आजको पञ्चाङ्ग एवम् राशिफल (१ माघ २०७९ आइतबार, १५ जनवरी २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१ माघ २०७९ आइतबार, १५ जनवरी २०२३)


– अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ शिशिर ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ माघ १ गते आइतबार तद्अनुसार सन् २०२३ जनवरी १५ तारिख माघ कृष्ण पक्षको अष्टमी तिथि चित्रा नक्षत्र सुकर्म योग ३ः१३ पर धृति योग तैतिल करण आनन्दादिमा पद्म योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहला । काठमाडौमा सूर्योदय बिहान ६ः५८ मा र सूर्यास्त साँझ १७ः२९ बजे हुनेछ । माघसंक्रान्ति, उत्तरायण सुरू, माघीपर्व, गोरखकाली पूजा, वराहक्षेत्र, शंखमुल आदि तीर्थहरुमा स्नान, मकर स्नान आरम्भ, घ्योचाकु सल्हू ।

आजको राशिफल

मेष – आजको दिन आरोग्यता बढ्नेछ, जसले गर्दा काममा सफलता प्राप्त हुनेछ । दाम्पत्यसुख वृद्धि हुनेछ भने अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ । मेहनतले सफलता दिलाउने छ । व्यवसायका लागि यात्रा सम्भावना छ, दाम्पत्य जीवन सुखद रहला । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । नयाँ सम्भावना देखापर्ने छ । मान, सुख बढ्नेछन् । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – आरोग्यता बढ्ने योग भए पनि अस्वाभाविक प्रलोभनले अप्ठ्यारोमा परिएला । साथै, सामान्य रोगले सताउला । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ । रसरागमा आकर्षित हुनुहुनेछ । केही खर्चको योग छ ।

मिथुन – प्रेमभाव वृद्धि हुनेछ भने शारीरिक आरोग्यता पनि रहला । कार्यक्षमता वृद्धि हुनेछ । प्रेममा आकर्षण बढ्नेछ । श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय भएर पनि उत्साहजनक समाचारले खुशी प्रदान गर्ला । मिठो भोजन प्राप्त हुनेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट – ब्यस्तता बढ्नेछ भने दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त होला । यात्रामा सफलता प्राप्त हुनेछ ।

सिंह – शुभता वृद्धि र पराक्रम बढ्ने समय छ । मंगलमय काम सम्पादन हुन सक्छन् । व्यवसायमा लाभ होला । अवसरले पछ्याउनेछन् भने बोलीको प्रभाव पनि बढ्नेछ । आरोग्यता बढ्नेछ, शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागादि कार्यमा मन जाला ।

कन्या – आजको दिन त्यति शुभदायी देखिँदैन । बन्नै लागेको काम पनि अचानक बिग्रन सक्छ । साथीभाइबाट धोका होला । आश्वासन दिएर झुक्याउनेहरूले सताउने योग परेकोले गोपनीयतामा ध्यान दिँदै सचेत रहनु हितकर हुनेछ । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । रसरागमा भने आकर्षण बढ्नेछ ।

तुला – आज विभिन्न अवसर पाइनेछ तर नयाँ कामको सुरुवात खासै राम्रो छैन । काममा हैरानी बढ्न सक्छ । पारिवारिक भेटघाटको समय छ, टाढिएका आफन्तहरू नजिकिनेछन् । महत्व वृद्धि हुनेछ । मिठो भोजन खान पाउनुहुनेछ । बोली र व्यक्तित्वको प्रभाव भने बलियो बन्नेछ ।

वृश्चिक – आजको दिन पराक्रम वृद्धि हुनेछ । तपाईंले गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सामाजिक काममा रुचि बढ्नेछ । सानातिना समस्या आइपर्लान्, तर आजको दिन मनोरञ्जनपूर्ण रहनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । यश वृद्धि हुनेछ । कल्याणकारी कार्यमा आकर्षण बढ्नेछ ।

धनु – आयबल बढ्नेछ । आरोग्यता धनलाभ होला । आज विशेष योजनाहरू बन्न सक्छन् र योजना सफलीभूत पनि भएर जालान् । नयाँ ज्ञान सिक्ने मौका छ । आत्मीयजनसँग भेटघाट होला । साझेदारीको काम बन्नेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ । मित्रजनको सहयोग समर्थन प्राप्त हुनेछ ।

मकर – कर्मबल बढ्न योग भए पनि पीडा दिनेहरु सक्रिय रहन सक्छन्, सावधान रहनुहोला । कामको अवसर फुत्कने सम्भावना देखिन्छ, ध्यान राख्नुहोला । नयाँ काममा हात हाल्न केही समय पर्खंनुहोला । रसराग तथा प्रेममा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ ।

कुम्भ – शुभता बढ्नेछ । कार्यक्षमता वृद्धि हुनेछ । पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । प्रतिभा देखाएर अवसर हातपार्न सकिनेछ । प्रयासरत काम बन्नेछ । कुनै पनि समस्याको समाधान मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला ।

मीन – भागदौड वृद्धि भए पनि आजको दिन राम्रै रहला । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् । जोखिम बढे पनि धन, मान वृद्धि हुनेछ । रसरागमा आकर्षण रहला । समस्याको समाधान प्राप्त हुनेछ ।