आजको पञ्चाङ्ग एवम् राशिफल (२३ माघ २०७९ सोमबार, ६ फरवरी २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२३ माघ २०७९ सोमबार, ६ फरवरी २०२३)


अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ शिशिर ऋतु वि.सं. २०७९ माघ २३ गते सोमबार तद्अनुसार सन् २०२३ फरवरी ६ तारिख फाल्गुन कृष्ण पक्षको प्रतिपदा तिथि अश्लेषा नक्षत्र सौभाग्य योग बालब करण आनन्दादियोगमा सौम्य योग चन्द्रमा कर्कट राशिमा १४ः१४ बजेसम्म त्यसपछि सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५० बजे र सूर्यास्त साँझ १७ः४७ बजे हुनेछ ।

आजको राशिफल

मेष – खास कार्य गर्दैहुनुहुन्छ भने आज विशेष ध्यान लगाउनुहोला । बाँकी सब सामान्य नै चल्नेछन् । बौद्धिक र सृजनात्मक काममा सफलता मिल्नेछ । इष्टमित्र र सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ भने रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – दिन शुभदायी छ । आशा उत्साह बढ्नेछ । नयाँ काममा हात हाल्ने समय आएको छ । प्रतिष्ठित काम सम्पादन गर्ने अवसर जुट्नेछ । मान र विद्या प्राप्त हुने समय छ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन् । रसरागमा आकर्षण बढ्नेछ । कर्मबल बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । रोकिएको काम बन्नुसंगै नयाँ कार्यमा पनि सफलता मिल्नेछ ।

मिथुन – हिम्मतले काम बन्ने दिन छ । मान–महत्व बढ्ला । सोचेको काम पूर्ण रुपमा सम्पादन हुनेछन् । खर्च लागे पनि चिताएको काम बन्नेछ । आत्मविश्वास र महत्वाकांक्षा उच्च रहनेछ । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । साझेदारीको काममा सफलता मिल्नेछ । आरोग्यता वृद्धि होला । दायित्व पूरा गर्नुहुनेछ ।

कर्कट – आरोग्यता बढे पनि आज आर्थिक अभावले सताउन सक्छ । तथा,ि विपरीतलिंगी वा केही हितैषी मित्रहरूले साथ दिनेछन् । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । अस्वस्थताका बीच कामको बोझ बढ्नेछ । यात्रामा सफलता प्राप्त होला । बौद्धिक र रचनात्मक काम बन्नुका साथै रोकिएका काम बन्नेछन् । खेलकुद भ्रमणमा रुचि बढ्ला । मनोकूलको कर्ममा प्रवृत्ति बढ्ला । मिठो भोजन मिल्नेछ । सुख शांति बढ्नेछ ।

सिंह – आजको दिन मिश्रित फलदायी रहला । शुभ समाचार प्राप्त हुनेछ । आफन्तसित भेटघाट होला । राजनीतिक व्यक्तित्वबाट धोका हुन सक्छ, सावधान रहनुहोला । स्वास्थ्यको लागि खानपानमा सजक रहनुहोला । विभिन्न अवसर प्राप्त हुन सक्छ, तर सफलताको लागि अरुको मुख ताक्ने बानीले धोका हुन सक्छ । आज प्रेम प्रस्ताव प्राप्त हुने योग छ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । शत्रुप्रति विजय प्राप्त हुनेछ ।

कन्या – नयाँ काममा हात हाल्ने समय आएको छ । कृषि व्यवसाय तथा पशुधनबाट विशेष फाइदा हुने दिन छ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ भने कार्यक्षमता वृद्धि हुनेछ । परिवारिक सुख वृद्धि होला । भोगविलासमा मन रमाउनेछ । भाग्यबल बढ्नेछ । मनोकूलको काममा सफलता मिल्नेछ । रोकिएको काम बन्नुसँगै नयाँ काम पनि बन्नेछ । मान महत्व बढ्नेछ । रसविलासमा रुचि बढ्नेछ । ख्याति फैलिनेछ । यात्रामा सफलता हासिल हुनेछ ।

तुला – कर्मबल र आरोग्यता बढ्नेछ । धन मान वृद्धि होला । रोकिएको काम बन्नेछ । कार्यक्षेत्रमा सफलता मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । दाम्पत्य सम्बन्ध सुमधुर रहला । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नु हितकर होला । परिवारिक भेटघाटले आनन्द मिल्नेछ । नयाँ कार्यमा सफलता पाउनुहुनेछ । आफन्तको सहयोग र समर्थन मिल्नेछ ।

वृश्चिक – दायित्व बढ्नेछ । काममा अवरोध उत्पन्न हुन सक्छ । धैर्य र विवेकले काम गर्नु राम्रो हुनेछ । धनमाल हराउने वा ठगीमा परिने ग्रहयोग छ । अलिक दृष्टिभ्रममा परिएला । विशेष अवसर प्राप्त भए पनि इर्ष्या गर्नेहरूले दुःख दिनेछन् । अनायसै खर्च पनि हुन सक्छ । स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहनेछ । आफन्तको सहयोग बढ्ला । आमोदप्रमोदमा रमिरहनुहुनेछ । धैर्य र संयमले काम गरेमा सफलता मिल्नेछ ।

धनु – समय मिश्रित फलदायक रहनेछ । देखिएको समस्याको समाधान गर्नुहुनेछ । खर्च गर्नुपर्ने समय छ । लामो समयदेखि गरिएको लगानी र श्रमबाट कममात्र प्रतिफल पाइएला । आज ठूला ब्यक्तिहरुबाट सम्मान प्राप्त होला, र मिष्ठान्न भोजन पनि प्राप्त हुने दिन रहेको छ । नजिकका साथीभाइ आज टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध गाँसिनेछ । मनोकूलको काम बन्नेछ ।

मकर – दामपत्य सुख र प्रेमभाव बढ्नेछ । आरोग्यता बढ्नेछ । मित्रजनसँग भने वैरभाव बढ्न सक्छ । विगतका कमजोरी सच्याउने मौका मिल्नेछ । विशिष्ट व्यक्तित्वको सहयोगले विशेष अवसर पाइनेछ । धनलाभ पनि होला । काम र पदको आशा देखाउनेहरूले फसाउन सक्छन् होस राख्नुहोला । बौद्धिक र रचनात्मक कार्यमा सफलता पाउनुहुनेछ । इष्टमित्रको सहयोग प्राप्त होला ।

कुम्भ – आरोग्यता बढ्नेछ । धन बढ्नेछ । सामर्थ्य बढ्नेछ । रसरागको भाव वृद्धि हुनेछ । काममा सफलता मिल्नेछ । घरपरिवारको स्थिति अनुकूल रहनेछ । कार्यव्यवस्था क्षेत्रमा सफलता मिल्नेछ । सभासमारोहमा पुरस्कार पाउनुहुनेछ । आर्थिक पक्ष बलियो बन्ने छ । विजयश्री मिल्ने छ । मनोकूलको काममा सफलता मिल्नेछ । आनन्द बढ्नेछ । सुख शांति बढ्ला ।

मीन – मित्रमिलन हुनेछ । प्रेमभाव वृद्धि होला । आर्थिक अभावले सताउन सक्छ । अधैर्यपना बढ्नुका साथै काम नबन्ने डरले सताउन सक्छ । धन वृद्धि हुनेछ । शुभता बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । मन अनुकूलको काम बन्नेछ । रोगबाट छुट्कारा पाउनुहुनेछ । आशा उत्साह बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।