– अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४४ नेपाल सं. ११४३ हेमन्त ऋतु वि.सं. २०७९ पौष २४ गते आइतबार तद्अनुसार सन् २०२३ जनवरी ८ तारिख माघ कृष्णपक्षको द्वितीया तिथि तिष्य नक्षत्र वैधृति योग तैतिल करण आनन्दादियोगमा श्रीवत्स योग चन्द्रमा कर्कट राशीमा भ्रमणशील रहनेछ । काठमाडौमा सूर्योदय बिहान ६ः५८ बजे र सूर्यास्त साँझ १७ः२३ बजे हुनेछ । नेपाल ज्योतिष परिषद् स्थापना दिवस ।
आजको राशिफल
मेष – आजको दिन रमाइलोसँग बित्ला । आर्थिक रूपले फलिफाप हुने दिन छ । पशुधनबाट पनि प्रशस्त फाइदा हुने देखिन्छ । रोकिएका काम बन्नाले सुखको अनुभव हुन्छ । आवश्यक कामका लागि ब्यस्तता बढ्नेछ । इष्टमित्र र सन्तानबाट सुख प्राप्त हुनेछ ।
वृष – पराक्रम वृद्धि हुनेछ । आरोग्यता बढ्नेछ । रसरागमा आकर्षण बढ्ने र मनोकूलको काम बन्ने दिन छ । सुखको अनुभव होला । नोकरीमा दिन सामान्य रहला । अनेक किसिमका फाइदाका साथै अप्रत्याशित लाभ हुने योग छ । सन्तानको सुख प्राप्त हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । घरपरिवारको स्थिति अनुकूल रहला ।
मिथुन – आजको दिन त्यति सुखद नरहन सक्छ । दैनिक काममा समस्या पैदा हुनुका साथै अनावश्यक झमेलामा परिएला । आज केही हानी हुन सक्छ, सावधान रहनुहोला । आरोग्यता वृद्धि हुने र रसरागमा रुचि बढ्नेछ । मिठो भोजन मिल्नेछ ।
कर्कट – आज आरोग्यता र समृद्धि बढ्नेछ । बोली र व्यवहारको माध्यमबाट धेरैलाई आकर्षण गर्ने समय छ । धन कमाउने योग पनि छ । परोपकारका काममा मन जानेछ । धन आर्जनमा राम्रो दिन छ । यात्रामा सफलता प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नुका साथै रोकिएका काम बन्नेछन् ।
सिंह – लगानी बढ्ने र अप्रत्यासित किसिमबाट धनलाभ हुने दिन छ । राम्रो कमाइका कारण सुख मिल्नेछ । शुभ समाचार प्राप्त हुनेछ । आफन्तसित भेटघाट हुनेछ । शारीरिक र आर्थिक कार्यमा सफलता मिल्नेछ । ऋण, रोग र शत्रुप्रति विजय प्राप्त हुनेछ ।
कन्या – मिश्रित प्रकारको दिन छ । केही सुख र केही विष्मात अनुभूति हुने परिस्थितिको सामना गर्नुपर्ला । आयबल र कार्यक्षमता वृद्धि हुनेछ भने परिवारमा सुखको माहोल बन्ला । टाढाको यात्रा गर्ने योजनामा हुनुहुन्छ भने केही दिनका लागि स्थगित गर्नु बेस हुनेछ ।
तुला – कर्मबल बढ्ने योग भए पनि आजको दिन समय र धनको ब्यर्थ खर्च होला । रोकिएको काम पूरा गर्न अझै समय लाग्ला । नयाँ कार्यमा सफलता पाउनुहुनेछ । आफन्तको सहयोग र समर्थन मिल्नेछ ।
वृश्चिक – सौभाग्य र समृद्धि बढ्नेछ । अवसरको खोजीमा केही दौडधूप गर्नुपर्ला । सुखको अनुभव हुन्छ । आफन्त मिलनले सुख दिनेछ । धैर्य र विवेकले काम गर्नु राम्रो होला । सद्कर्म पथमा प्रगति हुनेछ । बौद्धिक र रचनात्मक कार्यमा सफल हुनुसँगै गीतसंगीतमा पनि आकर्षण बढ्नेछ । शैक्षिक र रचनात्मक कार्यमा सफल रहनुहुनेछ ।
धनु – दौडधुप तथा ब्यस्ता बढे पनि आज परोपकारमा मन जानेछ । स्वास्थ्यमा भने केही कमजोरी अनुभव हुनेछ । खर्च भन्दा कमाई नै बढी हुनेछ । देखिएको समस्याको समाधान गर्नुहुनेछ । शारीरिक र आर्थिक हित हुने काममा लाग्नु फलदायी हुनेछ ।
मकर – प्रेमभाव र समृद्धि बढ्नेछ । पारिवारिक सुख प्राप्त हुनेछ । रसरागमा रुचि बढ्ला । दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । आर्थिक कर्ममा सफलता मिल्नेछ । विपरितलिङ्गीको हौसलाले मन रमाउनेछ । मनोरञ्जनात्मक तरिकाबाट काम बन्ला । नयाँ सम्भावना देखापर्ला । आशा उत्साह बढ्नेछ ।
कुम्भ – आरोग्यता बढे पनि अन्य दृष्टिले दिन सावधानीपूर्वक बिताउने प्रयास गर्नुपर्ला । इष्टमित्रहरुसँग असमझदारी बढ्न सक्छ । वादविवादबाट बच्नु हितकर हुनेछ । मुद्दा मामिलामा पर्न सकिएला । दिन प्रतिकूल भएकाले काममा बाधाहरुको पनि सामना गर्नुपर्ला । धैर्य र संयमले काम गर्नुहोला ।
मीन – प्रेमभाव बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । तथापि दिन मिश्रित फलदायी रहला । नोकरीमा झमेला ब्यहोर्नुपर्ने देखिन्छ । रोगबाट छुट्कारा पाउनुहुनेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ ।
प्रतिक्रिया