– अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४४ हेमन्त ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ पौष १४ गते बिहीबार तद्अनुसार सन् २०२२ दिसम्बर २९ तारिख पौष शुक्ल पक्षको सप्तमी तिथि पूर्वाभाद्रपद नक्षत्र व्यतिपात योग गर करण आनन्दादिमा मुद्गर योग चन्द्रमा कुम्भ राशिमा १२:१० बजेसम्म त्यसपछि मीन राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ६:५५ मा र सूर्यास्त साँझ १७:१६ बजेमा हुनेछ ।
आजको राशिफल
मेष – आज कुनै शुभ समाचार प्राप्त हुनेछ । सुख वृद्धि हुनेछ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । तर आज इर्ष्या गर्नेहरूले दु:ख दिन सक्छन् । इष्टमित्रको साथ प्राप्त हुनेछ । मान, सुख बढ्नेछन् ।
वृष – भाग्यले साथ दिनाले आज आयबल र कार्यगति बढ्नेछ । सरसापटमा धन खर्च होला । भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । आशा उत्साह थपिनेछ । सन्तानसुख मिल्नेछ । साहससम्बन्धित काम बन्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।
मिथुन – शुभता बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । प्रेममा आकर्षण बढ्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्ने योग छ । प्रतिभाको कदर हुनेछ । बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ । दिगो आम्दानी हुने काम सुरु गर्ने मौका छ । आशा उत्साह बढ्नेछ । प्रयासरत काम बन्नेछ ।
कर्कट – व्यस्तता बढ्नेछ । आज ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । भाग्योन्नतिको समय छ भने धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिनेछ । तर, अरूको भर पर्दा धोका हुन सक्छ । परिस्थितिअनुसार चल्न नसक्ता दु:ख पाइनेछ । पहिलेको उपलब्धिले अध्ययनमा उत्साह जगाउने समय छ । यात्रामा सफलता प्राप्त हुनेछ ।
सिंह – आजको दिन त्यत्ति सुखकारी नरहला । अवसर आए पनि सफलताको लागि निकै सङ्घर्ष गर्नुपर्ला । मौकामा लाभ उठाउन नसकिएला । ठूलै प्रयत्न गर्दा सामान्य मात्र फाइदा हुनेछ । हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । अरूको सुझावमा भर नपर्नुहोला । कसैसंग सामान्य मनमुटाव पनि पर्न सक्छ । आरोग्यता भने बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।
कन्या – प्रेमभाव बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ । विवादमा परिने योग हुनाले सचेत रहनुहोला । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला । प्रतिस्पर्धामा पनि केही कमजोर सावित भइएला । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । आर्थिक कार्यमा सफलता मिल्नेछ ।
तुला – प्रेमभाव बढ्नेछ । महत्व वृद्धि होला । सामाजिक काममा रुचि बढ्नेछ । कामबाट फुर्सदिलो भइनेछ भने अतिथिका रूपमा सत्कार समेत पाइने सम्भावना छ । प्रयत्न गर्दा घरेलु काममा फाइदा पुग्ने समय छ । मिठो भोजन खान पाउनुहुनेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।
वृश्चिक – पराक्रम वृद्धि हुनेछ । तर आश्वासन दिएर झुक्याउनेले सताउन सक्छ । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ, होसियार रहनुहोला । व्यापार–व्यवसायमा लाभ हुनेछ । व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ । मान र विद्या प्राप्त हुने समय छ । कर्ममा सफल साबित हुनुहुनेछ । कल्याणकारी कार्यमा आकर्षण बढ्नेछ ।
धनु – व्यस्तता बढ्नेछ । साझेदारीको काममा समस्या निम्तन सक्छ, सचेत रहनुहोला । न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला । स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहनेछ । नचिताएको ठाउमा धननाश हुन सक्छ । मित्रजनको सहयोग समर्थन प्राप्त हुनेछ ।
मकर – धन बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । आशा उत्साह बढ्ला । काममा सफलता पाउन केही प्रतिस्पर्धा गर्नुपर्ने समय छ, तर नयाँ काममा हात हाल्ने समय आएको छ । विशेष उपहारका साथ प्रेमको प्रस्ताव प्राप्त हुन सक्छ । शत्रुहरूको चलखेल बढ्नाले चुनौती समेत सामना गर्नपर्ला । रसराग तथा प्रेममा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ । आयस्रोत बढ्ला ।
कुम्भ – आरोग्यता बढ्नेछ । कार्यक्षमता वृद्धि होला । प्रयासरत काम बन्नेछ । काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । मिठो बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । देखापरेको समस्याको समाधान मिल्नेछ । मान प्रसंशा बढ्नेछ । आरोग्यता बृद्धि होला ।
मीन – आफन्तबाट टाढिनु परेपनि दूर देशबाट शुभ समाचार प्राप्त होला । रसरागमा आकर्षण बढ्नेछ । वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ उठाउन सकिनेछ । पढाइलेखाइमा सामान्य प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्नेछ । लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । समस्याको समाधान प्राप्त हुनेछ ।
प्रतिक्रिया