इन्सुलिनको मूल्य ७० प्रतिशतले घटाएको अमेरिकी औषधि निर्माता एली लिलीको दाबी

इन्सुलिनको मूल्य ७० प्रतिशतले घटाएको अमेरिकी औषधि निर्माता एली लिलीको दाबी


अमेरिकी औषधि निर्माता एली लिलीले इन्सुलिनको मूल्य ७० प्रतिशतले घटाएको दाबी गरेको छ ।

एली लिलीले मधुमेहका बिरामी लाखौं अमेरिकीलाई असर गर्ने गरी वर्षौंदेखिको बढ्दो मूल्यपछि इन्सुलिनको मूल्यमा ७० प्रतिशतले कटौती गर्ने घोषणा गरेको हो ।

हालैका वर्षहरूमा इन्सुलिनको लागत बढेको र मागमा पनि उल्लेखनीय वृद्धि भएको सन्दर्भमा यो घोषणा गरिएको एएफपीले जनाएको छ।

एली लिलीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लिलीले लिलीइन्सुलिनमा पहुँच प्राप्त गर्न सजिलो होस् र जटिल स्वास्थ्य सेवा प्रणालीलाई नेभिगेट गर्न कठिनाइ हुन सक्ने अमेरिकीहरूलाई मद्दत गर्न यी कदमहरू चालिरहेको छ ।’

कम्पनीले मे १ देखि आफ्नो ब्रान्डेड इन्सुलिनको मूल्य प्रति भायल २५ डलरमा झार्ने घोषणा गरेको छ । यसले यस वर्षको चौथो त्रैमासिकमा सुरु हुने हुमालोग र हुमुलिनको मूल्य पनि ७० प्रतिशतले घटाउनेछ ।

लिलीका प्रमुख कार्यकारी अधिकृत डेभिड रिक्सले भनेका छन्, ‘हालको स्वास्थ्य सेवा प्रणालीले मधुमेह भएका अधिकांश व्यक्तिका लागि इन्सुलिनको पहुँच प्रदान गर्दछ, तर यसले अझै पनि सबैका लागि किफायती इन्सुलिन प्रदान गर्दैन र यसलाई परिवर्तन गर्न आवश्यक छ ।’

सन् २०२२ मा गरिएको एक अध्ययनअनुसार मधुमेह विश्वव्यापी रूपमा तीव्र गतिमा बढिरहेको दीर्घकालीन रोगमध्ये एक हो ।