आजको पञ्चाङ्ग एवम् राशिफल (१६ चैत्र २०७९ बिहीबार, ३० मार्च २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१६ चैत्र २०७९ बिहीबार, ३० मार्च २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ नलनामक संवत्सर वसन्त ऋतु वि.सं. २०७९ चैत्र १६ गते तद्अनुसार सन् २०२३ मार्च ३० तारिख बिहीबार चैत्र शुक्ल पक्षको नवमी तिथि पुनर्वसु नक्षत्र अतिगण्ड योग बालब करण आनन्दादिमा सिद्धि योग चन्द्रमा मिथुन राशिमा १७ः२३ बजेसम्म त्यसपछि कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५९ मा र सूर्यास्त साँझ १८ः१९ बजेमा हुनेछ । श्रीरामनवमीव्रत, श्रीरामजयन्ती, श्रीरामयात्रा ।

आजको राशिफल

मेष – आजको दिन स्वास्थ्यप्रति विशेष ध्यान राख्नुहोला । अनावश्यक भेटघाटको क्रमले आवश्यक कामकुरा बिथोलिन सक्छ । चुनौतीहरू आइपरे पनि सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिने योग छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । इष्टमित्र एवम् सन्तानको सुख प्राप्त हुनेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

वृष – आजको दिन मनोरञ्नपूर्ण रहला । रसरागका प्रसङ्गले अन्य महत्वपूर्ण कार्यमा ब्यवधान आउने सम्भावना रहेकोले संयमता अपनाउनु हितकर हुनेछ । स्वास्थ्यसम्बन्धी पुरानो समस्या बल्झिन सक्छ । आम्दानीको स्रोत बढ्ने र पारिवारिक आवश्यकता पूर्ति हुने योग छ । श्रमको उचित मूल्यांकन होला । पारिवारिक समस्याको समाधान मिल्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन – आज लाभदायक कार्यको अवसर आउला, तर अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि पर्न सकिने योग रहेकोले सचेतनापूर्ण व्यवहार गर्नुहोला । धैर्यले काम लिने समय छ । मित्रजनको विश्वास सजिलै जित्न सकिनेछ । बौद्धिक कार्यमा तीब्रता आउने, जोश-जाँगर बढ्ने र पुराना समस्या सुल्झाउने अवसर मिल्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । खर्च वृद्धि होला । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिने दिन छ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । सुख सुविधाका वस्तु बढ्नेछ । रसरागमा आकर्षण रहला । पारिवारिक सुख मिल्नुका साथै उन्नति पदोन्नति हुने योग छ ।

सिंह – प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । व्यवसायिक कर्मको उचित प्रतिफल पाइनेछ । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । दाम्पत्य सम्बन्धमा खटपट उत्पन्न हुन सक्छ, सावधान रहनुहोला । व्यावसायिक यात्राको सम्भावना छ । मित्रजनको साथ मिल्नेछ । पारिवारिक सखशान्ति बढ्नुको साथै कार्यमा सफलतमा मिल्नेछ ।

कन्या – सामर्थ्य वृद्धि हुनेछ । विगतको श्रमबाट भने लाभ हुने समय छ, तर लेनदेनमा विवाद बढ्न सक्छ । विभिन्न अवसर जुटे पनि अरूलाई जथाभावी वचन दिँदा प्रत्युत्पादक रहला । तथापि, रोकिएका काम सम्पादन हुनेछन् । परिवारजनमा आत्मीय भाव बढ्नेछ । रचनात्मक काममा सफलता मिल्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । आफन्तको साथ मिल्ला ।

तुला – भाग्यबल वृद्धि हुनेछ । सहयोगीहरूले राम्रै साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । नयाँ काम र जिम्मेवारी हात पार्न सफल भइएला । गरी आएका काम र व्यापार-व्यवसायमा फाइदा हुनेछ । रसरागमा रुचि बढ्नेछ । आज विशेष योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – दौडधुप बढ्ने दिन भए पनि विभिन्न दृष्टिले लाभप्रद रहला । शत्रु र रोगबाट छुटकारा मिल्नेछ । आजको दिन समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । दाम्पत्य सम्बन्ध सुमधुर हुनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । मौकाको फाइदा लिन सकिनेछ । शुभ काममा आकर्षण बढ्नेछ । योजना र बजेट बनाइ कार्य गर्दा बेस होला ।

धनु – आज आत्मीय जनसँग असमझदारी वा मनमुटाव बढ्ने सम्भावना रहेकोले सावधानी अपनाउनु उचित हुनेछ । निर्णायक क्षमतामा कमी आउला । तथापि, धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – आजको दिन व्यवसायिक दृष्टिले लाभदायी रहला । विद्यार्थीहरुका लागि पनि दिन राम्रो छ । तथापि केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । आरोग्यबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । नियमकानूनले साथ दिनेछ । आयस्रोत बढ्ला ।

कुम्भ – आजको दिन तपाईंका कमजोरीमाथि टीकाटिप्पणी हुन सक्छ । बोलीको गलत अर्थ लागेर वादविवादको सम्भावना रहेकोले बोली र व्यवहारमा लगाम लगाउनु हितकर हुनेछ । आश मारेको कामले उत्साह जगाउनेछ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । प्रेमबल बढ्नेछ । सन्तानको सुख मिल्नेछ । यात्रामा सफलता प्राप्त होला ।

मीन – व्यस्तता बढ्नेछ । धन आर्जन हुने समय छ तर काममा लगनशील बन्न नसक्दा आलोचनाको शिकार बन्न सकिनेछ । आफन्तको साथ कमै मिल्ला । लेखन प्रकाशनसित सम्बन्धित काममा भने सफलता मिल्नेछ । मिठो भोजन प्राप्त होला । साझेदारीको काम बन्नेछ । शत्रुलाई जीत्ने सामर्थ्य बढ्ला । सुखविलास बढ्नेछ ।