आजको पञ्चाङ्ग एवम् राशिफल (२५ पुस २०७९ सोमबार, ९ जनवरी २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२५ पुस २०७९ सोमबार, ९ जनवरी २०२३)


– अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ नलनामक संवत्सर हेमन्त ऋतु वि.सं. २०७९ पौष २५ गते तद्अनुसार सन् २०२३ जनवरी ९ तारिख सोमबार माघ कृष्ण पक्षको द्वितीया तिथि ७ः५२ पर तृतीया तिथि अश्लेषा नक्षत्र विषकुम्भ योग ७ः३५ पर प्रीति योग वणि करण आनन्दादिमा सौम्य योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५८ मा भयो र सूर्यास्त साँझ १७ः२४ बजेमा हुनेछ ।

आजको राशिफल

मेष – आजको दिन ब्यस्ततापूर्ण रहे पनि मनोरञ्जनका साथ बित्नेछ । प्रसन्नता मिल्नेछ भने व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । शत्रुपक्षमाथि विजय प्राप्त हुनेछ । आशा उत्साह बढ्नेछ । मित्रभाव वृद्धि होला । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

वृष – पराक्रम बढ्ने र काममा मन जानेछ, सफलता पनि मिल्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । अप्रत्याशित लाभ हुने योग छ । नयाँ कामका स्रोत फेला पर्लान् । परिवारिक सुख बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन – आजको दिन सुखदायी नरहन सक्छ । पिडा दिनेहरु सक्रिय रहेकाले सावधानी अपनाउनु उचित हुनेछ । स्वास्थ्यको पनि विशेष ख्याल गर्नुहोला । धननाश हुने या नसोचेको खर्च गर्नुपर्ने योग छ, सचेत रहनुहोला । अनावश्यक झमेलामा परिएला । तथापि विशेष प्रयत्नले समस्याको समाधान प्राप्त गर्नुहुनेछ ।

कर्कट – दिन सामान्य रहला । आरोग्यता वृद्धि हुनुका साथै सुख–सुविधाका बस्तु हासिल हुन सक्छ । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला । सकारात्मक प्रभाव बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ । खेलकुद भ्रमणमा रुचि बढ्नेछ । पारिवारिक सुख मिल्नेछ ।

सिंह – लगानीका साथ कार्यदक्षता बढ्नेछ । आशा उत्साह बढ्नेछ । नसोचेको ठाउबाट धनलाभ भइ मन हर्षित हुने छ । सोचेभन्दा बढी नै लाभ हन्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । भाग्यवर्द्धक काममा सफलता मिल्नेछ । हाकिमको साथ मिल्नेछ । मित्रजनको साथ मिल्नेछ ।

कन्या – आयबल बढ्ने र साहस वृद्धि हुने दिन छ । धन, मान र महत्वमा कमी आउनेछैन । साथी एवम् घरपरिवारबाट सुखशान्ति मिल्नेछ । लामो यात्राको योग पनि छ । यात्रामा सफलता प्राप्त हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – कर्मबल वृद्धि हुने दिन भए पनि अनावश्यक खर्चले मन पिरोल्ला । धनमाल हराउन सक्छ, सजग रहनु हितकर हुनेछ । रसरागमा रुचि बढ्नेछ । आजको दिन योजना र बजेट बनाइ काम गर्नेतर्फ विशेष ध्यान पु¥याउनुहोला ।

वृश्चिक – शुभता बढेर काममा सफलता प्राप्त हुने दिन भए पनि लेनदेनमा विवाद बढ्ने योग भएकोले होसियारी र संयमताका साथ काम गर्नुहोला । प्रियजन संग को भेटले मन प्रफुल्ल रहनेछ । खर्च वृद्धि होला । दाम्पत्यसुख बढ्नेछ । योजना र बजेट बनाइ कार्य गर्दा बेस होला ।

धनु – दौडधुप बढ्नेछ भने व्यापारमा सफलता मिल्नेछ । बचत बढ्ला । कार्य क्षमता वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । रोकिएको काम बन्नुसँगै उधारो धन पनि उठ्ला । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – प्रेमभाव बढ्नेछ । रमाइलो तरिकाबाट काम गर्ने अवसर मिल्ला । आरोग्यबल बढ्नेछ । नयाँ कामका योजनाहरु बन्ने सम्भावना छ । परिवारिक सुख बढ्नेछ । नियमकानूनले साथ दिनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ – आरोग्यता र परिवारिक सुख बढ्नेछ । तर आज वादविवादको सामना गर्नुपर्ने पनि देखिन्छ । आजका योजना पूर्ण कार्यान्वयन नहुन सक्छन् । खर्चमा लगाम लगाउनुपर्ला । रसरागमा आकर्षण बढ्ला ।

मीन – प्रेमभाव र आनन्द बढ्नेछ । स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ । व्यापारमा सफलता र भेटघाटमा सहयोग पाउने योग छ । वार्तामा सफलता मिल्नेछ । समस्याको समाधान मिल्नेछ । ऋण, रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्ला ।