विश्व युद्धतर्फ अघि बढिरहेको संयुक्त राष्ट्रसंघका महासचिवको आशङ्का

विश्व युद्धतर्फ अघि बढिरहेको संयुक्त राष्ट्रसंघका महासचिवको आशङ्का


संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले युक्रेनयुद्धको बढ्दो सम्भावनाको कारण विश्व नै ‘बृहत्तर युद्ध’तर्फ गइरहेको डर देखिएको बताएका छन् । युक्रेनमा रूसी आक्रमणले युक्रेनी जनतालाई अव्यक्त पीडा दिइरहेको छ जसको असर विश्वव्यापीरूपमा देखिएको उनको भनाइ छ ।

महासचिव गुटेर्रेसले विश्व जटिल युद्धतिर अगाडि बढिरहेको र त्यसलाई रोक्न संयुक्त राष्ट्रसंघको बडापत्रका आधारभूत मूल्य र मान्यतालाई आत्मासात गर्न आग्रह गरेका छन् ।

पूर्वी युक्रेनका शहरहरू नियन्त्रणका लागि युक्रेनी र रुसी सेनाबीच भीषण लडाइँ चलेको पनि झण्डै एक वर्ष भइसक्यो हालैका हप्ताहरूमा यो युद्ध थप जटिल र तीव्र बन्दै गएको छ।

उनले युक्रेन युद्धका कारण चौतर्फी असर देखिएको र जलवायु प्रकोप, बढ्दो आणविक खतराका कारण विश्वमा जटिल राजनीतिक र आणविक प्रतिस्पर्धा देखिएको टिप्पणी गरेका छन् ।

उनले मानवअधिकारको विश्वव्यापी घोषणाको भएको यस वर्षको ७५औँ वर्ष पुगेको छ र यसले सबै जनताको अपरिहार्य अधिकारको जग ‘स्वतन्त्रता, न्याय र शान्ति हो’ भन्ने मानककारूपमा काम गर्नुपर्ने बताएको एबीसी न्युजले उल्लेख गरेको छ।

महासचिव गुटेर्रेसले अफगानिस्तान, म्यान्मा, हाइटी लगायतका देशमा जारी राजनीतिक सङ्कटतर्फ पनि विश्व समुदायको ध्यान केन्द्रित गरेका छन् ।

महासचिवले सबै देशहरूले विवादको शान्तिपूर्ण समाधानका लागि आह्वान गर्दै द्वन्द्व रोकथाम र मेलमिलापमा ध्यान केन्द्रित गर्ने राष्ट्रसंघको बडापत्रमा पुनः प्रतिबद्ध हुने समय आएको स्मरण गराएका छन् ।