आजको पञ्चाङ्ग एवम् राशिफल (१३ माघ २०७९ शुक्रबार, २७ जनवरी २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१३ माघ २०७९ शुक्रबार, २७ जनवरी २०२३)


अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ शिशिर ऋतु वि.सं. २०७९ माघ १३ गते शुक्रबार तद्अनुसार सन् २०२३ जनवरी २७ तारिख माघ शुक्ल पक्षको षष्ठी तिथि रेवती नक्षत्र सिद्ध योग गर करण आनन्दादियोगमा श्रीवत्स योग चन्द्रमा मीन राशीमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५५ बजे र सूर्यास्त साँझ १७ः३९ बजे हुनेछ । स्कन्द षष्ठी ।

आजको राशिफल

मेष – दिन शुभदायी छ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ । आम्दानी बढढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । सुखद समाचार प्राप्त हुने योग छ । बौद्धिक र सृजनात्मक काममा सफलता मिल्नेछ । इष्टमित्र एवम् सन्तानबाट सुख प्राप्त हुनेछ ।

वृष – आयबल बढ्ने र खासगरी कृषिकर्ममा सफलता प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ भने मनोकूलको काम बनेर मन प्रसन्न रहला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । पढाइलेखाइमा प्रगति हुनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ । इर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् , सचेत रहनुहोला ।

मिथुन – आज नियमित कर्म सामान्य रहे पनि स्वास्थ्यप्रति भने सावधानी अपनाउनु हितकर हुनेछ । खानपानमा विचार पुऱ्याउनुहोला । शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। छिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियारी अपनाउनुहोला । टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्ने समय छ । सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ । रसरागमा रुचि बढ्नेछ ।

कर्कट – आज भाग्यबल बढ्नेछ । प्रेमपात्रसित भेटघाट हुनेछ । प्रतिस्पर्धीहरूलाई वशमा ल्याउन सकिनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम पनि बनाउन सकिनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । सुखशान्ति बढ्नेछ ।

सिंह – आजको दिन जोखिमप्रति ध्यान दिनु हितकर होला । शुभ समाचार प्राप्त हुनेछ । बोलीको माध्यमले लाभ उठाउन सकिनेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम सम्पादन हुन सक्छन् । उपलब्धिले थप उत्साह जगाउनेछ । भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ । आफन्तसित भेटघाट हुनेछ । आर्थिक कार्यमा सफलता मिल्नेछ ।

कन्या – शुभता र आरोग्यता बढ्नेछ । परिवारिक सुख वृद्धि हुनेछ । रोकिएको काम बन्नुसँगै नयाँ काम पनि बन्नेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ। पुरानो समस्याले केही झमेला आइलाग्ने सम्भावना छ । दाम्पत्यमा शंका र असमझदारी बढ्न सक्छ । यात्रामा विशेष लाभ होला । परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रतिष्ठा जोगाउन सकिनेछ । रसविलासमा रुची बढ्नेछ ।

तुला – आरोग्यता बढ्नेछ भने रोकिएको काम बन्नेछ । विश्वासमा पारेर झुक्याउनेहरूले सताउन सक्छन्, सचेत रहनु सफलतादायी होला, सहयोगीहरूको भर नपर्नु उचित हुनेछ । प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । आफन्तको सहयोग र समर्थन मिल्नेछ ।

वृश्चिक – आजको दिन मिश्रित फलदायी रहला । प्रेमभाव बढ्नेछ । धैर्य र विवेकले काम गर्नुपर्ने समय छ । परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ । सहयोगीहरूले पनि विपक्षीलाई साथ दिनाले काममा चुनौती देखिएलान् । तथापि, मेहनत एवं परिवारजनको सहयोगले लाभ उठाउन सकिनेछ । घरायसी काम बन्नेछन्। बौद्धिक र रचनात्मक कार्यमा सफल हुनु सँगै गीतसंगीतमा पनि आकर्षण बढ्नेछ । धैर्य र संयमले काम गर्नुहोला ।

धनु – दौडधुमा दिन बित्ला । धन मान वृद्धि हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ। कार्यमा साथ दिनेहरू बढ्नेछन् । आयआर्जनका स्रोत बढ्नेछन्, व्यापारमा पनि बढी नै फाइदा हुने समय छ । देखिएको समस्याको समाधान गर्नुहुनेछ ।

मकर – दिन राम्रो छ । पराक्रम बढ्नेछ । पारिवारिक सुख प्राप्त हुनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न सहयोग र उपहार पाइनेछ। यत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ । इच्छाशक्ति बढ्नेछ । रसरागमा रुचि बढ्ला । लेखन प्रकाशनसित सम्बन्धित कार्य तथा रचनात्मकताको क्षेत्रमा सफलता पाउनुहुनेछ ।

कुम्भ – प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गरे पनि सामर्थ्य बढ्नेछ । व्यावसायिक काममा खर्च बढ्नेछ, तर अर्थअभाव खट्किए पनि चिताएको काम सम्पादन गर्न सकिनेछ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । भाग्यले नसोचेको फाइदा दिलाउन सक्ने योग छ । रसरागको भाव वृद्धि हुनेछ । सुखशान्ति रहला ।

मीन – आरोग्यता वृद्धि हुनेछ भने बौद्धिक र रचनात्मक कार्य बन्नेछ । मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । हिम्मतले काम बनाउन सकिनेछ। मनमा डर लागे पनि विभिन्न अवसरले पछ्याउनेछन् । तार्किक क्षमता एवं बोलीको प्रभाव बढ्नेछ । सुख–सुविधा बढ्नेछ । आशा उत्साह बढ्नेछ ।