भण्डारीको संयोजकत्वमा नागरिक शक्ति नेपालको युवा तथा खेलकुद विभाग गठन

भण्डारीको संयोजकत्वमा नागरिक शक्ति नेपालको युवा तथा खेलकुद विभाग गठन



नागरिक शक्ति नेपालले युवा तथा खेलकुद विभाग गठन गरेको छ । सो पार्टीका अध्यक्ष देवप्रकाश त्रिपाठीको प्रमुख आतिथ्यतामा सोमबार आयोजित विभाग घोषणा समारोहमा नागरिक शक्ति नेपालका केन्द्रिय सदस्य नम भण्डारीको संयोजकत्वमा विभाग गठन गरिएको हो ।

युवा तथा खेलकुद विभाग प्रमुखमा नम भण्डारी, उपप्रमुखमा उमेश लामा र सदस्य–सचिवमा राजेश भण्डारी रहेका छन् ।

यस्तै सदस्यहरूमा निकेश तामाङ, सुरेश महर्जन, अजय लामा, आशीष राना मगर, छिरिङ तामाङ, अशोक भण्डारी, अर्जन केसी, नवराज थापा, सुरेश श्रेष्ठ, उत्तम थापा, हस्तबहादुर कुमाल, कमल तिवारी, सानु बस्नेत, बालचन्द्र गिरी, उत्सवकुमार पहाडी, शीर्षक महत र सन्तोष साउद क्षेत्री रहेका छन् ।

यसैगरी, शिशिर राणा, नवीन बुढाथोकी, गौतम थापा, रमेश चौधरी, दीपेन्द्र चौधरी, सौगात केसी, सुरेन्द्र खड्का, कमल तामाङ, रुपेश खड्का, सुवर्ण अधिकारी, प्रवेश भुषाल चापागाईं, सुरेन्द्रप्रसाद चापागाईं, विजय तामाङ, सुरेश तामाङ, राजन लामाा र गोविन्द दाहाललाई पनि विभागीय सदस्यको जिम्मेवारी दिइएको छ ।

सोही अवसरमा युवा तथा खेलकुद विभाग प्रमुख भण्डारीले विभागको मातहत रहनेगरी युवा सङ्घ र खेलकुद सङ्घ गठन गरिएको जानकारी दिए । युवा सङ्घको अध्यक्षमा सुरेश महर्जन र खेलकुद सङ्घको अध्यक्षमा निकेश तामाङलाई चयन गरिएको विभागप्रमुख भण्डारीले बताए ।

मुलुकको वर्तमान परिस्थिति दिनानुदिन ओह्रालो लागेको र विशेषगरी आर्थिक तथा राजनीतिक परिस्थिति चिन्ताजनक अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै नागरिक शक्ति नेपालका युवा नेता नम भण्डारीले नेपालका खेलाडीहरूको हित तथा उत्थानका लागि आफू दिलोज्यान दिएर लागिपर्ने बताए । आफ्नो पार्टीले युवा जनशक्तिको सदुपयोग देशकै हितको लागि हुनुपर्ने अवधारणा राखेको बताउँदै उनले मुलुकप्रतिको दायित्व निर्वाहमा आफू कहिल्यै पछि नहट्ने प्रतिबद्धता जनाए ।

विभाग घोषणा समारोहमा नागरिक शक्ति नेपालका केन्द्रीय अध्यक्ष देवप्रकाश त्रिपाठी, उपाध्यक्ष शम्भुमान सिंह, महासचिव सुवासप्रसाद पाण्डे, वरिष्ठ नेता तथा विशेष कार्यदल प्रमुख उपेन्द्र भट्टराई, नागरिक शक्तिका केन्द्रीय सदस्य तथा मातृभूमि नेपालका कार्यालय सचिव रुपा पौडेल, केन्द्रीय सदस्य तथा विभागीय सल्लाहकार वसन्त पोखरेल र बिन्दु बुढाथोकी लगायतको विशेष उपस्थिति थियो ।