आजको पञ्चाङ्ग एवम् राशिफल (१९ पुस २०७९ मंगलबार, ३ जनवरी २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१९ पुस २०७९ मंगलबार, ३ जनवरी २०२३)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ नलनामक संवत्सर हेमन्त ऋतु वि.सं. २०७९ पौष १९ गते तद्अनुसार सन् २०२३ जनवरी ३ तारिख मंगलबार पौष शुक्ल पक्षको द्वादशी तिथि कृतिका नक्षत्र साध्य योग बब करण आनन्दादिमा गद योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६:५७ मा र सूर्यास्त साँझ १७:१९ बजे हुनेछ । त्रिपुष्कर योग १८:१० बजेसम्म ।

आजको राशिफल

मेष – आज शत्रुमाथि विजय प्राप्त हुने योग रहे पनि समग्रमा दिन त्यति शुभदायी देखिन्न । धननाश होला । सन्तानबाट खोजे जस्तो सहयोग नपाउदा मनमा पीडा होला । स्वास्थ्यमा पनि समस्या आउन सक्छ, सावधान रहनु हितकर हुनेछ । बोलीको गलत अर्थ लगाएर आलोचना हुन सक्ने हुँदा आज अभिव्यक्तिमा लगाम लाएकै राम्रो । यात्रामा सफलता प्राप्त हुनेछ ।

वृष – आरोग्यता बढ्ने र काममा सफलता मिल्ने दिन छ । बौद्धिक र रचनात्मक कार्यमा पनि सफलता मिल्नेछ । ठुला मान्छेको सल्लाहअनुसार चलेमा काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । जाँगर वृद्धि हुनेछ । आफन्तले पनि सहयोग गर्नाले सबै रोकिएका कामहरु बन्न थल्ने छन् । पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण बढ्ला ।

मिथुन – गर्दै आएको कामबाट फाइदा हुने समय आएको छ । आज धन कमाउने योग रहनुका साथै काममा जोश जाँगर बढ्ला । आर्थिक एवम समाजिक लाभ मिल्ने छ । उद्योग तथा कलकारखानामा लगानी गर्नेहरुलाई लाभ हुने देखिन्छ । यात्रामा सफलता प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त होला ।

कर्कट – आय वृद्धि हुने र सकारात्मक प्रभाव बढ्ने दिन छ । रसरागमा आकर्षण बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । सवारी साधन उपयोग गर्दा भने अलिक सावधानी अपनाउनुपर्ला । आफ्नो अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । रोकिएका काम छन् भने बिस्तारै बन्न थाल्ने छन् । लामो यात्राको प्रक्रिया अघि बढ्ने देखिन्छ । पारिवारिक सुख मिल्नेछ ।

सिंह – आजको दिन त्यत्ति सुखकारी देखिन्न । ब्यर्थको झमेला निम्तिन सक्छ । कर्ममा रुचि बढे पनि परिणाम सकारात्मक हासिल नहुँदा खिन्नता बढ्न सक्छ । खर्च बढ्नेछ । कामकै पछि लागे पनि कुन काम गर्ने भन्ने निर्णय गर्न नसक्दा अन्योल थपिन सक्छ । आज कसैलाई दिएको पैसा फिर्ता हुन कठिन पर्ला । पारिवारिक सुखशान्ति रहनेछ ।

कन्या – भाग्यबल बढ्ने र साहस वृद्धि हुने दिन छ । पारिवारिक सुख शान्ति समृद्धि बढ्नेछन् । प्रतिस्पर्धाको दौडमा विजयी बनिएला । प्रयत्न गरेको काम पनि छोटै समयमा पूरा हुनेछ, तर विशेष योजना गरेका काम भने आज अघि नबढाउँदा हितकर हुनेछ । इष्टमित्र एवम् सन्तानबाट सुख प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । धन मान महत्वमा कमी आउने छैन । समस्याको समाधान मिल्नेछ ।

तुला – भागदौड वृद्धि भए पनि आज मनोकूलको काम बन्नेछ । रसरागमा रुचि रहला । धैर्यधारण गरी परिश्रम गरे आज गरेका कामको परिणाम सुखद निस्किने छ । प्रशंसकहरू बढ्नेछन् । आर्थिक कार्य फलदायी हुनुका साथै पारिवारिक सुख मिल्नेछ, पारिवारिक सुख मिल्नुका साथै आत्मबल बढ्ने छ । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – प्रेमभाव बढ्नेछ । काममा सफलता प्राप्त हुनेछ । दाम्पत्य सुख पनि बढ्नेछ । आज सुख सुविधाको बस्तु खरिद गर्दा राम्रै होला । अधुरो काम सम्पन्न हुने खालको दिन छ । पैतृक सम्पतिबाट लाभ हुनुका साथै अन्य कर्म पनि लाभप्रद रहला । योजना र बजेट बनाइ कार्य गरे बेस होला । शत्रु परास्त गर्ने क्षमता वृद्धि हुनेछ ।

धनु – अनुकूलताको आश गर्दागर्दै समय प्रतिकुल बन्न सक्छ । आज केही विवादमा पर्न सकिने योग भएकोले सावधान रहनु हितकर होला । आलस्यता बढ्नेछ भने झैझगडा पर्न सक्ने योग छ । यास कोणबाट समय खासै राम्रो छैन, ध्यान राख्नुहोला ।

मकर – आजको दिन व्यवहारिक समस्याले पिरोल्न सक्छ । परिवारजनसँग असमझदारी पैदा हुनुका साथै मान्यजनको सुझाव अप्रिय लाग्न सक्छ । काममा बाधा दिनेले प्रगतिमा रोकावट गर्न सक्छन् । तथापि, प्रेमबल बढ्नेछ, आरोग्यता रहनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ – आजको दिन रमाइलैसँग बित्ने देखिन्छ । प्रतिष्पर्धामा विजय प्राप्त हुने छ । बौद्धिक क्षेत्रमा पनि सफलता मिल्ला । दाम्पत्य जीवन सुखद बन्ने देखिन्छ । पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ । घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुने छ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । सन्तानको सुख मिल्नेछ । रोकिएको काम बन्नेछ । रसरागमा आकर्षण बढ्ला ।

मीन – समय शुभदायी छ । पराक्रम, उत्साह र आनन्द बढ्नेछ । मान–सम्मान पनि पाइनेछ । पारिवारिक समस्याको समाधान हुने देखिन्छ । महत्वपूर्ण कार्यमा सफलता मिल्ला । दान पुण्यका कार्यमा आकर्षण बढ्ने छ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । साझेदारीको काम बन्नेछ ।