आजको पञ्चाङ्ग एवम् राशिफल (३ चैत्र २०७९ शुक्रबार, १७ फरवरी २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (३ चैत्र २०७९ शुक्रबार, १७ फरवरी २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ वसन्त ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं.२०७९ चैत्र ३ गते शुक्रबार तद्अनुसार सन् २०२३ मार्च १७ तारिख चैत्र कृष्ण पक्षको दशमी तिथि उत्तराषाढ़ा नक्षत्र परिघ योग बब करण आनन्दादिमा आनन्द योग चन्द्रमा धनु राशिमा ७ः२३ बजेसम्म त्यसपछि मकर राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ६ः१४ मा र सूर्यास्त साँझ १८ः१२ बजे हुनेछ ।

आजको राशिफल

मेष – कर्मबल बढ्नेछ । प्रतिष्ठित काम गर्ने मौका छ । मान्यजनको सुझावप्रति विश्वास नलाग्न सक्छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ । कीर्तिमानी काम सम्पादन होला । आरोग्यता वृद्धि बढ्नेछ । मित्रजनको साथ प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – भाग्यबल बढ्नेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पैत्रिक सम्पत्तिको उपयोगबाट थप लाभ हुन सक्छ । गरी आएको कामलाई निरन्तरता दिन सकिने छ, तर आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, सचेत रहनुहोला । सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षित हुनु हुनेछ । माने प्राप्ति होला ।

मिथुन – प्रयासरत काम बन्नेछ । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइने समय छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । तर, समयमा होश नपुग्नाले खर्च वृद्धि होला । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला । आरोग्यता वृद्धि हुनेछ । इष्टमित्र र सन्तानको सुख प्राप्त हुनेछ ।

कर्कट – शुभता वृद्धि हुनेछ । दाम्पत्य सुखमा रमाउने समय छ । प्रेम र मित्रताको बन्धन कसिएला । माइलो यात्रा होला । परिवारजनबाट टाढिनुपर्ला । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – दिन त्यति शुभदायी नहोला । इष्टमित्रसँग असमझदारी बढ्न सक्छ । न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ । नयाँ काममा हात हाल्न हतार नगरेकै राम्रो । बन्दै गरेको काममा रोकावट र आकस्मिक खर्च समेत बढ्ने योग छ । यात्रामा सफलता प्राप्त हुनेछ । रसराग वृद्धि हुनेछ ।

कन्या – काम बिग्रने भयले सताउन सक्छ भने आजको प्रयत्न निष्फल जस्तै होला । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । स्वास्थ्यमा कमजोरी देखापर्न सक्छ । तर रसरागमा आकर्षण बढ्ने समय छ । साझेदारीको काम बन्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

तुला – व्यस्तता र आनन्द बढ्नेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा विशेष फाइदा हुनेछ । मानसम्मानमा भने आघात पुग्न सक्छ । मिठो भोजन मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – पराक्रम वृद्धि हुनेछ । व्यापार तथा उद्योगतर्फ फाइदाकै योग छ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने समय छ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । धन आर्जन गर्ने मौका छ । बिनाप्रतिस्पर्धा फाइदा होला । यात्राको व्यवस्थापनमा भने खर्च हुनेछ । द्वन्द्व तथा प्रतिस्पर्धामा सावधानीसाथ जुट्नुपर्नेछ । कल्याणकारी कार्यमा आकर्षण बढ्नेछ ।

धनु – आजको दिन स्वास्थ्यप्रति विशेष ध्यान राख्नुपर्ला । व्यावसायिक काममा पनि त्यत्ति फाइदा नहोला । पैत्रिक सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ । रोकिएको काम बन्नेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ । दैनिक काममा सफलता मिल्नेछ ।

मकर – प्रतिस्पर्धा गर्नुपर्ने समय छ । शत्रुहरूको चलखेल बढ्ने देखिन्छ, तर प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ । सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान् । रसराग प्रेममा सफलता मिल्नेछ । आयस्रोत बढ्ला ।

कुम्भ – आयआर्जन राम्रै हुनेछ तर नियमित काममा अवरोध आउन सक्छ । आमाको सल्लाह, सहयोगले काममा फाइदा हुन सक्छ । आत्मविश्वास बढ्नेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । प्रयासरत काम बन्नेछ । समस्याको समाधान मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । मीठो भोजन प्राप्त हुनेछ रहनुहुनेछ ।

मीन – आजको दिन कमजोर भएको अनुभूति हुनेछ । काममा परिवारजनको सहयोग जुटाउन सक्दा फाइदा होला । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नु हितकर हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।