नेपाली कांग्रेसले यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि पार्टीका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बिहान केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले उहाँलाई राष्ट्रपतिको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो ।
कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीको शुक्रबार बसेको संयुक्त बैठकले राष्ट्रपतिको निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको थियो ।
मुलुककोे सर्वोच्च पद राष्ट्रपतिको यही फागुन २५ गते हुने निर्वाचनका लागि आज फागुन १३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम छ ।
रामचन्द्र पौडेल (नेपाली कांग्रेसका वरिष्ठ नेता)
जन्म : २००१ असोज २९ गते
आमा : ऋषिमाया पौडेल
पिता : दुर्गाप्रसाद पौडेल
श्रीमती : सविता पौडेल
छोराछोरी : तीन छोरी (शर्मीला, संज्ञा, अनुज्ञा, अवज्ञा), एक छोरा (चिन्तन पौडेल)
जन्मस्थानः तनहुँ जिल्ला मिलुङ्, बाहुनपोखरा, हालको व्यास नगरपालिका–८
पारिवारिक स्थिति : मध्यमवर्गीय किसान परिवार
बसोबासः व्यास नपा–२ अमरापुरी, तनहुँ दमौली
काठमाडौँको ठेगानाः बोहोराटार बालाजु,
शिक्षाः स्नाताकोत्तर (नेपाली साहित्य), शास्त्री (संस्कृत)
नेपाली काँग्रेसमा आवद्धता : २०१५ सालदेखि
पोखरामा हिमालयन छात्र संघ स्थापना २०१६
नन्दीरात्रि मा वि बाट विद्यालय शिक्षा, नन्दीरात्रि मावि विद्यार्थी संघ र रानीपोखरी मावि विद्यार्थी संघ स्थापना ।
नन्दीरात्रि मावि विद्यार्थी संघ र रानीपोखरी मावि विद्यार्थी संघ स्थापना गरी जुद्धोदय हाइ स्कुलमा विभिन्न २२ विद्यालयका विद्यार्थीको भेला गराई स्वातन्त्र विद्यार्थी युनियनको माग र त्यस समबन्धी आन्दोलनको नेतृत्व
नेपाल विद्यार्थी संघका संस्थापक सदस्य, २०२७
गण्डकी छात्र संघको संस्थापक अध्यक्ष
२०२५ सालमा बीपी कोइराला सुन्दरीजेलबानट रिहा हुनुभएपछि रामचन्द्र पौडेललाई भेट्न सन्टेरल जेल जानु भएको । त्यहाँ नै बीपीसँग पौडेलको पहिलो भेट । त्यस बखरतमा बीपीले पौडेलसँगै रहेका मक्युनिष्ट नेताहरू मनमोहन अधिकारी तथा शम्भुराम श्रेष्ठलाई पनि भेट्नुभएको ।
जयजु संस्कृतम् आन्दोलनमामा आवद्ध,
प्रजातान्त्रिक समाजवादी युवा संघको संस्थापक सचिव
पहिलोपटक नेपाली काँग्रेसको केन्द्रीय सदस्य (२०३४ साल), उपसभापति हुँदै कार्यवहाक सभापति (२०७२) भई पार्टीको १३ औ महाधिवेशन सफलतापूर्वक सम्पन्न ।
राजनीतिक जीवनमा २०१८ देखि २०६२ सम्म करिव १५ वर्ष जेलमा बन्दी जीवन । (‘रामचन्द्रका १४ वर्ष वनबास’) भनेर राजनीतिमा चर्चित
पहिलो पटक २०१८ को भरतपुर काण्डको विरोधमा उत्रदा गिरफ्तार भई जेल पर्नुभएको ।
