आजको पञ्चाङ्ग एवम् राशिफल (५ चैत्र २०७९ आइतबार, १९ फरवरी २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (५ चैत्र २०७९ आइतबार, १९ फरवरी २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४वसन्त ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ चैत्र ५ गते आइतबार तद्अनुसार सन् २०२३ मार्च १९ तारिख चैत्र कृष्ण पक्षको त्रयोदशी तिथि धनिष्ठा नक्षत्र सिद्धि योग गर करण आनन्दादिमा मातङ्ग योग चन्द्रमा मकर राशिमा ९ः३९ बजेसम्म त्यसपछि कुम्भ राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ६ः१२ मा र सूर्यास्त साँझ १८ः१४ बजे हुनेछ ।

आजको राशिफल

मेष – दिन राम्रो छ । विगतको उपलब्धिले काममा उत्साह जगाउनेछ । रोकिएको काम बन्नाले उत्साह जाग्नेछ । धार्मिक क्रियाकलापमा रुचि जाग्नेछ । महत्वपूर्ण पात्रहरूसँग प्रतिस्पर्धा बढ्न सक्छ । रचनात्मक कामको माध्यमबाट आम्दानीको दिगो स्रोत जुट्न सक्छ । आरोग्यता बढ्नेछ । मित्रजनको साथ प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – भाग्यबल बढ्ने समय भए पनि आज सबल स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । इर्ष्या गर्नेहरूसँग आज जोगिनु हितकर होला । स्वास्थ्य कमजोर रहे पनि आज कामको बोझ बढ्नेछ भने सहयोगको आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । कार्यमा सफलता भने प्राप्त हुनेछ । मनोरञ्जनपूर्ण खानपान कार्यक्रममा सहभागी भइने योग छ । रसरागमा आकर्षित हुनु हुनेछ

मिथुन – नसोचेको कुरामा विवाद उत्पन्न हुनाले मन खिन्न तुल्याउन सक्छ । तथापि, रचनात्मक काम गरेर दैनन्दिनीमा सुधार ल्याउन सकिनेछ । विभिन्न अवसर प्राप्त हुनेछन् । कुराकानी गर्दा गोपनीयतामा ध्यान दिनुहोला । प्रियजनसँग भेटघाट हुने समय छ । कार्यक्षमता वृद्धि हुनेछ । सन्तानको सुख प्राप्त हुनेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट – भागदौड वृद्धि हुनेछ । कामसम्बन्धी विभिन्न झमेला आइलागे पनि आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । प्रशंसकहरू बढ्नेछन् । दीर्घकालीन काममा लगानी गर्ने अवसर पनि प्राप्त हुनेछ । आजको दिन आँटले जटिल कामसमेत सम्पादन हुन सक्छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । स रसरागमा आकर्षण बढ्ला । यात्रामा सफलता प्राप्त हुनेछ ।

सिंह – आजको दिन साथीभाइसँग सम्बन्ध बढ्नुका साथै विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । रमाइलो यात्राको अवसर जुट्न सक्छ । दामपत्य सुख बढ्नेछ । आरोग्यता बढ्नेछ । खेलकुद तथा भ्रमण आदिमा आकर्षण बढ्नेछ ।

कन्या – आजको दिन गोप्यतामा विशेष ध्यान दिनु हितकर हुनेछ । विश्वास गरेकाले धोका दिनेछन् भने साथीभाइहरू टाढिन सक्छन, सजग रहनुहोला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । तापनि, तर्कशक्ति बढ्नुका साथै बौद्धिक क्षमता प्रदर्शन गर्ने मौका आउला । प्रयासरत काममा सफलता प्राप्त हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

तुला – आजको दिन यथासक्य कम बोल्दा हितकर हुनेछ । बोली–व्यवहारमा सजग रहनुहोला । कुरा लगाउनेहरूले आत्मीय सम्बन्धमा फाटो उत्पन्न गर्न सक्छन् । हिसाबकिताबमा सावधान नहुँदा विवादमा परिने योग छ । मानसम्मानमा चोट पुग्न सक्छ । सन्तानबाट फाइदा र सुख मिल्ने योग छ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ ।

वृश्चिक – व्यस्तता वृद्धि हुनेछ । सहयोगीहरूको माध्यमबाट काममा फाइदा उठाउन सकिनेछ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । आँटेका काम बन्नाले जोश–जाँगर पनि बढ्ला । प्रेम र मित्रताको बन्धन कसिनेछ । घरखर्च भने बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । यश वृद्धि होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

धनु – पराक्रम बढ्नेछ । अरूको भावना बुझ्ने चेष्टा गरे मित्रमण्डलीमा आत्मियता बढ्ला । सुखदुःखमा साथ दिनेहरू कमै भेटिए पनि प्रेमको गाँठो कसिन सक्छ । व्यवसायमा केही उतारचढाव आए पनि अन्ततः फाइदै हुनेछ । साथीभाइले साथ दिनेछन् । रोकिएको काम बन्नेछ । धनको आगमन भैरहनेछ । दैनिक काममा सफलता मिल्नेछ ।

मकर – पढाइलेखाइमा प्रगति हुने समय छ । आज स्वास्थ्यप्रति भने विशेष सावधानी अपनाउनु हितकर होला । खर्च लागे पनि प्रयत्न सफल हुने समय छ । साझेदारीमा सम्बन्ध बिग्रनाले अप्ठ्यारोमा पर्न सकिनेछ, सावधान रहनुहोला । मिठो भोजन प्राप्त हुनेछ । आफन्तको साथ मिल्नेछ ।

कुम्भ – शुभ समाचार प्राप्त होला । बुद्धिको उपयोगले काम लिने समय छ । खर्च बढ्नाले समस्या उत्पन्न हुन सक्छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । नजिकका आफन्त टाढिन सक्छन् तर महत्वपूर्ण पात्रसँग मित्रता बढ्न सक्छ । पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्नेछ । वार्तामा सफलता मिल्नेछ ।

मीन – भाग्य बलवान् रहनेछ । आयबल वृद्धि हुनेछ । रोकिएका काममा दोहोऱ्याएर प्रयास गर्दा फाइदा हुनेछ । समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान पाइनेछ । रसरागमा आकर्षण बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।