आजको पञ्चाङ्ग एवम् राशिफल (१२ माघ २०७९ बिहीबार, २६ जनवरी २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१२ माघ २०७९ बिहीबार, २६ जनवरी २०२३)


अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ शिशिर ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ माघ १२ गते बिहीबार तद्अनुसार सन् २०२३ जनवरी २६ तारिख माघ शुक्ल पक्षको पञ्चमी तिथि उत्तरा भाद्रपद नक्षत्र शिव योग कौलव करण आनन्दादिमा छत्र योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ६ः५५ मा र सूर्यास्त साँझ १७ः३८ बजे हुनेछ । वसन्त पञ्चमी, श्रीपञ्चमी,सरस्वती पूजा, रति कामपूजा, हलसारो गर्ने ।

आजको राशिफल

मेष – आजको दिन नयाँ योजना बनाए भविष्यका लागि सार्थक सावित हुन सक्छ । पुरानो समस्या सुल्झाउन सकिनेछ भने रोकिएको काम दोहो¥याउनु लाभप्रद नै हुनेछ । तर, ढिलासुस्तीले काम बिग्रनुका साथै हातमा आएको मौकासमेत गुम्न सक्छ, ध्यान राख्नुहोला । स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ । मित्रजनको साथ प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – आजको दिन मिश्रित फलदायी रहनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । विभिन्न अवसरले पछ्याउनेछन् । तर, व्यवसायमा लक्ष्यअनुसारको उपलब्धि प्राप्त नहुन सक्छ। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । परिवारजनबीच आत्मीयतामा कमी आएको अनुभूति होला । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई बिस्तारै सुधार गर्न सकिनेछ । सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।

मिथुन – कर्मबल बढ्नेछ र कार्यक्षमता वृद्धि हुने समय छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । प्रेममा आकर्षण बढ्नेछ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ नजिकिने योग छ । विभिन्न जिम्मेवारी बढिरहनेछन् । खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ला । सन्तानबाट सुख प्राप्त हुनेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट – आज स्वास्थ्य कमजोर रहेको अनुभूति होला । उपचारमा खर्च हुने योग छ । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । अनावश्यक अलमल पैदा हुनसक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । समयमा होश नपुग्नाले खर्च बढ्नसक्छ । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । रसरागमा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

सिंह – दौडधुप बढ्नेछ । सुखद यात्रा गर्ने अवसर जुट्न सक्छ । रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको आनन्द पाइएला । आम्दानी बढ्नेछ। पछिसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिने दिन छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागको भावमा वृद्धि हुनेछ ।

कन्या – ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुने दिन भए पनि लेनदेनको विवादले हानि पु¥याउन सक्छ। पहिलेका समस्या दोहोरिन सक्छन् । स्वादिष्ट भोजनको अवसर प्राप्त भए पनि पेटको समस्याले सताउन सक्छ। स्वास्थ्यप्रति विशेष सजग रहनु हितकर होला । प्रयासरत काममा सफलता प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

तुला – आरोग्यता बढ्ने र नाम, दाम तथा इनाम कमाउने समय छ । महत्वपूर्ण काम स्थगित हुनाले मन खिन्न हुनेछ । तर, सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ । काममा सफलता मिल्नेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो रहला ।

वृश्चिक – प्रेमभाव वृद्धि हुनेछ भने खेलकुद भ्रमण आदिमा आकर्षण बढ्नेछ । सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने योगका बाबजुद प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ । अर्थ अभावले योजना स्थगित हुन सक्छ, सजग रहनुहोला । यश वृद्धि हुनेछ । कल्याणकारी कार्यमा आकर्षण बढ्नेछ ।

धनु – आरोग्यताका साथै व्यस्तता बढ्नेछ । कार्य व्यवहारमा विभिन्न समस्या आउन सक्छन् । तथापि इच्छाशक्ति एवं मेहनतले राम्रो फाइदा दिलाउनेछ । प्रयत्न गर्दा लक्ष्य प्राप्त होला । प्रतिस्पर्धाको दौड जितिनेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनु हुनेछ ।

मकर – आजको दिन पराक्रम बढ्नेछ । नयाँ व्यवसाय सुरु गर्न उपयुक्त समय छ। इनाम र प्रतिष्ठा कमाउने अवसर जुट्लान् । व्यावसायिक काममा भने त्यत्ति फाइदा नहोला । काममा अवरोध आउन सक्छ तर सहयोगीहरूले राम्रो साथ दिनेछन् । आफन्तको साथ मिल्नेछ । आयस्रोत बढ्ला ।

कुम्भ – धन मान वृद्धि हुनेछ । आरोग्यता र पराक्रम बढ्नेछ । प्रयासरत काम बन्ने समय छ । मेहनतले धेरैको विश्वास जित्न सकिनेछ । अरूको दबाबमा परिए पनि कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्नेछ । सोचेको काम सजिलै सम्पादन हुनाले मन प्रसन्न रहनेछ । प्रियपात्रसँग भेटघाट हुनुका साथै दिन रमाइलो बन्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला ।

मीन – आरोग्यता र आत्मविश्वास वृद्धि हुनेछ । भाग्यबल बढ्नेछ । कर्ममा विश्वास गरेर अघि बढ्दा फाइदा हुनेछ । आम्दानी बढ्नुका साथै ठूलो काम सम्पादन हुन सक्छ अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। समस्याको समाधान प्राप्त हुनेछ ।