कीर्तिपुर विश्वविद्यालयमा रमाइलो झोडा काण्डको विरोध गरी कार्यक्रम गर्दा गिरफ्तार भई २०२८ बाट २०३२ सम्म जेल पर्नुभएको ।
२०४७ पछिका आमनिर्वाचनमा ६ पटक (वि.सं२०४८, २०५१, २०५६, २०६४, २०७० र २०७९) तनहुँबाट प्रतिनिधि सभा तथा संविधानसभा सदस्य निर्वाचित
पहिलो पटक स्थानीय विकास मन्त्री, त्यसपछि कृषि तथा सहकारी, गृह उपप्रधानमन्त्री, सञ्चार, जलस्रोत, शिक्षा र शान्ति पुनः निर्माण मन्त्रालयमा उपप्रधानमन्त्री ) लगायत मन्त्रालयमा विभिन्न मन्त्रालयमा मन्त्री÷उप प्रधानमन्त्रीको अनुभव
प्रतिनिधिसभाको सभामुख निर्वाचित
समाजवादी चिन्तक :
पुरस्कार/सम्मान : मानवअधिकार सम्बन्धी विभिन्न पुरस्कारसहित जापान सरकारले प्रदान गरेको राजकीय सम्मान ‘अर्डर अफ द राईजिङ सन’ को सम्मान (२०२० सन्)
प्रकाशित पुस्तकहरूः प्रजातान्त्रिक समाजवाद, आस्थाको यात्रा, कृषि क्रान्ति र समाजवाद, राजनीतिको मार्ग, नेपाली काँग्रस रूपान्तरणको मार्गलगायत दर्जन पुस्तक र विभिन्न विषयमा नेपालको राष्ट्रिय, साप्तिाहिक अनलाईनहरूमा समसाययिक लेख प्रकाशित , केही कविता र निबन्ध प्रकाशित
नेपाली काँगे्रसभित्र मध्यमार्गी नेताकारुपमा परिचित । तत्कालीन समापति विश्वेश्वरप्रसाद कोइराला, पार्टी सर्वमान्य नेता गणेशमान सिंह, पार्टी संस्थापक कृष्णप्रसाद भट्टराई र पछि सभापति गिरिजाप्रसाद कोइराला र सिंह तथा भट्टराईबीचको विवाद तथा मनमुटावमा मिलाउन सँधै मध्यमार्गी भूमिका निर्वाह,
द्वन्द्वरत माओवादीलाई मूलप्रवाहको राजनीतिमा ल्याउने ऐतिहासिक वार्ता र सहमतिका काममा अग्रणी मध्यमार्गी भूमिका । १२ बुँदै सहमति र वृस्तिृत शान्ति सम्झौताका मस्यौदाकार सहमति र सहकार्यका पक्षपाती ।
‘संविधानको रक्षा, प्रतिनिधि सभाको सुृरक्षा’ भन्दै नेपाली कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन गरी चुनावमा जाने रणनीतिका सुत्राधार ।
२०७९ मङ्सिर ४ को आम निर्वाचनपछि नेपाली काँग्रेस र माओवादी मिलेर सरकार बनाउनु पर्छ भन्दै आएका पौडेलले एमाले र माओवादीबीच प्रधानमन्त्री आधा आधा कार्यकाल र राष्ट्रपति एमालेले पूरै कार्यकाल लिने गरी २०७९ पुस १० गते सहमति भएपछि ‘प्रचण्डबाट काँग्रेसलाई नभई, काँग्रसले प्रचण्डलाई धोका दिएको’ भनेर सत्य बोल्नु भएको थियो । पौडेल प्रचण्डलाई पहिलो कार्यकालको प्रधानमन्त्री दिएर पनि चुनावी गठबन्धन जोगाउनु पर्छ भन्नेमा हुनुहुन्थ्यो । त्यही दिनदेखि ‘हाइज्याक भएको गठबन्धन फिर्ता गर्न’ पौडेलले राजनीतिक कौशल प्रदर्शन गर्नुभयो ।
पौडेललाई चुनानी गठबन्धनका पाँच दलसहित लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, र नागरिक उन्मुक्ति पार्टीले पनि राष्ट्रपति निर्वाचनमा सहयोग गर्ने बताएका छन् ।
प्रतिक्रिया