आजको पञ्चाङ्ग एवम् राशिफल (१५ माघ २०७९ आइतबार, २९ जनवरी २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१५ माघ २०७९ आइतबार, २९ जनवरी २०२३)


अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ शिशिर ऋतु वि.सं. २०७९ माघ १५ गते आइतबार तद्अनुसार सन् २०२३ जनवरी २९ तारिख माघ शुक्ल पक्षको अष्टमी तिथि भरणी नक्षत्र शुभ योग बालब करण आनन्दादियोगमा काल योग चन्द्रमा मेष राशीमा भ्रमणशील रहनेछ । काठमाडौमा सूर्योदय बिहान ६ः५४ मा भयो र सूर्यास्त साँझ १७ः४० बजे हुनेछ । अष्टमी व्रत, गोरखकाली पूजा, भीष्माष्टमी ।

आजको राशिफल

मेष – आजको दिन आशा देखाउनेहरूले धोका दिन सक्छन्, सावधान रहनुहोला । लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ने स्थिति आउन सक्छ, सोचिविचारी कदम चाल्नु हितकर हुनेछ । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन् । यसका बाबजुद तपाईंको तार्किक क्षमताले सम्मान दिलाउनेछ । शुभता बढ्नेछ । सुख वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ ।

वृष – लगानी वृद्धि हुने तथा खर्च बढ्ने दिन छ । आँटले काम लिन नसक्दा पछि परिने र स्वास्थ्य कमजोर रहे पनि परहितमा राम्रै काम गर्न सकिने योग छ । मेहनतले विभिन्न अवसर जुटाउन सकिनेछ भने शुभचिन्तकहरूले साथ दिनेछन् । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । आशा उत्साह थपिनेछ । सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।

मिथुन – आजको दिन दिगो फाइदा हुने काम सुरु हुन सक्छ, तर अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला । ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । कार्यक्षमता वृद्धि हुनेछ । प्रेममा आकर्षण बढ्नेछ । इष्टमित्र र सन्तानको सुख प्राप्त हुनेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट – आजको दिन कर्मबल बढ्ने र रसरागमा आकर्षण बढ्ने भए पनि स्वास्थ्य कमजोर रहन सक्छ । सरसापटमा धन खर्च हुने समय छ । आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । स्वास्थ्यको कमजोरीले पढाइमा बाधा पुग्न सक्छ । अप्रिय समाचारले मन खिन्न तुल्याउन सक्छ । यात्रामा भने सफलता प्राप्त हुनेछ ।

सिंह – शुभता वृद्धि हुनेछ भने आरोग्यता बढ्नेछ । सजिलै काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । जटिल काम सम्पादन हुनाले पराक्रम र उत्साह बढ्नेछ । व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागको भाव वृद्धि हुनेछ ।

कन्या – आज परिस्थिति अलिक प्रतिकूल रहेको अनुभूति होला । तर सहयोगीहरूले काममा साथ दिनेछन् । विगतको श्रमबाट धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन् । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ । साझेदारीको काम बन्नेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

तुला – प्रेमभाव र आरोग्य बढ्नेछ । मान सम्मानमा निरन्तर बृद्धि भैरहनेछ । परिस्थितिसँग केही सम्झौता गर्नु पर्ने देखिन्छ । वैदेशिक कामकाजमा फाइदा होला। मनको डर उत्साहमा रूपान्तरित हुने योग छ। टाढाको यात्रा गर्ने मौका छ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – आरोग्य वृद्धि हुने र सामर्थ्य बढ्ने भए पनि लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। धेरैले तपाईंका कामको तारिफ गर्नेछन्। सोखले खर्च बढाउने सम्भावना छ। खेलकुद भ्रमण आदिमा आकर्षण बढ्नेछ । कर्ममा सफल साबित हुनुहुनेछ । कल्याणकारी कार्यमा आकर्षण बढ्नेछ ।

धनु – साझेदारीको काम बन्ने दिन छ । तर सहयोगीहरूको भरपर्दा काममा बाधा पुग्न सक्छ, सजग रहनुहोला । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला। प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुने योग देखिन् । दैनिक काममा सफलता मिल्नेछ ।

मकर – व्यस्तता बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । भ्रमण वृद्धि हुनेछ । आशा उत्साह बढ्ला । रसराग प्रेममा सफलता मिल्नेछ । मित्रताको बन्धन कसिनुका साथै रमाइलो भेटघाट हुनेछ। विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । आफन्तको साथ मिल्नेछ । आयस्रोत बढ्ला ।

कुम्भ – पराक्रम बढ्ने र प्रयासरत काम बन्नेछ । देखापरेको समस्याको समाधान मिल्नेछ । रचनात्मक काम सुरु गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। पारिवारिक आत्मीयता बढ्नेछ । विभिन्न अवसर प्राप्त हुनेछन्। साँझतिर महत्वाकांक्षी योजना फलीभूत हुन सक्छन् । मान प्रसंशा बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । वार्तामा सफलता मिल्नेछ ।

मीन – अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहने समय छ। स्वास्थ्य कमजोर रहला। तथापि, दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । काम बिग्रने डरले सताए पनि मेहनत गर्दा फाइदै हुनेछ । थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुने देखिन्छ । सुखको वस्तु बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।