आजको पञ्चाङ्ग एवम् राशिफल (२२ माघ २०७९ आइतबार, ५ फरवरी २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२२ माघ २०७९ आइतबार, ५ फरवरी २०२३)


अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ शिशिर ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ माघ २२ गते आइतबार तद्अनुसार सन् २०२३ फरवरी ५ तारिख माघ शुक्ल पक्षको पूर्णिमा तिथि तिष्य नक्षत्र नक्षत्र आयुष्मान योग भद्रा करण आनन्दादिमा श्रीवत्स योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहला । काठमाडांैमा सूर्योदय बिहान ६ः५१ मा र सूर्यास्त साँझ १७ः४६ बजे हुनेछ । पूर्णिमा व्रत, श्रीस्वस्थानी व्रत समाप्ति, माघस्नान समाप्ति, माघ यात्रा, झापा किचकवधमेला ।

आजको राशिफल

मेष – दौडधुप र खर्च बढ्नेछ । परिवारजनमा असन्तुष्टि बढ्न सक्छ । तथापि स्वास्थ्य सबल बन्नेछ भने विभिन्न अवसरले पछ्याउन सक्छन् । मुद्दामामिला तथा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम सजिलै सम्पादन हुनेछन् । सुख वृद्धि हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – आज पराक्रम र आरोग्यता वृद्धि हुनेछ । समयमा निर्णय लिन नसक्ता हातमा आएको अवसर गुम्न सक्छ, ध्यान राख्नुहोला । आत्सम्मानमा चोट पुग्ने सम्भावना छ, सचेत रहनुहोला । रोकिएका काम बनी नयाँ काम सुरु हुने योग छ । व्यापारमा फाइदा हुनेछ । सामाजिक प्रतिष्ठा पाइनेछ । शत्रु परास्त हुनेछन् । इष्टमित्रको साथ प्राप्त हुनेछ । सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षित हुनु हुनेछ ।

मिथुन – कार्यक्षमता वृद्धि हुनेछ । प्रेममा आकर्षण बढ्नेछ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । तर परिवारजनमा केही असमझदारी बढ्न सक्छ, सावधान रहनुहोला । राजनीतिक पहुँच बढ्ने योग छ । नयाँ सम्भावना देखापर्ने छ । प्रयासरत काम बन्नेछ ।

कर्कट – आरोग्यता र सुख बढ्नेछ । आज मिठो भोजन प्राप्त हुनेछ । प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट हुनुका साथै मंगलमय काम सम्पादन हुनेछ । काममा आफन्तको सहयोग जुट्न सक्छ । आम्दानी बढ्नाले उत्साह थपिनेछ । ऋण र शत्रुमाथि विजय प्राप्त हुनेछ । तर ढाड वा जोर्नीको समस्याले सताउन सक्ने योग पनि छ ।

सिंह – लगानी वृद्धि हुने तथा खर्च बढ्नेछ । व्यस्तता बढ्ला । सुखद समाचारले काममा उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । आत्मीय जनसँग भेटघाट हुनेछ भने व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ । कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ । भ्रमणादिमा आकर्षण बढ्नेछ । रसराग वृद्धि हुनेछ ।

कन्या – आयबल वृद्धि हुनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । टाढाको यात्राबाट धनलाभ हुन सक्छ । प्रेम र मित्रताको बन्धन कसिने समय छ । व्यापार–व्यवसायमा राम्रै फाइदा हुनेछ । बन्धुबान्धवको सहयोग प्राप्त होला । साथीभाइको सहयोग जुट्नाले अप्ठ्यारा काम पनि सहजै सम्पादन हुनेछन् । प्रयासरत काममा सफलता प्राप्त हुनेछ । सुख बढ्नेछ ।

तुला – आज कर्मबल वृद्धि हुने योग भएपनि स्वास्थ्य समस्याले सताउन सक्छ । पतिपत्नीबीच असमझदारी बढ्ने सम्भावना छ । चिताएको काममा ढिलासुस्ती हुनेछ । राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्ने देखिन्छ । बोली र व्यक्तित्वको प्रभाव बलियै रहनेछ ।

वृश्चिक – भाग्यवर्द्धक काम बन्नेछ । प्रेमभाव वृद्धि हुनेछ । कर्ममा सफल सावित हुनुहुनेछ । व्यवसायमा लगानी बढाउने समय छ । आफन्त, परिवारजनमा आत्मीयभाव बढ्नेछ । जीवनसाथीलाई भने केही पीडा हुने ग्रहयोग छ । दाजुभाइ तथा दिदिबहिनीमा केही असमझदारी बढ्ने सम्भावना छ । आजको दिन समाजले बहिष्कार गरेका वा खराब आचरण भएकाहरूसँग नजिकिनुबाट जोगिनु हितकर हुनेछ । यश वृद्धि हुनेछ ।

धनु – आजको दिन निकै शुभदायी छ । सुख–समृद्धि बढ्नेछ । उन्नति–पदोन्नति हुनेछ । लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने समय छ । नयाँ उद्योग वा विशेष काम सुरु गर्ने मौका जुर्ला। कुनै नयाँ काम प्रारम्भ हुन सक्छ। आर्थिक समस्या पनि समाधान हुनेछ । राजनीतिक पहुँच बढ्नेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ ।

मकर – आज आरोग्यता र आशा उत्साह बढ्ला । रसराग एवम् प्रेममा सफलता मिल्नेछ । बन्धुबान्धवसँग असमझदारी बढ्ने योग छ । पठनपाठनमा राम्रो उन्नति होला । सन्तान वा अनुयायीले पनि प्रसन्नता दिलाउनेछन् । रमाइलो एवम् फलदायी यात्राको सम्भावना पनि रहेको छ । विभिन्न अवसरले पछ्याउनेछन् । विजयश्री मिल्नेछ ।

कुम्भ – दिन त्यति सुखदायी नहोला । प्रतिस्पर्धीहरूले आफ्नो ठाउँ ओगट्न सक्छन् । पुरानो रोगले पुनः दुःख दिन सक्छ । घरखर्च बढ्नुका साथै व्यापारमा केही मन्दी आउने योग छ । घरेलु समस्याले महत्वपूर्ण काममा बाधा पुग्न सक्छ । घर–जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउन सक्छ । यी सबका बाबजुद प्रतिष्ठित व्यक्तितवसँग मित्रता बढ्नेछ । आरोग्यता बढ्नेछ । समस्याको समाधान प्राप्त होला ।

मीन – प्रेमभाव र सुख वृद्धि हुनेछ । कार्यदक्षता वृद्धि होला । आजको दिन सवारीसाधन वा हातहतियार उपयोग गर्दा विशेष सावधानी अपनाउनुहोला । आर्थिक समस्या समाधान हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।