शिवशिखरलाई नेविसंघको पन्ध्रदिने अल्टिमेटम !

शिवशिखरलाई नेविसंघको पन्ध्रदिने अल्टिमेटम !


  • डम्बर निदाल, डडेल्धुरा

नेपाल विद्यार्थी संघ डडेल्धुराले शिवशिखर सहकारीलाई १५ दिने अल्टिमेटम दिएको छ । प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेलाई ज्ञापनपत्र बुझाउँदै नेपाल विद्यार्थी संघले सहकारीका सञ्चालकलाई समयमै जनसम्पर्क गरी जनताको लगानी सुरक्षित रहेको ग्यारेन्टी गर्न १५ दिने अल्टिमेटम दिएको हो ।

नेपाल विद्यार्थी संघ डडेल्धुराले १५ दिनभित्र विश्वस्त आधारसहित जनताको रकम सुरक्षित भएको जानकारी नदिएमा शिवशिखर सहकारीका विरुद्ध संघर्षका कार्यक्रम तय गरेर जुनसुकै मुल्य चुकाउन पनि तयार हुने ज्ञापन पत्रमार्फत जनाएको छ ।

डडेल्धुराका किसान, व्यापारी र दैनिक ज्यालादारी गरी जीविकोपार्जन गरिरहेका नागरिकले आफ्नो बालबालिकाको भविष्यलाई मध्यनजर गर्दै जम्मा गरेको बचत रकम डुब्ने खतरा बढेपछि नेविसंघ डडेल्धुराले ध्यानाकर्षण भएको जनाएको हो ।

डडेल्धुराका जनताको करिब ४० करोड रकम संकलन गरी शिवशिखर बहुउद्देश्य सहकारी संस्थाले बजारमा करिब दुई करोड मात्र लगानी गरेको जानकारी प्राप्त भएकाले शिवशिखर बहुउद्देश्य सहकारी संस्थाको बारेमा पत्रपत्रिकामा प्रकाशित समाचार साँचो हो भने यसमा नेपाल विद्यार्थी संघ डडेल्धुरा सरोकारवाला निकायलाई सत्यतथ्य छानबिन गरी दोषीलाई कानूनी दायरामा ल्याउन माग गर्दछौँ भनि नेविसंघ डडेल्धुराका अध्यक्ष पवन ऐरद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

उक्त सहकारीले ठगी गरिरहेको भान भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । संघले सहकारीका सञ्चालकलाई समयमै सम्पर्क गरी जनताको लगानी सुरक्षित गरिदिनसमेत आग्रह गरेको छ ।