आजको पञ्चाङ्ग एवम् राशिफल (२३ पौष २०७९ शनिबार, ७ जनवरी २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२३ पौष २०७९ शनिबार, ७ जनवरी २०२३)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ हेमन्त ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ पौष २३ गते शनिबार तद्अनुसार सन् २०२३ जनवरी १० तारिख माघ कृष्णपक्षको प्रतिपदा तिथि पुनर्वसु नक्षत्र ऐन्द्र योग बालब करण आनन्दादिमा छत्र योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ६ः५८ मा र सूर्यास्त साँझ १७ः२२ बजे हुनेछ । आज अरनिको स्मृति दिवस ।

आजको राशिफल

मेष – आजको दिन पराक्रम बढ्नेछ, जसबाट काममा सफलता प्राप्त हुनेछ । सुख वृद्धि होला । परोपकारको क्षेत्रमा मन आकर्षित हुनेछ । मित्रजनसँग भेटघाट होला , मिष्ठान्न भोजनको अवसर पनि आउनेछ । व्यापारबाट राम्रो आम्दानी हुनसक्छ । मित्रजनको साथ प्राप्त हुनेछ । रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – कार्यगति बढ्ने र बौद्धिक तथा रचनात्मक काममा सफलता मिल्ने योग भए पनि आजको दिन सतर्कताका साथ व्यवहार गरी बिताउने प्रयत्न गर्नु हितकर होला । सवारीसाधन चलाउदा सावधानी अपनाउनुहोला । खानामा सचेत रहनुपर्ने दिन छ । अनावश्यकक झमेला र विवादबाट बच्ने प्रयत्न गर्नुहोला । सन्तानबाट सुख मिल्नेछ ।

मिथुन – आज आरोग्य बढ्नेछ भने कार्यक्षमता वृद्धि हुनेछ । ठुला ब्यक्तिसँग भेटघाट हुन सक्छ । काम रोकिए पनि अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन् । आज अनौठो खबर पनि सुन्न पाइने योग छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । प्रेममा आकर्षण बढ्नेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट – कामको सफलताले आज हौसला मिल्नेछ भने नयाँ काम गर्ने अवसर पनि जुर्ला । लगानी बढ्नेछ । रहेबेसेका कामहरु पनि सम्पन्न हुन सक्ने योग रहेको छ । यात्राको संभावना छ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – आयबल वृद्धि हुने र आरोग्यशक्ति बढ्नेछ । तर, आज कुनै पनि नयाँ काम शुरु नगर्नुहोला । आजकै दिन टाढाको यात्रा हुने सम्भावना पनि छ । लेनदेको काम नगरेकै बेश होला । घरमा पाहुना आगमनको दिन छ। मनोरञ्जनपूर्ण दिन हुनेछ । रसरागका कर्ममा मन आकर्षित रहला ।

कन्या – कर्मबल बढे पनि आजको दिन सानातिना काममा महत्वपूर्ण समय बित्नेछ । धननाश हुन सक्छ । प्रेम तथा दाम्पत्य सम्बन्धमा पनि धोका मिल्ने योग छ । सहयोगीहरूको साथ दिए पनि काम पूरा नहुने समय छ ।

तुला – सौभाग्य बढ्नेछ । काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । मन हर्षित रहला । स्वास्थ्यका लागि आहारविहारमा भने विशेष सतर्क रहनु राम्रो हुन्छ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – दौडधुपको साथ-साथ पराक्रम वृद्धि हुनेछ । परिवारजनका इच्छा पूरा गर्न सकिनेछ । पढाइमा सफलता पाउने तथा धर्ममा रुचि बढनेछ । आफन्तजनसँगको भेटघाटले उल्लास बढ्नेनेछ । भ्रमणमा आकर्षण बढ्नेछ । कर्ममा सफल सावित हुनुहुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

धनु – आर्थिक रूपले आजको दिन लाभदायी छ । आरोग्यता र दाम्पत्य सुख बढ्नेछ । विपरितलिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित रहला । काम गर्नमा जाँगर थपिने देखिन्छ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ । मित्रजनको सहयोग र समर्थन प्राप्त हुनेछ ।

मकर – प्रतिष्पर्धात्मक कार्यमा मन गए पनि आज सफलता पाउन कठिनाइ पर्ला । ब्यर्थै समयको नाश हुने योग छ । काममा अवरोध सिर्जना गर्नेहरु सक्रिय हुनाले मन उदास रहला । विश्वास गरेकाले आज धोका दिेनेछन । तथापि, शारीरिक आरोग्यता भने रहनेछ । मिठो भोजन प्राप्त हुनेछ । प्रेममा सफलता मिल्नेछ । आफन्तको साथ प्राप्त होला ।

कुम्भ – आज प्रेमभाव बढ्नेछ भने प्रयासरत काम बन्नेछ । देखापरेको समस्याको समाधान मिल्नेछ । शुभ समाचार प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । सामाजिक काममा नाम रहनेछ तर, जागिरमा भने सजक रहनुपर्ने समय छ । स्वास्थ्यका दृष्टिकोणले आजको दिन राम्रो छ । यसका बाबजुद आज कुनै विषयमा मनमा दुविधा रहन सक्छ, याद गर्नुहोला ।

मीन – कार्य व्यस्तता बढ्नुका साथै धन मान वृद्धि हुने दिन छ । प्रेम र मित्रताको बन्धन कसिएला । विभिन्न सहयोग र उपहार पाइनेछ । यात्राको पनि योग रहेको छ । काम बन्नाले मन रमाउने छ । रसरागमा आकर्षण रहला । समस्याको समाधान प्राप्त हुनेछ ।