भ्रष्टाचार अभियोगमा युरोपेली संसद् सदस्य पक्राउ

भ्रष्टाचार अभियोगमा युरोपेली संसद् सदस्य पक्राउ


युरोपेली संसद्का एक जना सदस्य भ्रष्टाचार अभियोगमा पक्राउ परेका छन् । भ्रष्टाचारको अभियोग लागेका बेल्जियमाका सांसदको ब्याङ्क सेफ खोजबिन गरेपछि सोधपुछका लागि उनलाई पक्राउ गरिएको हो ।

बेल्जियमका सङ्घीय अभियोजनकहरूले शुक्रबार लिज शहरमा सांसद मार्क ताराबेलाको घरमा छापा मारेको थियो । उनलाई सोधपुछका लागि हिरासतमा लिइएको छ । उनले आफू निर्दोष भएको दाबी गर्दै आएका छन् । उनले सफाइ दिने मौका पाउनुपर्नेमा जोड दिँदै आएका एएफपीले जनाएको छ।

भ्रष्टाचारको आशङ्कामा बेल्जियमका अधिकारीहरूले तीन जनालाई हिरासतमा लिइसकेका छन् । सोह्र लाख अमेरिकी डलर नगद भ्रष्टाचार गरेको अभियोगमा उनीहरूसहित संसद्का सहयोगीलाई गत डिसेम्बरमा पक्राउ गरिएको थियो । हिरासतमा लिइएकामध्ये एक जना अभियुक्तका प्रेमी हुन् भने अर्का पूर्व सांसद हुन् ।