नेकपा एमालेनिकट अखिलका अध्यक्ष समिक बडालले प्रधानमन्त्री प्रचण्डलाई आन्दोलनमा उत्रनभन्दा राम्रोसँग सरकार चलाउन सुझाव दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डले द्वन्द्वकालीन मुद्धामा माओवादीहरुलाई फसाउन खोजेको भन्दै आन्दोलनमा उत्रनुपर्ने अभिव्यक्ति दिएपछि अखिलअध्यक्ष बडालले सरकारमा बसेर कस्काविरुद्ध आन्दोलन गर्न खोजेको हो ? भनेर प्रश्न गरेका छन् ।
‘प्रचण्ड आफैं सरकारप्रमुख हुनुहुन्छ, तर भाषण गर्दै लाखौँ जनता सडकमा उतारेर आन्दोलन गर्छौं भन्नुहुन्छ, कसका विरुद्ध ? आफैंविरुद्ध ? कथित जनयुद्धका नाममा आन्दोलनमा भएको जनधनको क्षति पर्याप्त भएन र ? बडालले प्रश्न गरेका छन्, ‘तपाईं सरकार चलाउनुस्, राष्ट्रहित विपरीत गरिने काममा खबरदारी र आन्दोलन गर्न हामी छौँ ।’
प्रतिक्रिया