आजको पञ्चाङ्ग एवम् राशिफल (१६ माघ २०७९ सोमबार, ३० जनवरी २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१६ माघ २०७९ सोमबार, ३० जनवरी २०२३)


अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ शिशिर ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ माघ १६ गते सोमबार तद्अनुसार सन् २०२३ जनवरी ३० तारिख माघ शुक्ल पक्षको नवमी तिथि कृतिका नक्षत्र शुक्ल योग तैतिल करण आनन्दादिमा स्थिर योग चन्द्रमा मेष राशिमा ६ः५८ बजेसम्म त्यसपछि वृष राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ६ः५४ मा र सूर्यास्त साँझ १७ः४१ बजे हुनेछ । द्रोण नवमी, शहीद दिवस ।

आजको राशिफल

मेष – आजको दिन उतारचढावपूर्ण रहन सक्छ । समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ, होसियारीसाथ काम लिने प्रयत्न गर्नुहोला । आफ्नै कमजोरीका कारण मित्रजन टाढिन सक्छन् । पुराना समस्या दोहोरिन सक्छन्। स्वास्थ्यमा कमजोरी तथा उपचारमा खर्च हुने योग छ , सचेत रहनुहोला । मिठो भोजन मिल्ने र शत्रुमाथि विजय प्राप्त हुने योग छ ।

वृष – दिन त्यति शुभदायी देखिन्न । कार्यबोझ बढ्नेछ भने आलस्यताले सताउन सक्छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् साथै सहयोग गर्नेहरू पनि कमै भेटिनेछन् । जिम्मेवारी बढ्नेछ तर बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाट धोका पाइने योग रहेकोले सावधान रहनु हितकर होला । बौद्धिक र रचनात्मक काममा भने सफलता मिल्नेछ । आशा उत्साह थपिनेछ । रसरागमा आकर्षित हुनु हुनेछ ।

मिथुन – दिन राम्रो छ । जाँगरका साथै कार्यक्षमता वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । प्रेममा आकर्षण बढ्नेछ । धेरैको मन लोभ्याउन सकिने छ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ला । साझेदारी काममा राम्रो फाइदा हुनेछ भने आयआर्जनका स्रोत बढ्नेछन् । इष्टमित्र एवम् सन्तानको सुख प्राप्त हुनेछ । आशा उत्साह बढ्नेछ ।

कर्कट – भाग्यवर्द्धक समय छ । धन र प्रतिष्ठा कमाउने बेला छ । कीर्तिमानी काममा सफलता मिल्ला । नयाँ जिम्मेवारीको अवसर प्राप्त होला । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । मिठो भोजन प्राप्त हुनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – कर्मबल वृद्धि हुनेछ, तर आर्थिक अभाव देखा पर्न सक्छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् । समयको पावन्दीलाई ख्याल गर्न नसक्दा अवसर गुम्न सक्छ । आज व्यवसायमा पनि सोचेको फाइदा नहुन सक्छ । स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न नसकिएला । प्रतिकुलताका बाबजुद रसरागको भाव वृद्धि हुनेछ ।

कन्या – भाग्यबल वृद्धि हुनेछ । ऋण र शत्रुमाथि विजय प्राप्त होला । मनोकूलको काम बन्नेछ । आँटले अवसर दिलाउनेछ भने अवसरले उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूलाई किनारा लगाउन सकिनेछ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । तर फाइदाका पछि लाग्दा सम्बन्ध बिग्रन सक्छ, सावधान रहनुहोला । आर्थिक कार्यमा सफलता मिल्नेछ ।

तुला – आजको दिन राम्रो छ । श्रमको उचित मूल्यांकन होला । नयाँ ज्ञान प्राप्त हुने योग छ । आजको कामबाट मनग्य धनलाभ हुन सक्छ । साँझदेखि सहयोगीहरूले उत्साह जगाउनेछन् । आम्दानी बढ्नेछ, परिवारजनका आवश्यकता पूरा हुनेछन् । मान–महत्व वृद्धि हुनेछ । मिठो भोजन खान पाउनुहुनेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो रहला ।

वृश्चिक – सेवामूलक कार्यले प्रतिष्ठा हासिल हुने समय छ । बौद्धिक चिन्तनले नयाँ विचार जन्माउन सक्छ। तार्किक क्षमता बढ्नेछ र अध्ययनमा प्रगति हुनेछ । भौतिक साधन बिग्रनाले लक्ष्य प्राप्त गर्न नसकिएला । सावधानीले सामान्य फाइदा उठाउन सकिनेछ । व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । प्रेमभाव र आरोग्यता वृद्धि हुनेछ । कल्याणकारी कार्यमा आकर्षण बढ्नेछ । प्रयासरत काम बन्ने योग छ ।

धनु – आज काममा केही चुनौती देखापर्न सक्छ तर मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन्, ध्यान राख्नुहोला । खर्च बढ्नुका साथै अर्थ अभाव महसूस हुन सक्छ । चुनौती पन्छाउँदै होसियारीसाथ काम लिनुपर्ने समय छ । साझेदारीको काम बन्नेछ । लगानी उठाउन चाहेमा सफल रहनु हुनेछ । दैनिक काममा सफलता मिल्नेछ ।

मकर – दिन मिश्रित फलदायी छ । प्रेमभाव बढ्नेछ । मिठो भोजन प्राप्त हुने । रसराग प्रेममा सफलता मिल्नेछ । तर, आज काम बिग्रने डरले पनि सताउन सक्छ, सजग रहनुहोला । व्यवसायमा समस्या देखापर्न सक्छ । चिताएका काममा बाधा हुनुका साथै परिस्थितिले अप्ठ्यारो परिवेश निम्त्इदिन सक्छ । सामाजिक दायित्व बढ्नेछ ।

कुम्भ – व्यस्तता बढ्नेछ । प्रयासरत काम बन्ने दिन छ । देखापरेको समस्याको समाधान मिल्नेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । व्यापारमा फाइदा हुने छ । शुभचिन्तकहरूको सहयोग जुट्न सक्छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । चिताएको कामले राम्रै लाभ दिलाउनेछ । मान प्रसंशा बढ्नेछ । शुभ समाचार प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बढ्ला ।

मीन – पराक्रम बढ्ने र धन वृद्धि हुने समय छ । भाग्यबल बढ्नेछ । आजको दिन अरूलाई प्रभावित पारेर काम बनाउने योग छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । नयाँ कामको प्रस्ताव आउनेछ । ,तथापि, मूख्य काममा बाधा हुन सक्छ, सावधानीपूर्वक काम लिनुहोला । कार्यदक्षता वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।