आजको पञ्चाङ्ग एवम् राशिफल (१० चैत्र २०७९ शुक्रबार, २४ फरवरी २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१० चैत्र २०७९ शुक्रबार, २४ फरवरी २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ वसन्त ऋतु वि.सं. २०७९ चैत्र १० गते शुक्रबार तद्अनुसार सन् २०२३ मार्च २४ तारिख चैत्र शुक्ल पक्षको तृतीया तिथि अश्विनी नक्षत्र ऐन्द्र योग ०ः५ पर वैधृति योग तैतिल करण आनन्दादियोगमा वज्र योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौमा सूर्योदय बिहान ६ः६ बजे र सूर्यास्त साँझ १८ः१६ बजे हुनेछ । मत्स्य जयन्ती, गौरीव्रत, विश्व क्षयरोग दिवस ।

आजको राशिफल

मेष – आजको दिन वादविवाद र झैझगडाबाट टाढै बस्नु हितकर हुनेछ । अरुको भरपर्दा काम बिग्रन सक्छ । नयाँ जिम्मेवारी प्राप्त हुने सम्भावना छ । बौद्धिक र सृजनात्मक काममा सफलता मिल्नेछ । मित्रसुख प्राप्त हुनेछ । परिवारजनको साथ, सहयोग र शुभेच्छा हासिल गर्ने प्रयत्न गर्नुहोला ।

वृष – समयले साथ दिँदैछ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ भने विभिन्न अवसरले पछ्याउनेछन् । व्यवसायमा लगानी बढाउन सकिनेछ । घरायसी सुख–समृद्धि बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिन सक्छ । सार्वजनिक कार्यक्रममा आकर्षण बढ्नेछ । सन्तानको सुख प्राप्त हुनेछ । कर्मबल बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला ।

मिथुन – रोकिएका काम बन्नुका साथै बिस्तारै नयाँ काम सुरु हुनेछन् । रमाइला भ्रमण गर्ने मौका जुर्न सक्छ । तर आशा देखाएर धोका दिनेहरूले सताउन सक्छन् । नजिकका साथीभाइ टाढिन सक्छन् । साझेदारीको काममा सफलता मिल्नेछ । आरोग्यता वृद्धि हुनेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कर्कट – कर्मबल बढ्नेछ तर अविवेकी निर्णयले अप्ठ्यारोमा पार्नेछ । अरूको उक्साहटमा लाग्नाले बेफाइदा हुन सक्छ । आज एकसाथ अनेक काम सुरु गरिए पनि धेरै अधुरै रहलान् । आम्दानीको तुलनामा खर्च अलिक बढी हुने समय छ, सचेत रहनुहोला । मिठो भोजन मिल्नेछ ।

सिंह – काममा केही चुनौती देखापर्न सक्छ, तर लामो समयदेखि रोकिएका काम सम्पादन होलान् । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । भूमिलगायत स्थायी सम्पत्तिबारे केही विवाद हुन सक्छ । पढाइलेखाइमा प्रगतिको समय छ । आर्थिक कार्यमा सफलता मिल्नेछ । ऋण रोग र शत्रुप्रति विजय प्राप्त हुनेछ ।

कन्या – दौडधुप बढ्नेछ । आर्थिक समस्या सुल्झनुका साथै भौतिक साधनहरू जुटाउन सकिनेछ । टाढिएका आफन्तसँग पुनर्मिलन हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । कार्य क्षमता वृद्धि हुनेछ । परिवारिक सुख वृद्धि हुनेछ । हासविलासमा रुचि बढ्नेछ । धन सम्पत्ति बढ्नेछ । आशा उत्साह थपिनेछ समय छ । यात्रामा सफलता हासिल हुनेछ ।

तुला – रोकिएको काम बन्ने समय छ । नयाँ कार्यमा पनि सफलता पाउनुहुनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ । रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन् । स्वास्थ्य समस्याले केही दुःख दिन सक्छ ।

वृश्चिक – आरोग्य वृद्धि र कर्मबल बढ्ने समय छ । तपाईंका कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । दाजुभाइ तथा निकट मित्रजनको सहयोगले विपक्षीलाई तह लगाउन सकिनेछ । स्थायी सम्पत्तिमा विवाद आउने योग छ । कृषि र व्यापार–व्यवसायमा सामान्य फाइदा हुनेछ । धैर्य र विवेकले काम गर्नु राम्रो हुनेछ । इस्टमित्रको सहयोग पाउनुहुनेछ । सन्तानसुख बढ्नेछ । शैक्षिक र रचनात्मक कार्यमा सफल रहनेछ ।

धनु – विभिन्न अवसर प्राप्त भए पनि स्वास्थ्य कमजोर रहन सक्छ । नोकरी तथा राजनीति गर्नेहरूलाई विशेष लाभ मिल्नेछ । मान-सम्मान र पद-प्रतिष्ठा पाइने समय छ । तपाईंको कमजोरीप्रति टिप्पणी वा गुनासो बढ्न सक्छ । शुभचिन्तकहरूले साथ दिनेछन् । देखिएको समस्याको समाधान गर्नुहुनेछ । मनोकूलको काम बन्नेछ ।

मकर – व्यस्तता बढ्ने समय छ । सहयोगीले साथ दिनेछन् भने विभिन्न अवसरले पछ्याउने ग्रहयोग छ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । व्यवसाय र उद्योगमा फाइदा मिल्नेछ । सामाजिक प्रतिष्ठा पाइनेछ । साहसिक काम बन्नेछ । रसरागमा रुचि बढ्ला । लेखन प्रकाशनसित सम्बन्धित कार्य बौद्धिक र रचनात्मक कार्य आदि क्षेत्रमा सफलता पाउनुहुनेछ ।

कुम्भ – पराक्रम बढ्ने समय छ । शत्रुबाधा, मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ । आफ्ना काममा अरूले अधिकार जमाउने चेष्टा गर्नेछन् । प्रतिस्पर्धाबाट सामान्य फाइदा उठाउन सकिनेछ । बुद्धिको उपयोगले सफलता मिल्नेछ । मान बढ्नेछ । घरपरिवारको स्थिति अनुकूल रहनेछ । सुख बढ्ला ।

मीन – बौद्धिक र रचनात्मक कार्य बन्ने समय भए पनि आयआर्जनमा कमी आउने सम्भावना छ तर मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । आमाको स्वास्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ । मीठो भोजन मिल्नेछ । इष्टमित्र एवम् सन्तानको सुख प्राप्त हुनेछ । आफन्तको साथ मिल्नेछ ।