सरकारबाट बाहिरिन एमालेलाई प्रचण्डको परोक्ष दबाब !

सरकारबाट बाहिरिन एमालेलाई प्रचण्डको परोक्ष दबाब !


परराष्ट्रमन्त्रीको भ्रमण रोकेको बारे एमाले सचिवालयमा छलफल हुने

नेकपा एमालेले आकस्मिक रुपमा सचिवालय बैठक बोलाएको छ । आइतबार साँझ जेनेभा प्रस्थान गर्न लागेकै अवस्थामा परराष्ट्रमन्त्री विमला राईलाई प्रधानमन्त्री प्रचण्डले जेनेभा जानबाट रोकेपछि एमालेले आकस्मिक रुपमा सचिवालय बैठक बोलाएको हो ।

बैठक आज ११ बजे केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बस्ने छ ।

मन्त्रिपरिषदबाट स्विकृत परराष्ट्रमन्त्रीको भ्रमण प्रधानमन्त्रीको ठाडो आदेशमा रोकिएपछि बैठक बस्न लागेको उपमहासचिव विष्णु रिजालले जानकारी दिए ।

परराष्ट्रमन्त्रीको भ्रमण रोकेर प्रधानमन्त्रीले पुर्व कानुनमन्त्री हरि बन्दीलाई जेनेभा पठाएपछि प्रधानमन्त्रीसँग एमालेको तिक्तता थप बढेको छ ।

एमालेलाई तत्काल सरकार छोड्न प्रचण्डले परोक्ष तवरले दबाब दिएको रुपमा पनि यस सन्दर्भलाई हेरिएको छ ।