आजको पञ्चाङ्ग एवम् राशिफल (२२ पौष २०७९ शुक्रबार, ६ जनवरी २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२२ पौष २०७९ शुक्रबार, ६ जनवरी २०२३)


– अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ नलनामक संवत्सर हेमन्त ऋतु वि.सं. २०७९ पौष २२ गते तद्अनुसार सन् २०२३ जनवरी ६ तारिख शुक्रबार पौष शुक्ल पक्षको पूर्णिमा तिथि आद्रा नक्षत्र ब्रह्मा योग भद्रा करण आनन्दादिमा पद्म योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६:५७ मा र सूर्यास्त साँझ १७:२२ बजे हुनेछ । पूर्णिमा व्रत, श्री स्वस्थानी ब्रतकथा सुरु ।

आजको राशिफल

मेष – आजको दिन रम्रै छ । परिश्रमअनुसार उपलब्धि राम्रै मिल्नेछ भने रोकिएका काम पुन: सुरु हुन सक्छन् । मन पनि शान्त रहनेछ । व्यापारिक वा दैनिक काम सन्तोषजनक नै सम्पन्न हुनेछन् । शत्रुमाथि विजय प्राप्त हुनेछ । आमोदप्रमोदमामा रम्ने अवसर जुट्ला ।

वृष – आज समय राम्रो भए पनि प्रतिकुलताका अवस्था पनि सिर्जना हुनेछन् । स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्नेछ भने परिवारमा पनि समस्या आउने योग छ । खर्च बढ्ने र विवादले पछ्याउने देखिन्छ । शत्रुले सताउने योग रहेकोले सजक रहनुहोला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । यात्रापरक काम बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

मिथुन – आजको दिन भाग्योदय हुने खालको छ । आरोग्यता बढ्नेछ भने आइपरेका समस्याको समाधान प्राप्त हुनेछ । दिन खुशी साथ बित्ने छ । आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ । प्रयत्न गरेका काम ढिलै भए पनि सफल हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । रोग र शत्रुमाथि विजय प्राप्त होला । धनलाभको योग रहनुका साथै विद्यार्जनमा पनि प्रगति हुने देखिन्छ ।

कर्कट – आज लगानी वृद्धि होला । सुख–सुविधाका बस्तु खरिद गर्नुहुनेछ । नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ । आज तपाइको धनलाभको योग छ, नया साथीसंग चिनजान हुने र रमाइलो यात्राको पनि योग रहेको छ । रसरागमा आकर्षण बढ्नेछ । खेलकुद भ्रमणमा रुचि बढ्नेछ । पारिवारिक सुख मिल्नुका साथै उन्नति पदोन्नति पनि हुने योग छ ।

सिंह – शुभता वृद्धि हुने दिन छ । प्रेमभाव र आशा उत्साह बढ्नेछ । भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । रमणीय र सुखद यात्राको योग पनि छ । नयाँ काम पाउने र धन मनग्य कमाउने अवसर मिल्नेछ । कृषिको कामबाट विशेष लाभ होला । भाग्यबर्द्धककाममा सफलता मिल्नेछ । पारिवारिक सुखशान्ति बढ्नुको साथै कार्यमा सफलतमा मिल्नेछ ।

कन्या – दिन खास राम्रो नभएकोले सावधानी अपनाउनु हितकर रहला । अरूको भर पर्दा काममा धोका हुन सक्छ । आज टाढाको यात्र नगर्नु बेस हुनेछ । व्यर्थको खर्च हुने योग छ, सावधान रहनुहोला । स्वास्थ्यमा पनि गडबडीको सम्भावना छ । सन्तानबाट सुख प्राप्त हुनेछ । धन मान महत्वमा कमी आउनेछैन । समस्याको समाधान मिल्नेछ ।

तुला – आज मन दोमन हुन सक्छ, जसले तपाईंलाई अनिर्णयको बन्दी बनाउनेछ । भाग्यबल वृद्धि भए पनि समयमा निर्णय दिन नसक्दा अवसर चिप्लन सक्छ । रसरागमा रुचि बढ्नेछ । बन्न लागेको काम बिग्रन गइ मनमा चिन्ता बढ्रन सक्छ । ठूलो सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन, सचेत रहनुहोस् । कार्यव्यपारमा सफलता प्राप्त होला । योजना र बजेट बनाई काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – आज धनार्जनका नयाँ बाटो खुल्न सक्छ । पठनपाठनमा पनि प्रगति हुनेछ । सन्तान पक्षबाट खुशीको समाचार सुन्न पाइएला । काममा सफलता प्राप्त हुनेछ । दाम्पत्य सुख बढ्नेछ । सुख सुविधाको बस्तु किन्नुहुनेछ । योजना र बजेट बनाइ कार्य गरे बेस होला । ऋण रोग र शत्रुलाई जित्ने क्षमतामा वृद्धि हुनेछ ।

धनु – अनुकूलता बढ्ने समय छ । दिन एकदम राम्रो रहला । कार्यक्षमता वृद्धि हुनेछ । काममा जोश र जाँगर बढ्ने देखिन्छ । कामहरु सजिलैसँग बन्नेछन् । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । मिठो भोजनको अवसर जुर्ला । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – अनावस्यक डर उत्पन्न हुने र वादविवादको सम्भावना रहेकोले समय खासै राम्रो छैन । पेशागत रुपमा समस्या देखिन सक्छ । घरपरिवारमा पनि केही मनमुटाव होला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । सन्तानको सुख प्राप्त हुनेछ

कुम्भ – प्रेमभावका साथै परिवारिक सुख बढ्नेछ । सामाजिक काममा नाम रहने छ । ब्यापार तथा जागीरमा चाहिँ दिन ठिकै छ । नया कामको सुरुवात भने खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ, ब्यापारमा पनि घाटा सहनु पर्ला । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । रसरागमा आकर्षण बढ्ला । यात्रामा सफलता प्राप्त होला ।

मीन – व्यस्तता र आनन्द दुवै बढ्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । वैवाहिक जीवन सुखी हुने खालको दिन छ । यात्राको पनि योग रहेको छ । चल–अचल सम्पत्तिको कारोवार हुनेछ ।