आजको पञ्चाङ्ग एवम् राशिफल (१३ चैत्र २०७९ सोमबार, २७ फरवरी २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१३ चैत्र २०७९ सोमबार, २७ फरवरी २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ वसन्त ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ चैत्र १३ गते सोमबार तद्अनुसार सन् २०२३ मार्च २७ तारिख चैत्र शुक्ल पक्षको षष्ठी तिथि रोहिणी नक्षत्र आयुष्मान योग कौलव करण आनन्दादिमा प्रवर्द्ध योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ६ः३ मा भयो र सूर्यास्त साँझ १८ः१८ बजेमा हुनेछ ।

आजको राशिफल

मेष – आजको दिन विद्यार्थीहरूका लागि विशेष उपलब्धिमूलक हुने देखिन्छ । मित्रजन एवम् सहयोगीको राम्रो साथ पाइनेछ । खानपानको असावधानीले स्वास्थ्य भने कमजोर हुन सक्छ, सावधान रहनुहोला । जीवनसाथीको साथ–सहयोग मिल्नेछ । शत्रुविजयको योग छ ।

वृष – आज आर्थिक संकटले सताउन सक्छ । सफलताका लागि प्रतिस्पर्धा गर्नुपर्ने समय छ । बोलीको गलत अर्थ लागेर विवादमा पर्न सक्ने योग भएकोले बोलीमा संयमता अपनाउनु हितकर होला । सन्तानबाट लाभ र सुख मिल्नेछ । दीर्घकालीन योजनाहरू सम्पादन हुनेछन् । प्रेम वा दाम्पत्य सम्बन्धमा आत्मीयभाव बढ्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।

मिथुन – लगानी वृद्धि हुनेछ । विलासी काम बढ्नेछ । व्यवसाय तथा रोजगारीका लागि विभिन्न अवसर आउने समय छ, तर काममा अवरोध आउन सक्छ, होसियार रहनुहोला । सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले काममा फाइदा हुन सक्छ । धार्मिक तथा सामाजिक काममा रुचि जाग्नेछ । आरोग्यता वृद्धि हुनेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट – कार्यबल बढ्ने समय छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । व्यवसायमा राम्रै सफलता मिल्नेछ । विभिन्न अवसरले पछ्याउनेछन् । रसरागमा आकर्षण बढ्नेछ । पढाइलेखाइमा राम्रो नतिजा हासिल गर्न सकिनेछ । काममा उत्साह जाग्नेछ । तथापि, अप्रिय समाचारले मन खिन्न रहला ।

सिंह – आजको दिन विश्वासपात्रबाटै धोका हुन सक्ने योग भएकोले सावधान रहनु हितकर होला । बिनाकारण आफन्तजनबाट टाढिनुपर्ला । सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्नेछ । श्रमको उचित मूल्य नमिल्ला । विगतका निर्णयले काम बिग्रन सक्छ । खेलकुद तथा भ्रमण आदिमा आकर्षण बढ्नेछ । रसरागको भाव वृद्धि होला ।

कन्या – आज सामाजिक प्रतिष्ठामा कमी आउन सक्छ, सचेत रहनुहोला । आर्थिक अभावले सताउन सक्छ । काममा विलम्ब र चुनौती सामना गर्नुपर्ला । अपयश मिल्ने सम्भावना छ । यसका बाबजुद गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । आर्थिक कार्यमा सफलता मिल्नेछ ।

तुला – आजको दिन जोखिम बढ्ने देखिए पनि परोपकार र मङ्गलमय काम सम्पादन गरिएला । मानसम्मान प्राप्त होला । मित्रता, प्रेम र दाम्पत्य सम्बन्धका लागि समय अनुकूल देखिन्छ । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । कामको चापबाट मुक्त रही विश्राम पाइनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान मिल्ला । अतिरिक्त आम्दानी बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । कल्याणकारी कार्यमा आकर्षण बढ्नेछ ।

धनु – रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहने दिन छ । स्वास्थ्यसम्बन्धी समस्याले पनि सताउन सक्छ । समय प्रतिकूल रहन सक्छ । बन्धुबान्धव, इष्टमित्रसँग असमझदारी बढ्ने योग छ । धेरै परिश्रम गरेर पनि न्युन उपलब्धिमा चित्त बुझाउनुपर्ला । तथापि, सहयोग समर्थन प्राप्त हुनेछ ।

मकर – प्रेमभाव र आरोग्यता बढे पनि आज सहयोगी वा अनुयायीले समेत प्रतिस्पर्धा गर्ने समय रहेकोले विशेष सावधानी अपनाउनु हितकर होला । प्रवासमा हुनेहरूलाई चाहिँ समय निकै अनुकूल देखिन्छ । कृषि र व्यवसायमा उन्नति हुनुका साथै धन कमाउने अवसर जुट्नेछ । तर, आज काम बिग्रने भयले सताउन सक्छ । रसराग प्रेममा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ ।

कुम्भ – व्यस्तता बढ्नेछ । साथीभाइले धोका दिने र परिवारजनले समेत साथ नदिने सम्भावना रहेकोले धैर्यशील रही व्यवहार गर्नुहोला । तथापि, प्रयासरत काम बन्नेछ । देखापरेको समस्याको समाधान मिल्नेछ । आरोग्यता वृद्धि होला । यात्रापरक काममा सफलता प्राप्त हुनेछ । वार्तामा सफलता मिल्नेछ ।

मीन – साहस बढ्ला । धनबल वृद्धि हुनेछ । रोकिएका काम बन्न थाल्नेछन् । परोपकार र सामाजिक काममा रुचि जाग्नेछ । कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन् । व्यापार तथा उद्योगतर्फ फाइदाकै योग छ । मिठो भोजन प्राप्त हुनेछ । आनन्द वृद्धि होला । रसरागमा आकर्षण बढ्नेछ ।