एयर इन्डियाले फ्रान्सबाट २५० वटा एयरबस विमान खरिद गर्ने

एयर इन्डियाले फ्रान्सबाट २५० वटा एयरबस विमान खरिद गर्ने


एयर इण्डियाले फ्रान्सको एयरबसबाट दुई सय ५० वटा विमान खरिद गर्ने भएको छ । यो निर्णय भारतको विमान खरिदको इतिहासमा विश्वको सबैभन्दा ठूलो उड्डयन सम्झौता हो ।

“हामीले एयरबससँग धेरै राम्रो सम्बन्ध बनाएका छौँ । आज म यो घोषणा गर्न पाउँदा खुसी छु कि हामीले एयरबसबाट दुई सय ५० वटा विमान खरिद गर्ने इरादा पत्रमा हस्ताक्षर गरेका छौँ,” टाटा सन्सका अध्यक्ष नटराजन चन्द्रशेखरनले घोषणा गरेका छन् । टाटा सन्सका अध्यक्षले प्रधानमन्त्री नरेन्द्र मोदी र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको उपस्थिति रहेको भर्चुअल कार्यक्रममा सो धारणा राखेका हुन् । सम्झौतामा ४० ए३५० वाइड बडी अल्ट्रा लङरेन्ज विमान समावेश छन् भने बाँकी न्यारो बडी विमान हुनेछन् ।

“हामीसँग माग बढेपछि फ्लीट अर्डरहरू बढाउन महत्त्वपूर्ण विकल्पहरू हुनेछन्,” चन्द्रशेखरनले भनेका छन् ।

भर्चुअल सम्मेलनमा भारतका नागरिक उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धिया, वरिष्ठ उद्योगपति रतन टाटा र अन्य नेताहरूसमेतको उपस्थिति रहेको थियो ।

“एयरबसका लागि एयर इण्डियाको पुनरुत्थानको स्क्रिप्टमा मद्दत गर्नु ऐतिहासिक क्षण हो,” एयरबसका प्रमुख कार्यकारी गुइलाउम फौरीले भिडियो सम्मेलनमा भनेका छन् । एयर इन्डियाले भर्खरैका अर्डरहरूमार्फत आफ्नो आन्तरिक र अन्तरराष्ट्रिय नेटवर्कलाई बढावा दिन विमानहरूको रिमिक्स खोजिरहेको थियो । यस वर्षको जनवरी २७ मा आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा एयर इन्डियाले आगामी पाँच वर्षमा आफूलाई भारतीयपन भएको विश्वकै उत्कृष्ट मध्येको एक बन्ने बताएको छ ।