आजको पञ्चाङ्ग एवम् राशिफल (१२ चैत २०७९ आइतबार, २६ मार्च २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१२ चैत २०७९ आइतबार, २६ मार्च २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ वसन्त ऋतु वि.सं. २०७९ चैत्र १२ गते आइतबार तद्अनुसार सन् २०२३ मार्च २६ तारिख चैत्र शुक्ल पक्षको पञ्चमी तिथि कृतिका नक्षत्र प्रीति योग बब करण आनन्दादियोगमा धूम्र योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहनेछ । काठमाण्डौमा सूर्योदय बिहान ६ः४ बजे र सूर्यास्त साँझ १८ः१७ बजे हुनेछ ।

आजको राशिफल

मेष – मित्रजन एवम् परिवारजनबाट सुख प्राप्त हुने दिन छ । यात्रामा सफलता प्राप्त हुनेछ । आज स्वास्थ्यमा विशेष ध्यान दिनु हितकर होला । साझेदारीमा भने सम्बन्ध बिग्रन सक्छ, सावधान रहनुहोला । स्थायी सम्पत्ति आर्जन गर्ने तथा सामाजिक प्रतिष्ठा बढ्ने समय छ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – आरोग्यता बढ्नेछ । सार्वजनिक कार्यक्रममा आकर्षण रहला । बुद्धिको उपयोग गरी महत्वपूर्ण कामा सफलता मिल्ने दिन छ । विशिष्ट जनसँग मित्रता बढ्न सक्छ । पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्नेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्दै विशेष अवसर हात पार्न सकिनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । रोकिएको काम बन्नुसँगै नयाँ कार्यमा पनि सफलता मिल्नेछ ।

मिथुन – आज भाग्य बलियो रहनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । अरुको भलाइ हुने काममा विशेष मन जाला । विलासी काममा सफलता प्राप्त हुनेछ । साझेदारीको काममा सफलता मिल्नेछ । आरोग्यता वृद्धि हुनेछ । कार्यशक्ति बढ्नेछ । रसरागमा रुचि बढ्नेछ ।

कर्कट – आयबल बढ्नेछ । रचनात्मक कामले आम्दानीको दिगो स्रोत जुट्न सक्छ । स्थापित व्यवसाय, कृषिकर्म र उद्योगधन्दालाई निरन्तरता दिन सकिनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नुका साथै रोकिएका काम बन्नेछन् । खेलकुद र भ्रमणमा रुचि बढ्ला । ख्याति फैलिनेछ ।

सिंह – स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ । तर, अस्वस्थताका बाबजुद कार्य–दायित्व भने बढ्नेछ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । पिकनिक तथा विशेष खानपान समारोहमा सहभागी भइएला । व्यवसाय र कृषितर्फ लगनशीलताले ठूलो काम बन्न सक्छ । इष्टमित्र एवम् सन्तानको सुख प्राप्त हुनेछ । शत्रुप्रति विजय प्राप्त हुनेछ ।

कन्या – मिश्रित फल दिने दिन छ । तर्कशक्ति बढे पनि आज कुराकानी गर्दा गोपनीयतामा विशेष ध्यान दिनुहोला । प्रियजनसँगको भेटघाटले मन प्रशन्न रहला । सँगसँगै, एक्लोपनाको अनुभूति हुने योग छ । राहुको प्रभावले विवाद, धनहानि, लाञ्छना जस्ता समस्या आउन सक्छन् । धैर्यशील रहनु हितकर होला । आरोग्यता अभिबृद्धि हुनेछ । विलासमा रुची बढ्नेछ ।

तुला – दौडधुप वृद्धि हुने र जोखिम बढ्ने समय भए पनि दीर्घकालीन काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ । आँटले जटिल कामसमेत सम्पादन हुन सक्छ । आश मारेको काम बन्ने सङ्केतका कारण उत्साह बढ्नेछ । सामान्य पारिवारिक समस्याहरू देखापर्न सक्छन्, सचेत रहनुहोला । आफन्तको सहयोग र समर्थन मिल्नेछ । शत्रुसित लड्ने क्षमता बढ्नेछ ।

वृश्चिक – विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिने समय छ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । केही खर्च बढे पनि रमाइलो यात्राको अवसर जुट्न सक्छ । भ्रमणका बीच मानसम्मान पनि प्राप्त हुने समय छ । स्वास्थ्यप्रति भने विशेष ध्यान राख्नु हितकर होला । आफन्तको सहयोग बढ्नेछ । बौद्धिक र रचनात्मक कार्यमा सफल हुनु सँगै गीतसंगीतमा पनि आकर्षण बढ्नेछ । सन्तानसुख बढ्नेछ ।

धनु – अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहने योग भए पनि सुखदुःखमा साथ दिनेहरू फेला पर्नेछन् । तर्कशक्ति बढ्नुका साथै बौद्धिक क्षमता प्रदर्शन गर्ने मौका आउला । नयाँ उद्योग–धन्दाको थालनी गर्न सकिनेछ । देखिएको समस्याको समाधान गर्नुहुनेछ । आर्थिक हित हुने काममा लाग्नु उपयुक्त हुनेछ ।

मकर – आर्थिक लेनदेनको कारणले विवादमा पर्ने सम्भावना रहेको हुँदा बोली–व्यवहारमा सजग रहनुहोला । मानसम्मानमा चोट पुग्न सक्छ । सन्तानबाट भने फाइदा र सुख मिल्ने योग छ । स्वास्थ्यमा बाधा, काममा झमेला र आफन्तबीच असमझदारी बढ्ने देखिन्छ । रसरागमा रुचि बढ्ला । लेखन प्रकाशनसित सम्बन्धित तथा रचनात्मक कार्यमा सफलता पाउनुहुनेछ ।

कुम्भ – आँटेका काम बन्नाले जोश-जाँगर बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । खर्च भने वृद्धि होला । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने समय छ । रसरागको भाव वृद्धि हुनेछ । काममा सफलता मिल्नेछ । घरपरिवारको स्थिति अनुकूल रहनेछ । आनन्द बढ्नेछ ।

मीन – व्यवसायमा केही उतारचढाव आए पनि अन्ततः फाइदै हुनेछ । साथीभाइले साथ दिनेछन् । परिस्थितिले संघर्षको पाइला चाल्न सिकाउनेछ । नयाँ नोकरी प्राप्ति वा पदोन्नति सम्भावना छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रोगबाट छुट्कारा पाउनुहुनेछ । आफन्तको साथ मिल्नेछ । विश्वासमा पारेर धोका दिनेहरूले सताउन सक्ने समय हुँदा सावधान रहनु हितकर हुनेछ ।