आनन्दादिमा मानस योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६:५५ मा र सूर्यास्त साँझ १७:१५ बजे हुनेछ ।

आजको राशिफल

मेष – आज मनोकूलको काम बन्नेछ । शत्रुमाथि विजय प्राप्त होला । धन आर्जनमा राम्रो दिन छ । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । आफन्तबाट टाढिनुपर्ने समय छ । वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ लिन सकिनेछ । इष्टमित्र एवम् सन्तानबाट सुख प्राप्त हुनेछ । आशा उत्साह बढ्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला ।

वृष – आज आरोग्यता बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । मान प्राप्त हुनेछ । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । समय लागे पनि काम सम्पादन हुनेछन् । आयआर्जनका स्रोत बढ्नेछन्् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । यात्रा परक काम बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ । परिवारिक सुख बढ्नेछ ।

मिथुन – भाग्यबल बढ्नेछ । अचानक लाभ प्राप्त हुन सक्ने योग छ । समस्याको समाधान प्राप्त होला । शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । विवेकले काम लिने प्रयत्न गर्नुहोला । विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – जोखिम वृद्धि हुने दिन छ । खर्च वेद्धि होला । स्वास्थ्यका लागि खास ख्याल राख्नुपर्ने समय छ । भागदौड बढ्नेछ । आलस्यले गर्दा अवसर गुम्न सक्छ । आर्थिक कारोवार अति आवश्यक अवस्थाबाहेक नगर्नु नै उचित हुनेछ । नोकरीमा स्थानान्तरण हुने सम्भावना छ । पारिवारिक सुख मिल्नेछ ।

सिंह – कार्यदक्षता र सुख बढ्नेछ । शुभ काममा सफलता प्राप्त हुनेछ । आशा उत्साह बढ्नेछ । अरूको भरपर्दा काम रोकिन सक्छ, होसियार रहनुहोला । हिम्मत गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ । तथापि, तत्काललाई ठूलो फाइदा नउठे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ । बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । मित्रजनको साथ मिल्नेछ । पारिवारिक सुख शान्ति बढ्नेछ ।

कन्या – आज अनुकूल समय छ । आरोग्यता र साहस वृद्धि हुनेछ । अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । गरिएका कामको राम्रै मूल्यांकन होला । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ । सन्तानको सुख प्राप्त हुनेछ । धन मान महत्वमा कमी आउनेछैन । समस्याको समाधान मिल्नेछ ।

तुला – आज योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। खर्च वृद्धि होला । आफ्नै कमजोरीले विवादमा परिनेछ । अरुबाट आलोचना हुने, काममा बाधा आउने, धनमाल हराउने, सम्भावना पनि रहेको छ । विशेष सतर्कताका साथ व्यवहार गर्नु हितकारी होला ।

वृश्चिक – व्यस्तता बढ्नेछ भने शुभ काममा आकर्षण बढ्ला । आत्मविश्वास बढ्नेछ । रोकिएका काम बिस्तारै बन्नेछन् । जिम्मेवारी बढिरहनेछन् । तर, समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । वादविवादको सामना गर्नुपर्ने योग छ । दाम्पत्य सुख बढ्नेछ । योजना र बजेट बनाइ कार्य गरे बेस होला ।

धनु – पराक्रम बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । मिठो भोजनको अवसर मिल्ला । नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ । व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ । मित्रजनको साथ मिल्नेछ । सन्तानसुख बढ्ला । प्रेममा सफलता प्राप्त होला ।

मकर – धनबल बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । नयाँ प्रेम गर्ने अवसरका साथै प्रेम विवाहमा परिणत हुने योग पनि छ । परिवारिक सुख बढ्नेछ । दायित्व पूरा गर्नुहुनेछ । आज स्वास्थ्यमा भने ख्याल राख्नुपर्ला ।

कुम्भ – समय राम्रै छ । आरोग्यता र परिवारिक सुख बढ्नेछ । धन आर्जन गर्ने मौका छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । अप्रत्याशित लाभ हुनेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । नयाँ आयस्रोतबर्द्धक काममा सफलता पाउनुसँगै सन्तानको सुख मिल्नेछ । रसरागमा आकर्षण बढ्ला ।

मीन – लगानी बढ्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । आज गरेको वार्तामा सफलता मिल्नेछ । निरन्तरको प्रयत्नले काममा फाइदा हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ। व्यापार-व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् । समस्याको समाधान मिल्नेछ ।