दुई घण्टा पछि सर्‍यो प्रतिनिधिसभाको बैठक

दुई घण्टा पछि सर्‍यो प्रतिनिधिसभाको बैठक


आज बिहान ११ बजेका लागि निर्धारित प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्ने भएको छ ।

सभामुखले बैठक आजै दिनको १ बजे बस्ने गरी समय परिवर्तन भएको जानकारी दिएको संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताएका छन् ।

नेपाली कांग्रेस पदाधिकारी र संसदीय दलको बैठक जारी रहेकाले बैठक दुई घण्टा पछि सर्न गएको बताइएको छ ।