– अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४४ नेपाल सं. ११४३ नलनामक संवत्सर हेमन्त ऋतु वि.सं.२०७९ पौष १६ गते तद्अनुसार सन् २०२२ दिसम्बर ३१ तारिख शनिबार पौष शुक्ल पक्षको नवमी तिथि रेवती नक्षत्र परिघ योग बालब करण आनन्दादिमा धाता योग चन्द्रमा मीन राशिमा १६:४० बजेसम्म त्यसपछि मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६:५६ मा र सूर्यास्त साँझ १७:१७ बजे हुनेछ ।
आजको राशिफल
मेष – शुभता बढ्नेछ । शत्रुपक्षमाथि विजय प्राप्त हुने समय छ । साथीभाइहरुले राम्रो साथ दिनेछन् । नयाँ जिम्मेवारी मिल्न सक्छ । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् भने रोकिएका कामहरु बन्ने दिन छ । विचारले धेरैलाई आकर्षण गर्न सकिएला । ब्यावसायबाट राम्रो लाभ लिन सकिन्छ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।
वृष – उत्साहवर्द्धक समय छ । दिन रमाइलो गरी बित्ला । ब्यापार ब्यावसायबाट पनि प्रशस्त फाइदा हुने देखिन्छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने योग छ । काम गर्न जाँगर चल्नेछ भने आरोग्यता बढ्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । मान प्राप्त हुनेछ । धन वृद्धि हुनेछ । यात्रापरक काम बन्नेछ । रसरागमा आकर्षण रहला । परिवारिक सुख बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।
मिथुन – आयबल बढ्ने र अलिक टाढाको यात्राबाट लाभ मिल्ने दिन छ । समस्याको समाधान प्राप्त हुनेछ । नयाँ कामको अवसर आए पनि विचारेर मात्र हात हाल्नु हितकर हुनेछ । बोलीको प्रभाव बढ्नुका साथै सजिलै काम बन्ने योग छ । । ऋण र रोगमाथि विजय प्राप्त होला ।
कर्कट – ग्रहको प्रभावले आज काममा जाँगर नलाग्न सक्छ । रसविलासमा आकर्षण बढे पनि समयको प्रतिकुलता रहला । खर्च हुने दिन छ । स्वास्थ्यगत कमजोरीले सताउला । मनमा घरायसी पीडाले डेरा जमाउन सक्छ । तथापि, मिठो भोजन प्राप्त हुनेछ । पारिवारजनको साथ सहयोग मिल्नेछ ।
सिंह – आजको दिन मिश्रित फल मिल्ला । प्रेमभाव बढ्नेछ । कार्यगति पनि वृद्धि होला । यातायातका साधनबाट जोगिनु हितकर होला । चिताएको काममा सफलता नमिल्न सक्छ भने साथीभाइहरु पनि असन्तुष्ट रहलान् । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । हाकिमको साथ मिल्नेछ । बौद्धिक, रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।
कन्या – आरोग्यता र साहस वृद्धि हुने समय छ । आयआर्जन सन्तोषजनक रहने छ तर पारिवारिक समस्या बढ्ने देखिन्छ । रुचिका विषयमा लगानी बढाउने समय छ । नसोचेको ठाउबाट आम्दानी हुने दिन छ । सहयोगीहरूले काममा साथ दिनेछन् । सन्तानबाट सुख प्राप्त हुनेछ । समस्याको समाधान मिल्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।
तुला – प्रेमभाव वृद्धि हुनेछ भने मन पनि प्रफुल्ल रहला । पुराना साथीभाइसँग भेट हुने योग छ । व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । आर्थिक लाभ हुने दिन छ । मनोरञ्जनात्मक तरिकाबाट काम बनी मन हर्षित हुनेछ । रसरागमा रुचि बढ्नेछ । आफन्तको साथ प्राप्त हुनेछ ।
वृश्चिक – आज अनावश्यक खर्च हुन सक्छ, जथाभावी रुपैयाँ पैसा खर्च गर्नुअघि सावधानी अपनाउनु हितकर होला । आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोला । मनमा पिडाले सताउन सक्छ । परिवारजनमा पनि असमझदारी बढ्ने योग हुनाले सचेत रहनु बुद्धिमानी ठहरिनेछ । योजना र बजेट बनाइ कार्य गर्नुहोला । शत्रुलाई जित्ने क्षमता वृद्धि हुनेछ ।
धनु – कार्यक्षमता वृद्धि भए पनि नोकरीमा झमेलाको सामना गनुपर्ने दिन छ । तर, ब्यापारमा भने लाभ मिल्ला । प्रतिष्ठित व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । मान मिल्ला । धेरैको मन लोभ्याउने काम देखाउन सकिनेछ । मिठो भोजन प्राप्त हुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।
मकर – धनबल र आरोग्यबल बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । सोचेको काम बन्नाले मन हर्षित रहला । मान्यजनसँग भेटघाट हुन सक्छ । स्वादिष्ट भोजनको आनन्द पाइएला । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ । परिवारिक सुख बढ्नेछ । सन्तानको सुख प्राप्त हुनेछ । आयस्रोत बढ्ला ।
कुम्भ – आरोग्यता र परिवारिक सुख बढ्नेछ । दिन सुखद् रहला । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । नोकरी तथा राजनितीमा गरेका प्रयासहरु फलदायी रहनेछन । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । पारिवारिक सुखसम्मृद्धिमा बढ्ला । रोकिएको काम बन्नेछ । रसरागमा आकर्षण बढ्ला ।
मीन – आरोग्यताको लागि आज खानपानमा सजगता अपनाउनु हितकर हुनेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिले पनि सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ । भौतिक साधनको क्षति हुने दिन छ । आज तपाइको सोच्दै नसोचेको ठाउमा धन खर्च हुन सक्छ। सावधान रहनुहोला । वार्तामा सफलता मिल्नेछ । समस्याको समाधान प्राप्त होला ।
प्रतिक्रिया