बुल्गेरियामा ट्रकभित्र १८ आप्रवासी मृत फेला

बुल्गेरियामा ट्रकभित्र १८ आप्रवासी मृत फेला


बुल्गेरियाको राजधानी सोफियानजिकै शुक्रबार कम्तिमा १८ जना आप्रवासीहरू एक परित्यक्त ट्रकमा मृत फेला परेको त्यहाँको आन्तरिक मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

प्रारम्भिक जानकारी अनुसार ट्रकले अवैध रूपमा लगभग ४० जना आप्रवासीहरू बोकेको बताइएको छ । आप्रवासीहरू काठ बोकेको ट्रकमा लुकाएर यात्रा गराइएको पनि बताइएको छ ।

सिन्ह्वाले जनाएअनुसार तिनीहरूमध्ये १८ जनाको मृत्यु भइसकेको र केही बाँचेकाहरूलाई अस्पतालमा भर्ना गरिएको छ । यस विषयमा अनुसन्धान जारी छ ।