– अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४४ हेमन्त ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ पौष १७ गते आइतबार तद्अनुसार सन् २०२३ जनवरी १ तारिख पौष शुक्ल पक्षको दशमी तिथि अश्विनी नक्षत्र शिव योग तैतिल करण आनन्दादिमा आनन्द योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ६:५६ मा र सूर्यास्त साँझ १७:१८ बजे हुनेछ । ग्रेगोरियन पात्रोअनुसार नयाँ वर्ष सन् २०२३ सुरु ।
आजको राशिफल
मेष – आरोग्य र सुख वृद्धि हुने समय छ । आज तपाइले सोचेका काम पूरा भइ सुखको अनुभव होला । परिरवारजनको साथले नयाँ आशा पलाउने छ । दाम्पत्य जीवन सुखमा रमाउने समय छ । मिठो भोजन प्राप्त होला । व्यापार लाभदायी होला । आफन्त तथा मित्रजनको साथ प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त होला ।
वृष – लगानी तथा खर्च बढ्ने समय छ । किनमेल गर्नुहुनेछ । आशा उत्साह थपिएला । सन्तानसुख मिल्नेछ । नसोचेको ठाउबाट आकस्मिक लाभ हुन सक्छ । परिवारमा भने सामान्य विवाद होला । मिठो भोजन खान पाउनुहुनेछ, तर आज आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ । रसरागमा आकर्षित हुनुहुनेछ ।
मिथुन – आजको दिन सुखकारी नहुने सम्भावना अधिक छ । काममा बाधा आउनुका साथै आर्थिक हानी हुने योग रहेकोले विशेष सावधानी अपनाउनुहोला । स्वास्थ्यसम्बन्धी समस्याका कारण धननाश हुन सक्छ । आज आलस्यपनले सताउला । प्रेममा आकर्षण बढ्नेछ ।
कर्कट – कर्मबल बढ्नेछ । परिश्रमअनुसार उपलब्धि राम्रै पाइएला । रोकिएका काम पुन: सुरु हुन सक्छन् । चिताएका काममा सफलता पाइने योग छ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।
सिंह – शुभता वृद्धि हुनेछ । आज चिताएको काममा सफलता पाइनेछ । धनलाभ हुने दिन छ । आरोग्यशक्ति बढ्नेछ । रसरागको भाव जाग्नेछ ।
कन्या – आज परिवारमा सामान्य विवाद हुन सक्छ । शरिरमा सामान्य रोगले सताउला तर पनि सामाजिक सम्मान भने पाउने समय छ । लाभदायक यात्राको पनि योग छ । अनौठो तरिकाबाट रुपैयापैँसा आर्जन होला । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । साझेदारीको काम बन्नेछ ।
तुला – समय प्रतिकुल हुनले काममा सफलता पाउन कठिनाइ पर्ने देखिन्छ । आर्थिक पक्ष पनि खासै राम्रो छैन । अनावश्यक काममा खर्च हुन सक्छ, सावधान रहनुहोला । शत्रुसित लड्ने सामर्थ्य बढ्ने र बोली तथा व्यक्तित्वको प्रभाव बलियो बन्ने योग छ ।
वृश्चिक – पराक्रम वृद्धि हुनेछ भने काममा आफन्तको साथ–सहयोग प्राप्त होला । बिग्रेको सम्बन्धमा केही सुधार आएपनि मानसिक तनाव रहला । कल्याणकारी कार्यमा आकर्षण बढाउनु हितकर हुनेछ ।
धनु – प्रेमभाव बढ्नेछ । आज नचिताएको टाउबाट आम्दानी हुन सक्छ । उन्नति पदोन्नति हुनेछ । सम्पत्ति बढ्नेछ । साझेदारीको काम बन्नेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ ।
मकर – व्यस्तता बढ्नेछ । अधुरा कामहरु बन्नेछन्, तर अनायसै खर्च होला । कुनै नया कामको थालनी गर्नका लागि राम्रो समय छ । मिठो भोजन प्राप्त हुनेछ । यात्रा होला । रसराग तथा प्रेममा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ ।
कुम्भ – पराक्रम बढ्ने योग भए पनि आज कसैसँग विवाद हुनसक्छ, सावधान रहनुहोला । प्रयासरत काम बन्नेछ । समस्याको समाधान मिल्नेछ । शुभ समाचार प्राप्त होला । वार्तामा सफलता मिल्नेछ ।
मीन – धन मान वृद्धि हुनेछ । कार्यदक्षता पनि बढ्ला । सफलताको दर वृद्धि हुनेछ ।। रसरागमा आकर्षण बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।
प्रतिक्रिया