भारतमा व्यावसायिक भवनमा आगलागी, ६ जनाको मृत्यु

भारतमा व्यावसायिक भवनमा आगलागी, ६ जनाको मृत्यु


दक्षिण भारतीय शहर हैदरावादमा बहु(तले व्यावसायिक भवनमा भीषण आगलागी हुँदा कम्तीमा ६ जनाको मृत्यु हुनाका साथै अन्य ६ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार शहरको सिकन्दराबाद क्षेत्रमा बिहीबार साँझ आगलागी भएको हो ।

ूआगलागीमा दुई पुरुष र चार महिला गरी छ जनाको मृत्यु भएको छ,ू एक प्रहरी अधिकारीले भनेका छन्। त्यस्तै अन्य ६ जनाको अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार घाइते ६ जना मध्ये चार जनाले आगोबाट बच्न कम्प्लेक्सबाट हाम फालेका थिए । आगलागी नियन्त्रणका लागि १२ वटा दमकल घटनास्थलमा पुगेको र शुक्रबार बिहानसम्म आगो निभाउने कार्य जारी रहेको बताइएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा विद्युत प्रवाहमा समस्या उत्पन्न हुँदा आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।