अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई हातहतियार बढाउने प्रतिबद्धता

अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई हातहतियार बढाउने प्रतिबद्धता


अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार युक्रेनको राजधानीको आकस्मिक भ्रमण गरी हतियार आपूर्ति बढाउने बाचा गरेका छन् । ह्वाइट हाउस पुलले जनाएअनुसार सो प्रतिबद्धता जनाएर राष्ट्रपति बाइडेन कीभबाट फिर्ता भएका हुन् ।

राष्ट्रपति बाइडेनको कीभ भ्रमण आकस्मिक रुपमा आयोजना भएकाले यसले राजनीतिक तरङ्ग थपेको छ।

पश्चिमाहरूले समर्थन गरेको युक्रेनमा रुसको आक्रमणको पहिलो वार्षिकीअघि राष्ट्रपति बाइडेनद्वारा गरिएको कीभ भ्रमणलाई राजनीतिक एवं कूटनीतिकरूपमा विशेष चासोको रूपमा हेरिएको छ ।