आजको पञ्चाङ्ग एवम् राशिफल (१४ माघ २०७९ शनिबार, २८ जनवरी २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१४ माघ २०७९ शनिबार, २८ जनवरी २०२३)


अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ शिशिर ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ माघ १४ गते शनिबार तद्अनुसार सन् २०२३ जनवरी २८ तारिख माघ शुक्ल पक्षको सप्तमी तिथि अश्विनी नक्षत्र साध्य योग भद्रा करण आनन्दादिमा सौम्य योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ६ः५५ मा र सूर्यास्त साँझ १७ः४० बजे हुनेछ । अचलासप्तमी, रथसप्तमी ।

आजको राशिफल

मेष – आजको दिन आशा देखाउनेहरूले धोका दिन सक्छन्, सावधान रहनुहोला । लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ने स्थिति आउन सक्छ, सोचिविचारी कदम चाल्नु हितकर हुनेछ । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन् । यसका बाबजुद तपाईंको तार्किक क्षमताले सम्मान दिलाउनेछ । शुभता बढ्नेछ । सुख वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ ।

वृष – लगानी वृद्धि हुने तथा खर्च बढ्ने दिन छ । आँटले काम लिन नसक्दा पछि परिने र स्वास्थ्य कमजोर रहे पनि परहितमा राम्रै काम गर्न सकिने योग छ । मेहनतले विभिन्न अवसर जुटाउन सकिनेछ भने शुभचिन्तकहरूले साथ दिनेछन् । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । आशा उत्साह थपिनेछ । सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।

मिथुन – दिन राम्रो छ । विभिन्न चुनौती पैदा भए पनि दिगो फाइदा हुने कामको योजना अघि बढ्ने देखिन्छ । महत्वपूर्ण काम र जिम्मेवारी हात पार्ने समय छ । कीर्तिमानी काम शुरु हुन सक्छ । कार्यमा धेरैले साथ दिनेछन् । आयबल र आरोग्य बढ्नेछ । प्रेममा आकर्षण बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

कर्कट – कर्मबल बढ्ने देखिए पनि आजको दिन त्यति शुभदायी नरहला । आलस्यका कारण बीचैमा काम रोकिन सक्छ । अस्वस्थता एवं काम बिग्रने भयले सताउन सक्छ ।आर्थिक दृष्टिले न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने अवस्था देखिन्छ । स्वास्थ्यगत समस्याले पनि सताउन सक्छ । तथापि रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – शुभता वृद्धि हुनेछ । आरोग्यता बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । आलोचकहरू परास्त होलान् । काममा लगनशील बन्दा दिगो फाइदा उठाउन सकिनेछ । ऋणमोचन हुने सम्भावना देखिन्छ । सुखद समाचारले उत्साह जगाउनेछ । खेलकुद र भ्रमण आदिमा आकर्षण बढ्नेछ । रसरागको भाव वृद्धि हुनेछ ।

कन्या – आजको दिन प्रतिस्पर्धीहरूले समस्या उब्जाउन सक्छन । सहयोगीहरू प्रतिस्पर्धामा उत्रिनाले समस्या उत्पन्न होला । यसका बाबजुद कीर्तिमानी काम सुरु गर्ने समय छ । धेरैले साथ दिनेछन् । अप्रत्यासित रुपमा धनलाभ हुने देखिन्छ । दौडधुप वृद्धि हुनेछ । साझेदारीको काम बन्नेछ । सुख बढ्नेछ ।

तुला – आज विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले पछि परिएला । समय र नियमलाई बेवास्ता नगर्नु हितकर होला । विशेष जिम्मेवारी वहन गर्नुपर्ने स्थिति आउन सक्छ । रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । आरोग्यता बढ्नेछ । शत्रुसित लड्ने सामर्थ्य बढ्ने योग छ । बोली र व्यक्तित्वको प्रभाव बलियो रहनेछ ।

वृश्चिक – आरोग्यता वृद्धि हुने भए पनि आफ्नै कमजोरीले अवसर गुम्न सक्छ । विगतको श्रमबाट सामान्य लाभ होला तर परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न हुनेछ । यसका बाबजुद रोकिएका काम सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन गर्न सकिनेछ । कर्ममा सफल साबित हुनुहुनेछ ।

धनु – प्रेमभाव बढ्नेछ । विगतका कमीकमजोरीलाई सुधार गर्ने अवसर प्राप्त होला । अवरोधका बीच समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । आरोग्यता बढ्नेछ । लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ ।

मकर – व्यस्तता बढ्नेछ । विभिन्न अवसर प्राप्त हुनेछन् । दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्ने समय छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । तथापि, आफूभन्दा कमजोरहरूसँग सम्झौता गर्नुपर्दा खिन्नता उत्पन्न हुन सक्छ । रसराग तथा प्रेममा सफलता मिल्नेछ । आफन्तको साथ प्राप्त होला ।

कुम्भ – पराक्रम बढ्ने र प्रयासरत काम बन्ने दिन छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्यांकन हुनेछ । आज केही समस्या देखिए पनि दिन मनोरञ्जनपूर्ण रहनेछ । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । देखापरेको समस्याको समाधान मिल्नेछ । शुभ समाचार प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बढ्ला ।

मीन – धन वृद्धि हुने र सुख बढ्ने समय छ । गरेका कामबाट प्रशस्त लाभ मिल्नेछ । तर, सोख पूर्तिका लागि खर्च भने बढ्न सक्छ । सानातिना समस्यामा अल्झनुपर्ने स्थिति आए पनि रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।