आजको पञ्चाङ्ग एवम् राशिफल (१९ फागुन २०७९ शुक्रबार, ३ मार्च २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१९ फागुन २०७९ शुक्रबार, ३ मार्च २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ शिशिर ऋतु वि.सं. २०७९ फाल्गुण १९ गते शुक्रबार तद्अनुसार सन् २०२३ मार्च ३ तारिख फाल्गुन शुक्ल पक्षको एकादशी तिथि १०ः१४ पर द्वादशी तिथि पुनर्वसु नक्षत्र सौभाग्य योग बब करण आनन्दादियोगमा लुम्ब योग चन्द्रमा मिथुन राशिमा १०ः१० पर कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः२९ बजे र सूर्यास्त साँझ १८ः०४ बजे हुनेछ । आमलकी एकादशी व्रत ।

आजको राशिफल

मेष – काममा सोचेजस्तै सफलता मिल्ने दिन छ । आर्थिक लाभ प्राप्त होला । इष्टमित्र र सन्तानबाट सुख प्राप्त हुनेछ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । सहयोगीहरूले साथ दिनेछन् । इर्ष्या गर्नेहरूले काममा अवरोध पु¥याउन सक्छन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ ।

वृष – आजको दिन रोकिएका काम सम्पादन हुनेछन् । कसैसँग सामान्य विवाद हुन सक्छ, सावधान रहनुहोस् । सवारी साधन हाँक्दा अपनाएको सचेतनाका कारण चोटपटकबाट जोगिनुहुनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । रसरागमा आकर्षण बढ्नेछ । बौद्धिक क्षेत्रको काममा लामो यात्राको योग पनि छ । विशिष्ट व्यक्तिसँग विवादको सम्भावना छ ।

मिथुन – आरोग्य र मनोबल बढ्नेछ । कतै लामो दूरीको लाभदायी यात्रा गर्नुछ भने आज राम्रो होला । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । अधिकारप्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । शत्रुहरूको चलखेल बढे पनि तिनले तपाईंलाई हानि पुऱ्याउन सक्ने छैनन् । साझेदारीको काममा सफलता मिल्नेछ । रसरागमा रुचि बढ्ला ।

कर्कट – रोकिएका काम बन्ने समय छ । व्यावसायिक कार्य तथा परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । आफूभन्दा वरिष्ठ व्यक्तित्वसँग सुमधुर सम्बन्ध रहने छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्य प्राप्त गर्न विलम्ब हुने योगछ । मनोकूलको कर्ममा प्रवृत्ति बढ्ला । मानसम्मान ख्याति फैलिनेछ ।

सिंह – कार्यबोझ र दौडधुप वृद्धि होला । आफन्तसित भेटघाट हुनेछ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखापर्ने समय छ । विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । चुनौती र अप्ठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ । दीर्घकालिक फाइदा पुग्ने खालको रमाइलो यात्राको सम्भावना छ । विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला । शत्रुप्रति विजय प्राप्त हुनेछ ।

कन्या – नयाँ काम र जिम्मेवारी हात पार्न समय अनुकुल छ । आर्थिक पक्ष सबल रहला । स्वास्थ्यमा समस्या देखापर्न सक्छ, ख्याल गर्नुहोला । पाहुनाको खातिरदारीमा महत्वपूर्ण समय नाश हुने सम्भावना छ । रसविलासमा रुची बढ्नेछ । आशा उत्साह थपिनेछ । समयको गतिलाई पछ्याउने प्रयत्न गर्नु हितकर हुनेछ ।

तुला – मनोरञ्जनपूर्ण समय छ । कर्मबल वृद्धि हुनेछ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनुहुनेछ । रोकिएको काम बन्नेछ । नयाँ कार्यमा पनि सफलता पाउनुहुनेछ । सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत भएपनि त्यसबाट राम्रो लाभ हुनेछ । पढाइमा सुधार आउला । अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् । मन प्रसन्न रहला ।

वृश्चिक – भाग्य वृद्धि हुनेछ । दायित्व बढ्नेछ । आर्थिक पक्ष सुदृढ रहला । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुन पनि सक्छ । यात्रामा सोचेजस्तो रमाइलो नहुन सक्छ । धैर्य र विवेकले काम गर्नु राम्रो हुनेछ । सद्कर्म पथमा प्रगति होला । आफन्तको सहयोग बढ्ला ।

धनु – भागदौड बढ्नेछ । टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । मनोरञ्जनपूर्ण समय रहेको छ । कामधन्दा र व्यवसायको चापले गर्दा प्रेमी–प्रमिका वा दाम्पत्य सम्बन्धमा सामान्य चिसोपन देखिन सक्छ । देखिएको समस्याको समाधान गर्नुहुनेछ ।

मकर – आरोग्यता र सामर्थ्य बढ्नेछ । साहसिक काम बन्नेछ । रसरागमा रुचि बढ्ला । बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुहोला । नचिताएको स्थानबाट धनागमनको संकेत छ । शरीर फूर्तिलो भएको महसुस हुनेछ । विकासको नयाँ सम्भावना देखा पर्ला । आशा उत्साह बढ्नेछ । यात्रामा सफलता पाउनुहुनेछ ।

कुम्भ – आज शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । रसरागको भाव वृद्धि हुनेछ । काममा सफलता मिल्नेछ । घरपरिवारको स्थिति अनुकूल रहनेछ ।

मीन – प्रेमभाव बढ्ने र यात्रामा सफलता प्राप्त हुने योग छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइने समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने प्रयत्न गर्नुहोला । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्ने सम्भावना छ । भाग्यवर्द्धक काममा आकर्षण बढ्नेछ । सुखी र सफल रहनुहुनेछ । स्वास्थ्यमा सुधार होला ।