आजको पञ्चाङ्ग एवम् राशिफल (१५ चैत्र २०७९ बुधबार, २९ मार्च २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१५ चैत्र २०७९ बुधबार, २९ मार्च २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ वसन्त ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ चैत्र १५ गते बुधबार तद्अनुसार सन् २०२३ मार्च २९ तारिख चैत्र शुक्ल पक्षको अष्टमी तिथि आर्द्रा नक्षत्र शोभन योग भद्रा करण आनन्दादिमा मुशल योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहला । काठमाडौमा सूर्योदय बिहान ६ः० मा र सूर्यास्त साँझ १८ः१९ बजे हुनेछ ।

आजको राशिफल

मेष – पराक्रम बढ्नेछ । भाग्योन्नतिको समय छ । आजको दिन आर्थिक उपार्जनको कोणबाट फलदायक रहला । परिश्रम गरेअनुसार परिणाम राम्रै मिल्ने योग भएकोले कर्ममा जोड दिनु हितकर होला । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । नयाँ सम्भावना देखापर्ने छ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – आजको दिन दिन सुखद् तथा मनोरञ्जनपूर्ण रहला । व्यावसायिक यात्राको पनि सम्भावना छ । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । आम्दानी निकै बढ्ला । प्रेमको बन्धन कसिने बेला छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । आशा उत्साह थपिनेछ । मिठो भोजन खान पाउनुहुनेछ । रसरागमा आकर्षित हुनुहुनेछ । मान प्राप्ति हुनेछ ।

मिथुन – आरोग्य वृद्धि हुनेछ । आज परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढे पनि पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्छ । विगतका कमजोरीलाई सुधार गर्न चाहेमा आजको समय उचित रहला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । सन्तानबाट सुख प्राप्त हुनेछ । आरोग्य वृद्धि हुनेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट – प्रतिस्पर्धाबाट लाभ मिल्ने समय छ । बोलीको भरमा काम सम्पादन हुनेछ भने मान–सम्मान बढ्ला । स्वास्थ्य सबल रहनेछ । व्यापारमा भने कम मात्र फाइदा होला । लगानी वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

सिंह – धेरै श्रमपछि कममात्र प्रतिफल पाइने समय छ । भएको आम्दानी सञ्चय गर्न विशेष कोशिस गर्नुहोला । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । पराक्रम वृद्धि हुनेछ । शत्रु परास्त होलान् । यात्रामा सफलता प्राप्त हुनेछ । खेलकुद र भ्रमण आदिमा आकर्षण बढ्नेछ ।

कन्या – प्रयासरत काममा सफलता प्राप्त हुने समय छ । साझेदारीको काम बन्नेछ । आज कामको दायित्व बढ्नेछ । परिवारजनको भरण-पोषणमा खर्च होला । उत्साहमा कमी आउने योग भएकोले धैर्यशाली रहनु हितकर होला । आफन्तबाट धोका हुन सक्छ, सचेत रहनुहोस् । शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नपर्ला । तथापि, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

तुला – शुभता र भाग्यबल बढ्नेछ । रोकिएका काम सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापमा संलग्नता बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – राम्रै फाइदाको योग छ । प्रशंसकहरू बढ्नेछन् भने सहयोगीहरूले काममा साथ दिनेछन् । विगतको श्रमबाट धनलाभ हुने योग छ । प्रतिस्पर्धा वा मुद्दा-मामिलामा विजयी भइनेछ । भागदौड वृद्धि होला । जोखिम बढ्नेछ तर कर्ममा सफल साबित हुनुहुनेछ । कल्याणकारी कार्यमा आकर्षण बढ्नेछ ।

धनु – दिन उत्साहपूर्ण रहला । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । दाम, इनाम र प्रतिष्ठा मिल्ला कमाउने बेला छ । सुखद समाचार सुन्न पाइनेछ । दाम्पत्य सुख बढ्नेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनु हुनेछ ।

मकर – समय त्यत्ति शुभदायी नरहला । विगतका समस्या बल्झिन सक्छन् । सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ । मिथ्या भ्रमणमा समय बित्न सक्छ । स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ । तथापि पारिवारिक जमघटमा मन रमाउनेछ । रसराग प्रेममा सफलता मिल्नेछ ।

कुम्भ – अध्ययन-अध्यापनमा कमजोरी र लेनदेनमा विवाद हुने समय हुनाले विशेष सावधान रहनु हितकर हुनेछ । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । दाम्पत्य जीवन सुखद रहला । सवारी साधनको प्रयोगमा आज विशेष सावधानी अपनाउनुपर्ला । देखापरेको समस्याको समाधान मिल्नेछ । मीठो भोजन प्राप्त हुनेछ रहनुहुनेछ ।

मीन – ब्यस्तता बढ्नेछ । रसरागमा आकर्षण रहला । नयाँ काममा हात हाल्ने समय छ । रोकिएका काम बन्नेछन् । आर्थिक अभावले भने अलिक सताउन सक्छ । परिवारजनको सहयोग प्राप्त होला । समस्याको समाधान प्राप्त हुनेछ ।