आजको पञ्चाङ्ग एवम् राशिफल (२६ पुस २०७९ मंगलबार, १० जनवरी २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२६ पुस २०७९ मंगलबार, १० जनवरी २०२३)


– अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ हेमन्त ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ पौष २६ गते मंगलबार तद्अनुसार सन् २०२३ जनवरी १० तारिख माघ कृष्ण पक्षको तृतीया तिथि ९ः५७ पर चतुर्थी तिथि अश्लेषा नक्षत्र ७ः३४ पर मघा नक्षत्र प्रीति योग बब करण आनन्दादिमा आनन्द योग चन्द्रमा कर्कट राशिमा ७ः३४ बजेसम्म त्यसपछि सिंह राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ६ः५८ मा र सूर्यास्त साँझ १७ः२५ बजे हुनेछ । काशीमा बडागणेश उत्सव ।

आजको राशिफल

मेष – आजको दिन राम्रै छ । विभिन्न अवसर हासिल भइ कीर्तिमानी काम सम्पादन हुन सक्छ । नयाँ कामको सुरुवात भने खासै राम्रो छैन । पारिवारिक भेटघाटको समय छ । मिठो भोजन प्राप्त हुनेछ । मित्रजनको साथ प्राप्त हुनेछ । नयाँ सम्भावना देखापर्ने छ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – व्यस्ततसँगै सुख वृद्धि हुनेछ भने कार्यगति पनि अब्बल रहला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । आज तपाईंले गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सामाजिक काममा रुचि बढ्नेछ । सानातिना समस्या आइरहे पनि दिन मनोरञ्जनपूर्ण रहनेछ। । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ । आशा उत्साह थपिनेछ । मित्रजनको साथ प्राप्त हुनेछ । सन्तानसुख मिल्नेछ ।

मिथुन – पराक्रम वृद्धि हुने र आरोग्यता बढ्ने दिन छ । विशेष योजनाहरू बन्नेछन् । नयाँ ज्ञान सिक्ने मौका छ । पढाइमा प्रगति हुनेछ । आत्मीयजनसँग भेटघाट होला । एउटै कामबाट दोहोरो लाभ मिल्ने सम्भावना छ । प्रेममा आकर्षण बढ्नेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट – आजको दिन खासै शुभदायी नरहला । गर्दै आएको कामलाई निरन्तरता दिए पनि नयाँ काममा हात नहाल्नु श्रेयष्कर रहनेछ । पीडा दिनेहरु सक्रिय रहन सक्छन्, सावधान रहनुहोला । केही अवसर गुम्ने सम्भावना पनि छ, सचेत रहनुहोला । रसरागमा आकर्षण रहला ।

सिंह – आरोग्यशक्ति बढ्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । प्रतिभा देखाएर अवसर हातपार्न सकिनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कन्या – लगानी बढ्नेछ भने व्यापारमा फाइदा नै हुनेछ । शत्रुमाथि विजय प्राप्त होला । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् । कृषि तथा पशु व्यवसायबाट लाभ हुने समय छ। प्राकृतिक पर्यावरणमा रमाउने दिन छ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण र सुख बढ्नेछ ।

तुला – आजको दिन मिहेनतले सफलता दिलाउने छ । व्यवसायका लागि यात्रा सम्भावना छ, दाम्पत्य जीवन पनि सुखद रहला । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । मान सम्मानमा निरन्तर वृद्धि भैरहनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – कर्मबल र पराक्रम वृद्धि हुने योग छ, तर कसैले दिएको आश्वासनमा नपर्नु हितकर हुनेछ । अस्वभाविक प्रलोभनले अप्ठ्यारोमा परिएला । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । सामान्य रोगले सताउन सक्छ । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । कर्ममा सफल साबित हुनुहुनेछ ।

धनु – दिन मिश्रित फल दिने प्रकारको छ । उत्साहजनक समाचारले हर्ष बढ्नेछ । चिताएको काम पुरा नहुन सक्छ । श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । ाझेदारीको काम बन्नेछ । मित्रजनको सहयोग समर्थन प्राप्त हुनेछ ।

मकर – आज भागदौड बढ्नेछ तर काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । मिठो भोजन प्राप्त हुनेछ । रसराग प्रेममा सफलता मिल्नेछ ।

कुम्भ – प्रेमभाव बढ्नेछ । प्रयासरत काम बन्नेछ । मंगलमय काम सम्पादन हुन सक्छन् । व्यवसायमा लाभ होला । गुरुजनको विशेष सहयोग जुट्नेछ । अवसरले पछ्याउनेछन् भने बोलीको प्रभाव पनि बढ्नेछ । देखापरेको समस्याको समाधान मिल्नेछ । आरोग्यता बृद्धि होला । मीठो भोजन प्राप्त हुनेछ ।

मीन – आरोग्यता बढे पनि बन्नै लागेको काम अचानक बिग्रन सक्छ । साथीभाइबाट धोका हुन सक्छ । आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन् । गोपनीयतामा ध्यान दिँदै सचेत रहनुहोला । रसरागमा आकर्षण बढ्नेछ । अन्ततः समस्याको समाधान प्राप्त हुनेछ ।