आजको पञ्चाङ्ग एवम् राशिफल (२५ माघ २०७९ बुधबार, ८ फरवरी २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२५ माघ २०७९ बुधबार, ८ फरवरी २०२३)


अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ शिशिर ऋतु वि.सं. २०७९ माघ २५ गते बुधबार तद्अनुसार सन् २०२३ फरवरी ८ तारिख फाल्गुन कृष्ण पक्षको तृतीया तिथि पूर्वाफाल्गुणी नक्षत्र अतिगण योग वणि करण आनन्दादियोगमा स्थिर योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः४९ बजे र सूर्यास्त साँझ १७ः४८ बजे हुनेछ ।

आजको राशिफल

मेष – समय सामान्य नै छ । रोकिएका कामकाज बिस्तारै बन्नेछन् । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । पारिवारिक सहयोग प्राप्त हुनेछ । तर, पुरानो रोगले सताउन सक्छ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ भने पहिलेका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ । दोधारको अवस्था सिर्जना हुनसक्छ, सचेत रहनुहोस् यात्रामा सफलता प्राप्त हुनेछ ।

वृष – व्यस्तता बढ्नेछ । रसरागमा आकर्षण बढ्ला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । कल्पना र भावनामा केन्दित भइने छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, बोली नियन्त्रणमा राख्नुहोला । नयाँ कामको प्रस्ताव आउनेछ । इष्टमित्र एवम् सन्तानको सुख प्राप्त होला । घरपरिवारको स्थिति अनुकूल रहला ।

मिथुन – पराक्रम बढ्ने दिन छ । नयाँ सम्भावना देखिन्छ । साझेदारीको काममा सफलता मिल्नेछ । काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ । अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ । आरोग्य वृद्धि हुनेछ । रसरागमा रुचि बढ्नेछ । कार्यक्षेत्रसित सम्बन्धित काम बन्नेछ ।

कर्कट – रचनात्मक काम सुरु गर्ने समय छ । बौद्धिक र रचनात्मक काम बन्नुका साथै रोकिएका काम बन्नेछन् । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । पढाइलेखाइमा प्रगति हुनेछ । स्वादिष्ट भोजनको आनन्द पाइएला । कामको सफलताले हौसला जगाउनेछ । खेलकुद तथा भ्रमणमा रुचि बढ्ला ।

सिंह – आजको दिन बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन गर्न सकिने योग भए पनि केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्छ । तथापि, मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । आरोग्यता वृद्धि हुनेछ । इष्टमित्र एवम् सन्तानको सुख प्राप्त हुनेछ । शत्रुप्रति विजय प्राप्त हुनेछ ।

कन्या – कार्यक्षमता वृद्धि हुने र परिवारिक सुख वृद्धि हुने दिन छ । भाग्यबल बढ्नेछ । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने योग भए पनि जटिल काम सम्पादन हुनाले पराक्रम र उत्साह बढ्नेछ। व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । पहिलेका कमजोरीलाई सुधार्ने मौका जुर्ला । रोकिएको काम बन्नुसँगै नयाँ काम पनि बन्नेछ । रसविलासमा रुचि बढ्नेछ । यात्रामा सफलता हासिल हुनेछ ।

तुला – आयबल र आरोग्यता बढ्नेछ । धन मान वृद्धि होला । प्रशंसकहरू बढ्नेछन् भने सहयोगीहरूले काममा साथ दिनेछन् । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्न सक्छ । विभिन्न उपहार प्राप्त हुने समय छ । रमाइलो जमघटको अवसर प्राप्त हुने देखिन्छ । आफन्तको सहयोग समर्थन मिल्नेछ । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । मन प्रसन्न रहला ।

वृश्चिक – कर्मबल र दायित्व बढ्नेछ । मातृधनको उपयोगबाट सामान्य लाभ उठाउन सकिनेछ । उत्साह–उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । मेहनतले सम्मानित स्थान दिलाउनेछ । नचिताएको ठाउबाट धन आर्जन हुनाले मन हर्षित होला । तर परिवारमा भने असमझदारी बढ्न सक्छ । धैर्य र विवेकले काम गर्नु राम्रो हुनेछ । रचनात्मक कार्य सफल रहनेछ ।

धनु – देखिएको समस्याको समाधान गर्नुहुनेछ । समइ अलिक उतारचढावपूर्ण रहला । ठगीमा परिने योग छ । आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला । कामले धेरैको मन लोभ्याउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । अरूलाई प्रभावित पारेर फाइदा उठाउने र पैत्रिक सम्पत्तिको उपयोगबाट लाभ हुने सम्भावना छ । आर्थिक सवलताको काममा लाग्नु हितकर रहला ।

मकर – जोखिम बढ्नेछ तर रोग र शत्रुलाई परास्त गर्ने सामर्थ्य बढ्नेछ । रसरागमा रुचि बढ्ला । प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत पलाउनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । आम्दानी बढाउन सकिनेछ । नयाँ सम्भावना देखा पर्ला । यात्रामा सफलता पाउनुहुनेछ । रचनात्मक कार्यमा सफलता पाउनुहुनेछ ।

कुम्भ – प्रेमभाव र आरोग्यता बढ्नेछ । रसरागको भाव वृद्धि हुनेछ । मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगति होला । आफन्तहरू नजिकिनेछन् । आज सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । मनोकूलको काममा सफलता मिल्नेछ । सुख शान्ति बढ्ला ।

मीन – आरोग्यता वृद्धि हुनेछ । अनावश्यक दौडधुपमा समय बितत्न सक्छ, सचेत रहनुहोला । समयको गतिलाई पछ्याउन नसक्दा अलिक दुःख पाइएला । अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । आजको दिन बोलीको प्रभाव बढ्नेछ । यात्राको योग पनि छ । रोगबाट छुट्कारा पाउनुहुनेछ । सन्तानको सुख प्राप्त होला ।