कुखुरा फर्ममा आगलागी, साठी लाखबराबरको क्षति

कुखुरा फर्ममा आगलागी, साठी लाखबराबरको क्षति


  • डम्बर निदाल, डडेल्धुरा

डडेल्धुराको एक कुखुरा फर्ममा आगलागी हुँदा लाखौको क्षति भएको छ । जिल्लाको अजयमेरु-१ मा रहेको दाना गोदाम तथा कुखुरा फर्ममा आगलागी हुँदा लाखौंको क्षति भएको हो । गए राती अजयमेरु-१ स्थिते काशिराम भट्टको ब्रदर्श पोल्ट्री फिड्स/पवन एग्रोभेट मा आगलागी भएको हो ।

ब्रदर्श पोल्ट्री फिड्स/पवन एग्रोभेटमा आगलागी हुँदा दाना गोदाम तथा कुखुरा फर्ममा करिव ६० लाख वरावरको क्षति भएको छ । गएराति करिव १ः३० वजे विद्युुत सट भएर आगलागी हुाँ डडेल्धुराका पहिलो कुखुरा व्यवसायी तथा दाना सप्लायर्स भट्टका दानासहितको गोदाम, कुखुरा फारम लगायत औषधी र काठको गोदाम घर तथा कुखुरा फारममा क्षति भएको प्रहरीले जनाएको छ ।

गएको साता मात्रै गोदाममा चार सय बोरा विभिन्न श्रेणीका दानाहरु राखेको साथै खोरमा १२ सय वढि व्वायलर कुखुराका चल्ला रहेको र औषधी, करिव ४५० बोरा दाना, घरको क्षति लगायतको लागनी हेर्दा ६० लाख सम्मको नोक्सान भएको कारीराम भट््टले जानकारी दिए । आगलागीले ठुलो नोक्सान पुगेको पीडित भट्टको भनाइ छ । आगलागी विद्युतबाट नै भएको हुन सक्ने उनको भनाइ छ । आगलागीले दाना गोदाम र चल्ला पुर्ण रुपमा नष्ट भएको घट्नास्थलमा मुचुल्का उठाउन पुगेको प्रहरीको टोलीले जनाएको छ ।

काठबाट निर्माण गरिएको गोदाम र कुखुरा खोरमा लागेको आगो नियन्त्रण गगर्न अमरगढी नगरपालिकाको दमकलले सहयोग गरेको जनाएका छन् । करिव १ः३० मा लागेको आगो ४ बजे मात्रै नियन्त्रणमा आएको थियो ।

जिल्लामा करिव २० वर्षदेखि कुखुरा व्यवसाय गर्दै आएका काशिरामले जिल्लाका अन्य कुखुरा व्यवसायीलाई व्वायलर कुखुराको चारो, दाना, कुखुराका चल्ला, औषधीलगायत बेचविखन गर्दै आएका थिए । पुनः फोरम सञ्चालनका लागि आवश्यक सहयोगका लागि पीडितले अनुरोध समेत गरेका छन् ।