अमेरिका बन्दुकजन्य हिंसाबाट वर्षदिनभित्र पाँच हजार आठ सयको मृत्यु

अमेरिका बन्दुकजन्य हिंसाबाट वर्षदिनभित्र पाँच हजार आठ सयको मृत्यु


अमेरिकामा बन्दुकजन्य हिंसामा यस वर्ष पाँच हजार आठ सय जनाको मृत्यु भएको छ । बन्दुकजन्य हिंसासम्बन्धी अभिलेख अद्यावधिक गर्ने कार्यालयले सार्वजनिक गरेको हिजो आइतबारसम्मको विवरणमा उक्त सङ्ख्या उल्लेख गरिएको छ ।

आज टेनेसीको मेम्फिसमा भएको गोली काण्डमा एक जनाको ज्यान गएको छ भने अन्य १० जना घाइते भएका छन् । मेम्फिस प्रहरीका अनुसार गोलीकाण्ड गए राति एउटा नाइट क्लब र त्यसको आसपासको क्षेत्रमा भएको थियो ।

उक्त गोलीकाण्डको विवरण सार्वजनिक नगरिएको र आक्रमणकारीका बारेमा पनि केही नखुलाइएको सिन्ह्वाले जनाएको छ । घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

गत शुक्रबार मिसिसिपीको एउटा ग्रामीण क्षेत्रमा गोली हानाहान हुँदा ६ जनाको ज्यान गएको थियो ।