विमान दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

विमान दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त


प्रधानमन्त्री प्रचण्डले पोखरामा आज भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर(७२ जहाज पोखरामा आज बिहान दुर्घटनाग्रस्त भएको थियो ।

प्रधानमन्त्रीले उद्धारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन् । प्रधानमन्त्रीको सचिवालयले जनाएअनुसार दुर्घटनाको विवरण बुझ्न प्रधानमन्त्री त्रिभुवन विमानस्थल प्रस्थान गरेका छन् । दुर्घटनाको विषयलाई लिएर प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।