आजको पञ्चाङ्ग एवम् राशिफल (१५ पुस २०७९ शुक्रबार, ३० दिसम्बर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (१५ पुस २०७९ शुक्रबार, ३० दिसम्बर २०२२)


– अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ हेमन्त ऋतु वि.सं. २०७९ पौष १५ गते शुक्रबार तद्अनुसार सन् २०२२ दिसम्बर ३० तारिख पौष शुक्ल पक्षको अष्टमी तिथि उत्तरा भाद्रपद नक्षत्र वरियान योग भद्रा करण आनन्दादियोगमा ध्वज योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६:५६ बजेमा भयो र सूर्यास्त साँझ १७:१७ बजे हुनेछ । अष्टमी व्रत, गोरखकाली पूजा, तमु ल्होसार, श्वेतमत्स्येन्द्रनाथ स्नान ।

आजको राशिफल

मेष – आज लगानी वृद्धि होला । आरामदायक बस्तु किन्ने कर्ममा आकर्षण बढ्नेछ । पराक्रम वृद्धि भइ धनलाभ हुने दिन छ । आँटेगरेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक फाइदा भइ मन हर्षित हुनेछ । सोचेभन्दा बढी नै लाभ होला । सन्तानबाट सुख प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

वृष – मनोकूलको काम बन्ने समय छ । कर्मबल बढ्नेछ भने बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । घरायसी समस्याले सताए पनि गरेका काम सफल हुनाले मन सन्तुष्ट रहने छ । खर्च लागे पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । रोकिएको काम सानो प्रयासले बन्नेछ । आशा उत्साह बढ्नेछ ।

मिथुन – आज आरोग्यत वृद्धि भए पनि अन्य दृष्टिले दिन सुखद नरहला । व्यक्तिगत काममा समय र धन खर्च हुनेछ भने काममा पनि विभिन्न विघ्नबाधा उत्पन्न हुन सक्छन् । ढिलासुस्ती आउनुका साथै आर्थिक हानीको योग रहेकोले सावधान रहनुहोला । भौतिक साधनको पनि क्षति हुन सक्छ । रसरागमा रुचि बढ्नेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कर्कट – शुभता बढ्नेछ, तपाईंले अरुलाई गर्नु भएको बाचा पूरा हुने दिन रहेको छ । सोचे जस्तो फाइदा हुने छैन तर मन खुशी नै रहला । टाढिएका आफन्तको यादले पिरोल्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नुका साथै रोकिएका काम बन्नेछन् । ख्याति फैलिनेछ ।

सिंह – जोखिम बढ्ने र भागदौड वृद्धि हुने दिन भए पनि शुभ समाचार प्राप्त हुनेछ । आयआर्जनमा राम्रो दिन छ । केहि नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ । व्यापारमा राम्रै धनलाभ हुनेछ । नउठ्ने पैसा पनि आज उठ्न सक्छ । लामो समयदेखि रोकिएको काम बन्नेछन् । आफन्तसित भेटघाट हुनेछ । शत्रुप्रति विजय प्राप्त हुनेछ । उन्नति हुनेछ ।

कन्या – सामान्यतया दिन एकदम राम्रो छ । प्रेमभाव बढ्नेछ भने र कार्य क्षमता वृद्धि हुनेछ । परिवारिक सुख वृद्धि हुनेछ । आज गरेको लगानीले राम्रो प्रतिफल दिनेछ । सामाजिक क्षेत्रमा बढी मन जाने देखिन्छ । साथीभाइले काममा सहयोग जुटाउनेछन् । रचनात्मक काममा जुट्ने समय छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । रसविलासमा रुची बढ्ला । आशा उत्साह थपिनेछ । यात्रामा सफलता हासिल हुनेछ ।

तुला – रोकिएको काम बन्नेछ तर आज अनावश्यक वादविवादमा परिएला । विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । कडा प्रायस गरे पनि सफलता हात लाग्ने बेलामा झमेला हुन सक्छ । काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ । आफन्तको सहयोग समर्थन मिल्नेछ । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।

वृश्चिक – आजको दिन धैर्य र विवेकले काम गर्नु राम्रो होला । कामहरु अधूरै रहने सम्भावना छ । मान–सम्मानमा पनि आघात पर्ने देखिन्छ । नयाँ कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ, जागिरमा पनि समस्या हुने दिन छ । श्रमको उचित मूल्यांकन होला । काममा ढिलाइ भइ सोचेको काम नबन्न सक्छ । आफन्तको सहयोग बढ्ला । सन्तानसुख बढ्नेछ ।

धनु – व्यस्तता बढ्नेछ भने दिन मनोरञ्जनपूर्ण रहला । समस्याको समाधान गर्नुहुनेछ । वैवाहिक जीवन सुखी हुने खालको दिन छ । सामाजिक काममा नेतृत्वदायी भुमिकामा खटिनुपर्नेछ । पारिवारिक आवश्यकता पूर्ति होला । घरपरिवारमा राम्रो सम्बन्ध बन्नेछ । मनोकूलको काम बन्नेछ । रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

मकर – धन समृद्धि बढ्नेछ । पारिवारिक सुख प्राप्त हेला । प्रेममा सुखद मिलनको अनुभव हुनेछ । प्रयत्न गर्दा व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिनेछ । परिवारबाट टाढा बस्नुपर्ने छ, टाढाको यात्राबाट धनको लाभ होला । आम्दानीको स्रोत बढ्नेछ । नयाँ सम्भावना देखापर्ला । आशा उत्साह बढ्नेछ ।

कुम्भ – सामर्थ्य वृद्धि भए पनि आजको दिन त्यत्ति उत्साहपूर्ण नरहला । यात्राका क्रममा होस राख्नु राम्रो हुन्छ । पीडा दिनेहरु सक्रिय रहन सक्छन् सवधान रहनुहोला । स्वास्थ्य कमजोर रहनाले काममा बाधा पर्नेछ । नसोचेको ठाउँमा धनको नाश हुन सक्छ । रसरागको भाव वृद्धि हुनेछ । घरपरिवारको स्थिति अनुकूल रहनेछ ।

मीन – दिन राम्रो छ । आरोग्यता बढ्नेछ । चाहेका काम आज सजिलै बन्नेछन् । आर्थिक लाभ मिल्ने खालको समय छ । बुद्धिविवेकले राम्रो काम गर्नेछ । केही अधुरा काम सम्पन्न हुनेछन्, मीठो भोजन पाउनुहुनेछ । भाग्यवर्द्धक काममा आकर्षण बढ्नेछ । सुखी र सफल रहनुहुनेछ । आशा उत्साह बढ्नेछ ।