आजको पञ्चाङ्ग एवम् राशिफल (२७ पौष २०७९ बुधबार, ११ जनवरी २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२७ पौष २०७९ बुधबार, ११ जनवरी २०२३)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ हेमन्त ऋतु वि.सं. २०७९ पौष २७ गते बुधबार तद्अनुसार सन् २०२३ जनवरी ११ तारिख माघ कृष्णपक्षको चतुर्थी तिथि ११ः४५ पर पञ्चमी तिथि मघा नक्षत्र ९ः५२ पर पूर्वाफाल्गुणी नक्षत्र आयुष्मान योग कौलव करण आनन्दादियोगमा चर योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५८ बजे र सूर्यास्त साँझ १७ः२६ बजे हुनेछ । पृथ्वीजयन्ती, राष्ट्रिय एकता दिवस ।

आजको राशिफल

मेष – सुख प्राप्त हुने दिन छ । प्रेमभाव बढ्नेछ । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ । आयआर्जनका नया स्रोतहरू थपिनेछन् । कामको दायित्व पनि बढ्नेछ । बौद्धिक र सृजनात्मक काममा सफलता मिल्नेछ । सन्तानबाट सुख प्राप्त होला । यात्रामा सफलता प्राप्त हुनेछ ।

वृष – व्यस्तता बढे पनि आजको दिन रमाइलोसँग बित्ला । रसरागमा आकर्षण वृद्धि हुनेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ । मनोकूलको काम बन्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । घरपरिवारको स्थिति अनुकूल रहला ।

मिथुन – पराक्रम वृद्धि हुने र साझेदारीको काममा सफलता मिल्ने दिन छ । आरोग्यता वृद्धि होला । आर्थिक अभावले सताउन सक्छ, ध्यान राख्नुहोला । विश्वास गरेकाले धोका दिन सक्छन् होसियारी अपनाउनु हितकर रहनेछ । रसरागमा रुचि बढ्नेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कर्कट – मनोकूलको कर्ममा प्रवृत्ति बढ्ने दिन छ । आर्थिक अभावले भने अलिक सताउला । व्यापार–व्यवसायमा उतारचढाव आउला । स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्छ । विद्यार्थीहरूका लागि भने अनुकूल समय छ । ख्याति मिल्ने काममा मन जाला ।

सिंह – आरोग्यता र आनन्द बढ्नेछ । शुभ समाचार प्राप्त होला । धैर्यले काम लिने समय छ। बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने समय छ । नाता कुटुम्बको सहयोग प्राप्त होला । आफन्तजनसित भेटघाट हुनेछ । सन्तानको सुख प्राप्त हुनेछ ।

कन्या – परिवारिक सुख वृद्धि हुनेछ । काममा सफलता मिल्नेछ । रोकिएको काम बन्नुसँगै नयाँ काम पनि बन्नेछ । श्रमको उचित मूल्यांकन होला । सन्तानबाट सुख मिल्ने योग छ । बौद्धिक पक्ष सबल बन्नुका साथै मानसम्मान पाइनेछ । हाँसविलासमा रुचि बढ्नेछ । आशा उत्साह थपिनेछ ।

तुला – रोकिएको काम बन्ने दिन छ । कार्यक्षेत्रमा सफलता मिल्नेछ । आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् । यात्राको पनि योग छ । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । मन प्रसन्न रहनेछ ।

वृश्चिक – कर्मबल बढ्ने दिन भए पनि चाहेको फल मिल्न कठिन नै पर्ला । धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग छ । घरखर्च पनि बढ्नेछ । पति र पत्नीबीच असमझदारी बढ्न सक्छ । आयआर्जनको कमीले वादविवाद पनि हुन सक्छ । धैर्य र विवेकले काम गर्नु राम्रो हुनेछ । सन्तानसुख बढ्नेछ ।

धनु – काममा समस्या निम्तन सक्छ, तथापि देखिएको समस्याको समाधान गर्नुहुनेछ । साथीभाइले धोका दिने र परिवारजनले समेत साथ नदिन सक्छन् । फजुल खर्च बढ्न सक्छ, सावधान रहनुहोला । शत्रुमाथि विजय प्राप्त हुनेछ । नयाँ योजनाबारे सोच्दै हुनुहुन्छ भने आजको दिन थाती राख्नु बेस हुनेछ ।

मकर – भागदौड बढ्नेछ । पढाइमा प्रगति हुने दिन छ । धर्मकर्म र समाजसेवामा विशेष लगाव बढ्ला । कृषि र पशुपालनबाट फाइदा होला । यात्रा उपलब्धिमूलक बन्नेछ र काममा उत्साह जाग्नेछ । पारिवारिक सुख प्राप्त हुनेछ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नयाँ सम्भावना देखापर्ला ।

कुम्भ – आरोग्यता र सामर्थ्य बढ्ने दिन छ । रसरागको भाव वृद्धि होला । चिताएको काम बन्ने देखिन्छ । कुटुम्ब वा आफन्तजनको सहयोगले विशेष फाइदा उठाउन सकिनेछ । नयाँ काम बन्नेछ । परिश्रमको राम्रो मूल्यांकन हुनेछ, तर वैदेशिक रोजगारीको काममा भने केही समस्या आउनेछ ।

मीन – आरोग्य बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । तर पारिवारिक समस्याहरू देखापर्नेछन् । मित्रजनसँग मनमुटाव हुन सक्छ । विश्वासमा पारेर धोका दिनेछन । तथापि, खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । रोगबाट छुट्कारा पाउनुहुनेछ ।