आजको पञ्चाङ्ग एवम् राशिफल (१५ फागुन २०७९ सोमबार, २७ फरवरी २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१५ फागुन २०७९ सोमबार, २७ फरवरी २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ शिशिर ऋतु वि.सं. २०७९ फाल्गुण १५ गते सोमबार तद्अनुसार सन् २०२३ फरवरी २७ तारिख फाल्गुन शुक्ल पक्षको अष्टमी तिथि कृतिका नक्षत्र ९ः१३ पर रोहिणी नक्षत्र वैधृति योग भद्रा करण आनन्दादियोगमा स्थिर योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः३३ बजे र सूर्यास्त साँझ १८ः०२ बजे हुनेछ । अष्टमी व्रत, गोरखकाली पूजा, चिरोत्थान, होलिकारम्भ ।

आजको राशिफल

मेष – आजको दिन त्यति उपलब्धिमूलक नरहला । आज अनावश्यक बस्तुमा खर्च बढ्न सक्छ, सजग रहनुहोला । उच्च महत्वाकांक्षाले नोक्सानीमा पार्न सक्ने भएकोले अनावश्यक महत्वाकाङ्क्षाबाट मुक्त रहने प्रयास गर्नुहोला । दण्ड–जरिवानामा परिने योग छ, होस राख्नुहोला । पतिपत्नीबीचको सम्बन्ध सुमधुर राख्ने प्रयास गर्नु हितकर हुनेछ । सन्तानबाट सुख प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

वृष – आरोग्यता र आनन्द बढ्नेछ । धनलाभको योग रहेको छ । व्यापार–व्यवसायमा लगानी बढाउनु उपयुक्त होला । आफन्त, परिवारजनमा आत्मीयभाव बढ्नेछ भने जीवनसाथीलाई केही पीडा हुने योग छ, ध्यान राख्नुहोला । परिवार तथा साथीभाइको सहयोग प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला ।

मिथुन – विलासी काममा सफलता प्राप्त हुने सयम छ । आज अप्रत्यासित रूपले धन प्राप्त हुन सक्छ । आज ब्यापारबाटपनि राम्रै धनलाभ हुनेछ भने भौतिक साधनहरू जुट्नेछन् । लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने समय छ । नयाँ उद्योग वा विशेष काम सुरु गर्नु उपयुक्त हुनेछ । साझेदारीको काममा सफलता मिल्नेछ । आरोग्यता र कार्यशक्ति बढ्नेछ । रसरागमा रुचि रहला ।

कर्कट – आयबल बढ्ने र सुख वृद्धि हुने दिन छ । तपाईंका कामको धेरैले प्रशंसा गर्नेछन् । अध्ययन तथा अध्यापनमा प्रगतिको समय छ । रमाइलो भ्रमण गर्ने अवसर प्राप्त होला । आज मित्रजन एवम् बन्धुबान्धवसँग भने केही असमझदारी बढ्न सक्छ । सन्तान वा अनुयायीले पनि प्रसन्नता दिलाउनेछन् । मनोकूलको कर्ममा प्रवृत्ति बढ्ला ।

सिंह – कर्मबल बढ्ने दिन भए पनि सोचेभन्दा धेरै धन खर्च हुने योग छ, ध्यान राख्नुहोला । काममा बाधा हुन सक्छ । प्रतिस्पर्धीहरूले तपाईंको स्थान ओगट्न सक्छन् । घरेलु समस्याले महत्वपूर्ण काममा बाधा पुग्न सक्छ । प्रेम र मित्रताको बन्धन बलियो बन्नेछ । आफन्तसित भेटघाट हुनेछ । शत्रुप्रति विजय प्राप्त हुनेछ ।

कन्या – आज कार्यक्षमताका साथै कामको दायित्व पनि बढ्नेछ । हातमा आएका केही अवसर भने गुम्न सक्छन्, होसियार रहनुहोला । स्वास्थ्यप्रति सजग रहनुपर्नेछ । सवारीसाधन वा हातहतियार उपयोग गर्दा सावधानी अपनाउनुहोला । आर्थिक समस्या समाधान हुनेछ । हासविलासमा रुचि बढ्नेछ । आशा उत्साह थपिनेछ ।

तुला – आरोग्य वृद्धि हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । मित्र ठानेको व्यक्तिको भर पर्दा काममा धोका मिल्न सक्छ, सावधान रहनुहोस् । आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ । स्वास्थ्य सबल बन्नेछ भने विभिन्न अवसरले पछ्याउने योग छ । कार्यक्षेत्रमा सफलता मिल्नेछ । रोकिएको कार्य बन्ला ।

वृश्चिक – दिन शुभकारी छ । आरोग्यता वृद्धि हुनेछ भने नयाँ दायित्व प्राप्त होला । तपाईंको प्रतिभाको उच्च मूल्यांकन हुनेछ । नोकरीमा पदोन्नति र राजनीतिमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ । रोकिएका काम बन्नुका साथै नयाँ काम सुरु हुनेछन् । मान–सम्मानमा चोट पुग्ने सम्भावना पनि छ, सचेत रहनुहोला । धैर्य र विवेकले काम गर्नु राम्रो हुनेछ । आफन्तको सहयोग बढ्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

धनु – आज परिवारजनमा केही असमझदारी बढ्न सक्छ । स्थायी सम्पत्तिका विषयमा केही विवाद आउन सक्छ, सजग रहनुहोला । अन्धविश्वासको भरमा काम गर्नाले दुःख पाइनेछ । जीवनसाथीको समस्याले चिन्ता बढाउने योग छ । तथापि, देखिएको समस्याको समाधान गर्नुहुनेछ ।

मकर – दिन शुभकारी र सुख बढ्ने समय छ । मानसम्मानका साथमा प्रशस्तै आम्दानी बढ्ला । जीवनसाथीको सहयोगले थप लाभ र आनन्द मिल्नेछ । प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट हुनेछ । काममा आफन्तको सहयोग जुट्न सक्छ । मिठो भोजन मिल्नेछ । आशा उत्साह बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य आदि क्षेत्रमा सफलता पाउनुहुनेछ ।

कुम्भ – व्यस्तता बढ्ने दिन छ । सुखद समाचारले काममा उत्साह जगाउला । प्रेम र मित्रताको बन्धन कसिएला । प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ । परिवारजनको सहयोगले उत्साह बढाउनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । स्वास्थ्य सवल बनाइराख्न खानपानमा सजग रहनुहोला । रसरागको भाव वृद्धि हुनेछ । घरपरिवारको स्थिति अनुकूल रहनेछ ।

मीन – दिन राम्रो छ । पराक्रम वृद्धिका साथै भाग्यबल बढ्नेछ । परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । टाढाको यात्राबाट धनलाभ हुन सक्छ । प्रेम र मित्रताको बन्धन कसिने समय छ । व्यापार–व्यवसायमा राम्रै फाइदा हुनेछ । रोगबाट छुट्कारा पाउनुहुनेछ । आशा उत्साह बढ्नेछ । सन्तानबाट सुख प्राप्त हुनेछ । आफन्तको साथ मिल्नेछ ।